बाँकेमा नमूना मतदान अभ्यास आइतबार गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा सो मतदान अभ्यास गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शि बनाउन सो नमुना मतदान अभ्यासले सघाउ पु¥याउने जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिए । उनले निर्वाचन प्रकियामा त्र्टी हुन नदिन समेत सहयोग पुग्ने उल्लेख गर्दै विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्तयसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गरे ।
शान्तीपूर्णरूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमूना मतदान अभ्यास हो निर्वाचन अधिकारी शाहीको भनाइ छ ।
निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ ।































