कोहलपुर बैंकर्स क्लबद्वारा बिहिबार आयोजित एक कार्यक्रममार्फत इलाका प्रहरी कार्यालय कोहलपुरलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको छ।
उक्त कम्प्युटर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्र डम्मरपाललाई बैंकर्स क्लबका अध्यक्ष मिगल सिंह ठकुरीद्वारा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा कोहलपुर बैंकर्स क्लबका पदाधिकारीहरू तथा अन्य विशिष्ट प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस सहयोगले प्रहरी कार्यालयको सुरक्षा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
साथै, कोहलपुर बैंकर्स क्लबले भविष्यमा पनि यस्तै प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू विभिन्न निकायहरूसँग समन्वय गरी निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको क्लब सचिव दिनेश कुमार ढुङ्गानाले जानकारी दिए ।






























