For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

नेपालगन्जमा तातो हावा (लु) को जोखिम, राहतको योजना

byDainik Nepalgunj
February 26, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा तातो हावा (लु) को जोखिम, राहतको योजना
Share on FacebookShare on Twitter

जलवायु परिवर्तन र उच्च तापक्रमको प्रभावका कारण बाँकेको नेपालगन्जमा पनि तातो हावाको लहर (लु) उल्लेख्य रूपमा बढ्दै गएको अध्ययनले देखाएको छ । तापक्रम वृद्धिले विशेषगरी सङ्कटासन्न समुदाय र जोखिममा रहेका वर्गहरूलाई प्रभावित गरेको पाइपछि उनीहरुको राहतका लागि योजना अघि सारिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा गरिएको विस्तृत अध्ययनअनुसार कुल १ लाख ६४ हजार ४४४ जनसंख्या रहेको यस क्षेत्रमा ७८ प्रतिशत उत्तरदाताले लु बाट प्रत्यक्ष जोखिम महसुस गरेको बताएका छन् । अध्ययन २०२३, २०२४ र २०२५ मा कार्यान्वयन गरिएको ‘हिट एक्सन प्लान’ अन्तर्गत पूर्वकार्य र प्रतिकार्यको सन्दर्भमा गरिएको हो ।

नेपालगन्जमा बुधवार प्रस्तुत गरिएको अध्ययनले ज्येष्ठ नागरिक, बालबालिका, विद्यार्थी, गर्भवती महिला, ज्यालादारी मजदुर, बाहिरी काम गर्ने व्यक्ति, कृषक, अटोरिक्सा चालक, गृहिणी, दीर्घरोगी, न्यून आय भएका घरधुरी तथा घना बस्तीमा बसोबास गर्ने समुदाय सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ ।

लु का कारण स्वास्थ्य समस्या (९० प्रतिशत), लोडसेडिङ (५९ प्रतिशत), आयआर्जनमा कमी (४६ प्रतिशत), कार्यक्षमतामा गिरावट (४० प्रतिशत) र खानेपानी पहुँचमा कमी (३५ प्रतिशत) प्रमुख असरका रूपमा देखिएका छन् । ‘यसका आधारमा राहतबारे योजना बनाउन लागिएको हो,’ प्रस्तुतिकरण राख्दै नेपाल रेडक्रस सोसाइटीका पूर्वानुमानमा आधारित पूर्वकार्य फोकल पर्सन प्रमोद अधिकारीले भने ।

अधिकारीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा, नेपालगन्जका ४६ प्रतिशत उत्तरदाताले लु को समयमा स्वास्थ्य समस्या भोगेको बताएका छन् । समस्या अनिद्रा, टाउको दुख्ने, थकान, ज्वरो, निर्जलीकरण, वाकवाकी, रिङ्गटा लाग्ने र रक्तचाप बढ्ने जस्ता देखिएका छन् । १८ देखि २९ प्रतिशत उत्तरदातालाई उपचारको आवश्यकता परेको थियो, जसमा कम शैक्षिक स्तर भएका घरधुरी बढी प्रभावित देखिएका छन् ।

आयस्तर, पारिवारिक संरचना, शैक्षिक स्तर र अपाङ्गता भएका सदस्यको उपस्थितिले लु को प्रभावमा महत्वपूर्ण भूमिका खेलेको अध्ययनले देखाएको छ । अपाङ्गता भएका सदस्य रहेका ६५ प्रतिशत घरधुरीले स्वास्थ्य र आयआर्जनबीच सम्झौता गर्नुपरेको बताएका छन्, जबकि अन्य घरधुरीमा यो दर ३३ प्रतिशत मात्र छ ।

लु को समयमा ८५ प्रतिशतसम्मले आयआर्जनमा असर परेको बताएका छन् भने १८ प्रतिशतले स्वास्थ्य जोखिम हुँदाहुँदै पनि काम गर्न बाध्य भएको उल्लेख गरेका छन् । ५३ प्रतिशत घरधुरीले आर्थिक समस्या भोगेको बताएका छन् । अपाङ्गता भएका सदस्य रहेका घरधुरीमा आर्थिक समस्या दोब्बर देखिएको छ । ‘उनीहरुका लागि आर्थिक सहयोगको योजनामा पनि छलफल गर्न सकिन्छ,’ अधिकारीले भने । उक्त कुरालाई छलफलमा सहभागी जनप्रतिनिधिहरुले भने फरक ढंगले सोच्नुपर्ने सुझाए ।

आर्थिक संकट टार्न ३६ प्रतिशतले पुरानो बचत प्रयोग गरेका, २४ प्रतिशतले ऋण लिएका, २० प्रतिशतले अन्य खर्च कटौती गरेका र २९ प्रतिशतले कुनै उपाय गर्न नसकेको बताएका छन् ।

रेडक्रसले गरेको अध्ययनमा, लु बाट जोगिन ९२ प्रतिशतले घरेलु उपाय अपनाएको देखिएको छ । चिसो पानी पिउने (९३ प्रतिशत), पङ्खा प्रयोग गर्ने (९१ प्रतिशत), हाते पङ्खा (४९ प्रतिशत), पातलो लुगा लगाउने (४३ प्रतिशत), दिउँसो आराम गर्ने र छहारिमा बस्ने जस्ता उपाय अपनाइएका छन् ।

केही नगर्ने ८ प्रतिशत उत्तरदातामध्ये ४३ देखि ६० प्रतिशतले लु बाट स्वास्थ्यमा असर पर्छ भन्ने ज्ञान नभएको बताएका छन् । २८ प्रतिशतले पूर्वानुमान जानकारी नपाएको कारण उल्लेख गरेका छन् ।

लु सम्बन्धी सूचना टेलिभिजन (६८ प्रतिशत), पोस्टर÷पम्प्लेट (७३ प्रतिशत), सामाजिक सञ्जाल (६१ प्रतिशत), रेडियो (४३ प्रतिशत) र घरधुरी भ्रमण (३५ प्रतिशत) प्रमुख स्रोतका रूपमा रहेका छन् । उच्च आय भएका घरधुरीका लागि टेलिभिजन र सामाजिक सञ्जाल प्रभावकारी देखिएको छ भने न्यून आय भएका घरधुरीका लागि रेडियो र घरधुरी भ्रमण बढी उपयोगी देखिएको छ ।

पालिका, नेपाल रेडक्रस सोसाइटी र अन्य संस्थाबाट सञ्चालन गरिएका कार्यक्रमपछि नेपालगन्जका ८७ प्रतिशत उत्तरदाताले व्यवहार परिवर्तन गरेको बताएका छन् । ७४ प्रतिशतले लु सम्बन्धी पूर्वानुमानमा ध्यान दिन थालेका र ६२ प्रतिशतले चिसो पानी बढी पिउन थालेका छन् ।

तातो हावा (लु) सम्बन्धी कार्ययोजना र पूर्वकार्य कार्यविधि जस्ता कार्यक्रमहरूले जोखिम न्यूनीकरणमा केही टेवा पु¥याए पनि तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरूले सङ्कटासन्न समुदायको वास्तविक आवश्यकता पूर्णरूपमा सम्बोधन गर्न नसकेको अध्ययनले निष्कर्ष निकालेको छ ।

अध्ययनको उद्देश्य लु बाट प्रभावित समुदायको अनुभव, भोगाइ र आवश्यकतालाई सम्बन्धित निकायसम्म पु¥याई प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पु¥याउनु रहेको बताइएको छ ।

अध्ययनले नेपाल रेडक्रस सोसाइटी र नगरपालिकालाई अपाङ्गता भएका सदस्य रहेका घरधुरी, महिला घरमूली, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ ।

ज्यालादारी मजदुर, रिक्सा चालक जस्ता बाहिरी श्रमिकका लागि छहारियुक्त विश्रामस्थल, चिसो पिउने पानी र ‘कुलिङ स्पेस’ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । न्यून साक्षरता भएका समुदायलाई लक्षित गरी रेडियो, माइकिङ र चित्रसहितका पोस्टरमार्फत सूचना प्रवाह गर्नुपर्ने सिफारिस गरिएको छ ।

साथै, टिनको छानामा पराल वा परावर्तक सामग्री प्रयोग जस्ता न्यून लागतका घरेलु उपाय प्रवद्र्धन, बजार क्षेत्र र विद्यालय आसपास पूर्वाधार विस्तार तथा अत्यधिक तापक्रमका समयमा न्यून आय भएका घरधुरीलाई नगद वा भौचर सहयोग उपलब्ध गराउनुपर्ने सुझाव अध्ययनले दिएको छ ।

त्यसको छलफलका लागि बुधवार नेपालगन्जमा तातो हावा ‘लु’ सम्बन्धि पूर्वानुमानमा आधारित पूर्वकार्य अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उच्च अधिकृत, विभिन्न ५ वडाका जनप्रतिनिधि, रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबीच आफ्नो प्रस्ुततिकरण र सहजीकरण गर्दै नेपाल रेडक्रस सोसाइटीका पूर्वानुमानमा आधारित पूर्वकार्य फोकल पर्सन प्रमोद अधिकारीले विषयवस्तुबारे प्रकाश पारे ।

कार्यक्रममा सहभागीहरुले जलवायु परिवर्तनसँगै बढ्दो तातो हावाको जोखिमलाई ध्यानमा राख्दै स्थानीय सन्दर्भअनुसार कार्यक्रम अनुकूलन, निरन्तर अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ गर्नुपर्नेमा अध्ययनले जोड दिए ।

बाँके रेडक्रसका सभापति गोवद्र्धनसिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले रेडक्रससँग पालिकाले साझेदारी गरेर जान तयार रहेको बताए । बाँके रेडक्रसका कोषाध्यक्ष राकेश श्रीवास्तवले स्वागत, कार्यालय प्रमुख दोलख डाँगीले कार्यक्रमबारे प्रकाश र पूर्वानुमानमा आधारित पूर्वकार्य फोकल पर्सन झविलाल शर्माले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा समिर प्रताप सिंह, राजकुमार साहु लगायतका वडाध्यक्षहरुले आफ्ना विज्ञासा र सुझाव राखेका थिए ।

Previous Post

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

Next Post

क्रिकेट रंगशालामा इस्तियाककाे ´अर्जुनदृष्टि`

Next Post
मतदाताका घरघर पुग्दै इश्तियाक राई

क्रिकेट रंगशालामा इस्तियाककाे ´अर्जुनदृष्टि`

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
बासुको लगानी ‘कुटुम्ब किचन’तिर

बासुको लगानी ‘कुटुम्ब किचन’तिर

October 11, 2026
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version