For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

झोलेपोकेलाई मालामाल, व्यापारीलाई भाडा तिर्नै हम्मेहम्मे

byDainik Nepalgunj
February 6, 2024
in मुख्य समाचार
0 0
0
झोलेपोकेलाई मालामाल, व्यापारीलाई भाडा तिर्नै हम्मेहम्मे
Share on FacebookShare on Twitter

गणेश विशु

पहिलो दृश्यः कोभिड-१९ (कोरोना भाइरस) र आर्थिक संकटका कारण कतिपय व्यापारी व्यवसायबाट पलायन भएका छन् । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै खाली भएका सटरले यसलाई पुष्टि गर्छ । लाखौंको लगानी जोखिममा परेपछि उनीहरुले घाटा व्यहोर्नु पर्‍यो र व्यापारीक सटर बन्द गर्नु पर्‍यो ।

दोस्रो दृश्यः नेपालगन्जको मुख्य सडक सुर्खेत रोड, न्यूरोड, सदरलाइन, घरबारी टोलभन्दा बाहिरका पसलमा झोलेपोके व्यापारीबाट सिधै सामान पुग्छ । न त उनीहरु दर्ता प्रक्रियामा छन् न राज्यलाई तिर्ने राजस्वको दायरामा छन् । करको दायराभन्दा बाहिर गएर उनीहरुले दैनिक करोडौंका सामान साना व्यापारीसम्म पुर्‍याउँछन् । उनीहरुले लिने लाभ र फाइदा गैरकानुनी छ ।

…

माथि उल्लेखित दुई व्यापारिक दृश्यले राज्यको नियामक निकायको भूमिकामाथि प्रश्न उठाएको छ । दृश्य नम्बर दुईको प्रभावले दृश्य नम्बर एकको अवस्था आयो । यदी झोलेपोके व्यापारीबाट सामान गाउँसम्म पुग्दैन्थ्यो भने संकटमा एउटा व्यापारीले सटर बन्द गर्नुपर्ने अवस्था सायदै कम हुन्थ्यो । नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ ।

सहरी तथा बजारी क्षेत्रभन्दा झोलेपोके व्यापार ग्रामीण बस्तीमा फस्टाउँदो छ । ति व्यापारीहरु राज्यलाई कर तिर्नबाट पन्छिरहेका छन् । झोलेपोके व्यापारीलाई नियन्त्रणमा नलिँदासम्म एकातिर राज्यलाई ठूलो राजस्व घाटा भइरहेको छ भने अर्कोतिर गुणस्तरहीन तथा अखाद्य सामान गाउँसम्म सहजै पुगेका छन् । म्याद गुज्रेका र खान अयोग्य सामान सहजै गाउँसम्म पुर्‍याउने सजिलो माध्यम नै झोले व्यापार बनेको यहाँका व्यापारीहरु बताउँछन् ।

झोलेपोकेले गुणस्तरहीन सामान गाउँगाउँसम्म पुर्‍याउने गरेको उपभोक्ताहरुको भनाइ छ । हेर्दा राम्रो भए पनि त्यसको गुणस्तरता राम्रो हुँदैन । कर तिरेर व्यवसाय गरेको व्यवसायी मारमा परेका छन् । राज्यलाई कर तिर्दै गरेका व्यापारीहरुको व्यापार खस्कँदो छ । सडक सञ्जालको समस्या हुँदा ठूला व्यापारी त्यहाँसम्म पुग्न सक्दैनन् । ठूला व्यापारीहरु हिच्कच्याउने परिस्थिति छ । झोलेपोके व्यापारले कानुनी दायरामा आएका व्यापारीलाई ठूलो नोक्सानी पुगेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी छत्रबहादुर छत्रबहादुर अधिकारीले जनाए । ‘झोलेपोके व्यापारीले कम गुणस्तर तथा अखाद्य वस्तु सस्तोमा दिन्छन्,’ उनले भने, ‘उपभोक्ताले सस्तो मानेरै झोलेपोकेबाट सामान किन्छन् । तर त्यसको गुणस्तरको पहिचान गर्दैनन् ।’ यस विषयमा उपभोक्ता पनि चनाखो हुनुपर्ने उनी बताउँछन् । 

कतिपय ठूला व्यापारीले पनि कर छल्नलाई झोलेपोकेमार्फत गाउँसम्म सामान पठाउने गरेको कतिपयको भनाइ छ । उनीहरुले कर छल्नकै लागि केही सामान त्यसरी गाउँसम्म पुर्‍याउने गरेको बताइएको छ । झोलेपोकेले साइकल, गाडी, मोटरसाइकल तथा झोलापोकामा सामानहरु गाउँगाउँसम्म पुर्‍याउने गरेका छन् । झोलेपोके व्यापारीहरुले घर भाडा, राजस्वलगायतका करहरु तिर्न नपर्ने भएकाले पनि उनीहरुले गाउँगाउँमा सस्तो मूल्यमा सामान दिने गरेको यहाँका व्यापारीहरु बताउँछन् ।

झोलेपोके (फेरिवाला) व्यापारी राज्यको दायरामा आउनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । ‘नेपाली तथा गैरनेपाली (भारतीय) दुवैले अवैधरुपमा रुपैडिहाबाट सामान ल्याउने र बिलिङ नगरेरै गाउँगाउँसम्म सामान पुर्‍याउने काम भइरहेको छ,’ उनले भने, ‘जसले गर्दा राज्यलाई ठूलो करको नोक्सान भइरहेको छ भने करको दायरामा आएका व्यापारी मारमा परेका छन् ।’ उनीहरुलाई मानवीय कुरा भनेर छाड्न नहुने भन्दै करको दायरामा ल्याउनु पर्ने उनले बताए । ‘कसले के व्यापार गरिरहेको छ भन्ने कुरा राज्यलाई त थाहा हुनुपर्‍यो,’ उनी भन्छन् । नेपालगन्ज उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा केही निगरानी र यसलाई अझ बढाउनु पर्ने उनी बताउँछन् ।

गाउँमै झोलेपोके व्यापारीले सामान पुर्‍याउन थालेपछि ठूला तथा मझौला लगानीका व्यापारीलाई झन ठूलो समस्या भएको छ । पहिलाभन्दा अहिले गाउँमा सामान कम जान लागेको थोक व्यापारीहरु बताउँछन् । ‘पहिला झोलेपोके व्यापार कम थियो,’ कोहलपुरका व्यापारी कृष्ण गिरीले भने, ‘अहिले झोलेपोके व्यापार बढ्दै गएको छ । थोक व्यापारीबाट कम सामान गाउँ जान थालेको छ ।’

पसलमै सस्तोमा सामान ल्याइदिँदा गाउँका साना व्यापारीले सहजै झोलेपोकेबाट सामान किन्ने गरेका छन् । ‘आवश्यक परेको सामान पसलमै आइपुग्छ,’ साना व्यापारी गीता थारु भन्छिन्, ‘हामीलाई बजार जान पनि पर्दैन । सस्तोमा आउँछ ।’ झोलेपोकेबाट आएको सामान सस्तो हुने र बजारबाट सामान ल्याउने ढुवानी खर्च तथा आफ्नो खर्च कम हुँदा आम्दानी हुने उनी बताउँछिन् । नियमितरुपमा भन्दा कहिलेकसो झोलेपोके व्यापारीबाट सामान राख्ने गरेको कोहलपुरकी आरती सिंह ठकुरीले बताइन् । ‘प्रायजसो पसलमै गएर ल्याउँछु । त्यहाँबाट ल्याउँदा सामान गुणस्तर हुन्छ,’ उनले भनिन्, ‘कहिलेकसो मात्रै पसलमा नराखी नहुने भयो भने मात्र राख्छ ।’

जिल्लामा यो व्यापार फस्टाउँदै गए पनि राज्यले कानुनी दायरामा ल्याउन खासै पहल गरेको देखिँदैन । गत आर्थिक वर्षमा करिब ४० देखि ५० वटा झोलेपोके व्यापारीलाई कारबाही गरिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी छत्रबहादुरले बताए । ‘झोलेपोके व्यापारीहरुको पनि सञ्जाल भएको जस्तो लाग्छ ।

नेपालगन्जबाट सुर्खेत, बर्दिया, दाङ, कैलालीलगायतका क्षेत्रमा एउटाले पठाउने, त्यहाँबाट अर्कोले रिसिभ गरेर गाउँसम्म पुर्‍याउने र गाउँमा अर्कोले बिक्री गर्नेखालको सञ्जाल भएको बुझिएको छ,’ उनले भने, ‘कतिपयले घरायसी सामान भनेर झुक्याउने गर्छन भने कतिपय लुकीछिपी पनि झोलेपोके व्यापार गर्ने गरेका छन् ।’

Previous Post

ब्लक इँटाको माग बढ्दै

Next Post

सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ

Next Post
सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ

सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व

काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व

November 18, 2026
आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

November 18, 2026
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

November 18, 2026
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

November 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version