प्रहरीले भन्सार छलेर ल्याएको २० हजार बढी मूल्यको फलफुल तरकारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बाट फलफुल र तरकारी लगायत अन्दाजी २० हजार ५ सयको बरामद गरिएको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।






























