For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर

byDainik Nepalgunj
July 1, 2026
in News
0 0
0
चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
Share on FacebookShare on Twitter

छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ । कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन् ।

“मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु । कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भन्नुभयो । घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उहाँ १४–१५ वर्षदेखि गोरखाको हिमालपारिको गाउँमा गुमनाम हुनुहुन्छ । केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आउनुभएका उहाँ चुमभ्यालीमा प्रवेश गरेको भने १० वर्ष भयो । त्यसअघि उहाँ चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बस्नुभएको थियो ।

कमाउन निस्केको बाटो

छयालीस वर्षका सुमन थापा २०६८–६९ ताका गोरखाको आरुघाट बजारमा ज्यामी काम गर्न आएका थिए । “एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आको, सोतीमा दिनगन्ती १३८ दिन काम गरियो”, १५ वर्षअघिको विगत सम्झँदै सुमनले भन्नुभयो, “काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो, त्यसपछि भाग्य बिग्रेको अहिलेसम्म बिचल्लीमै छु ।”

सोतीमा काम सकेर बन्दिपुर फर्कने योजना थियो सुमनको । त्यो योजना आजसम्म पनि पूरा हुनसकेको छैन । पन्ध्र वर्षदेखि पारिश्रमिक उठाउन नसकेका कारण उहाँ भोटखोलामै फस्नुभएको छ । “रित्तो हात कसरी मुख देखाउन घर जाने ?”, उहाँ सोध्नुहुन्छ ।

उहाँ सोतीमा काम गरेको पैसा नपाएपछि त्यहाँबाट तीन दिन पैदल हिँडेर फिलिममा काम गर्न पुग्नुभएको हो । विसं २०७२ को गोरखा भूकम्पअघि उहाँ त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्नुहुन्थ्यो । फिलिमबाट पनि उहाँ बन्दीपुर फर्कन पाउनुभएन किनभने उहाँले त्यहाँ पनि श्रम गरेको ज्याला प्राप्त भएन ।

सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने मान्छेसँग काम गर्न फिलिम आउनुभएको थियो । “सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ । यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारसँग काम गरेको पैसा पाइनँ । नाम्ग्याल दोर्जेले पनि काम लगाएमात्र पैसा दिएनन्”, सुमनले भन्नुभयो । काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे । ज्याला नपाएको तोडमा झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न पुग्नुभयो ।

उकालो चढ्दै जाँदा हराएको घर फर्किने बाटो

जीवनले कहिलेकाहीँ मानिसलाई बाटो रोज्न दिँदैन । एउटा अधुरो हिसाब उठाउन खोज्दा सुमन अर्को अधुरो हिसाबमा फस्दै जानुभयो । उहाँ पैसा खोज्दै उकालो लाग्नुभयो तर उकालो चढ्दै जाँदा घर फर्किने बाटो भने झन् ओझेल पर्दै गयो । सुमन पैसा खोज्दै हिँडेको मान्छेभन्दा पनि पैसा नपाउने चक्रमा फसेको मान्छेचाहिँ हुँदै जानुभयो ।

नाम्ग्याल दोर्जे नामक ठेकेदारले सुमनलाई फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भनी सोतीमा लगेर ५०० रुपैयाँमात्र दिएर छाड्यो । सुमन सोतीमा पुनः दोस्रोपटक बिच्चलीमा परे । पाँच सय रुपैयाँले बन्दीपुर जान सम्भव नभएपछि उहाँ फिलिम नै फर्किनुभयो । त्यसलगत्तै २०७२ को भूकम्प गयो । भूकम्पपछि उहाँले फिलिममा छिरिङ पासाङ नाम गरेका अर्का ठेकेदारसँग काम गर्नुभयो । पासाङले पनि उहाँलाई पारिश्रमिक दिएनन् । बरु काम गरेको पैसा काठमाडौँ गएर दिन्छु भनेर उहाँलाई चुमभ्यालीको छेकम्पार ल्याइपुर्याए ।

“काठमाडौँ भनेर यता ल्यायो, न त काम गरेको पैसा नै पाएँ । त्यत्रो काम गरेको यहाँ (छेकम्पार) ल्याएर जम्मा तीन हजार दिएर छाड्यो”, लामो श्वास फेर्दै सुमनले भन्नुभयोे, “बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिन्थेन, त्यसैँले यहाँ गाउँमा जे काम पाउँछ त्यही गर्न थालेँ । जसोतसो खान त पुग्यो तर सबैले पैसामा मारे । काम भने मरुन्जेल लाउने तर पैसा नदिने चलन रैछ ठेकदारको । पैसा पाएपछि घर जाउँला भनेर बसेँ । पन्ध्र वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ ।”

सुमनले सोती र फिलिममा गरेर करिब पाँच वर्ष ज्यामी मजदुरीको काम गर्नुभयो । पारिश्रमिक पाउनुभएन । छेकम गाउँमा विगत १० वर्षदेखि अधिकांशको घरमा उहाँ ज्याला मजदुरी गर्न बस्नुभएको छ । कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन तर त्यहाँ पनि उही पारिश्रमिक नपाउने व्यथा । सबैले भातको भरमा मात्र काम लगाउँछन् उहाँलाई । “अब यहाँ दे मेरो पैसा भनेर ठूलो स्वर गर्न पाइँदैन, बोल्यो कि मोर्यो’, भाँचिएको हात देखाउँदै उहाँले भन्नुभयो, “काम गरेन, पैसा माग्यो भने यस्तो पो हुन्छ ।” अहिले सुमनको हात भाँचिएको महिना दिन भयो । छेकमका छिरिङ पाल्जोर भन्ने मान्छेले आफ्नो हात भाँचिदिएको उहाँले बताउनुभयो ।

एक महिनाअघि छिरिङ पाल्जोरसँग सहयोगीका रुपमा छेकम्पारको छेके लेक पुग्नुभएको थियो सुमन । साहुहरू लेकमा कीरा (यार्सागुम्बा) टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लिएर गएको सुमनले बताउनुभयो । घटनाको बेलीविस्तार लगाउँदै उहाँले भन्नुभयो, “बिहान भात, बेलुकी भात, दिनभरि भोकभोकै खटिनुपथ्र्यो । उनीहरू कीरा टिप्थे, हामी भरियाहरू सल्लाको फूल । उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपथ्र्यो । साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ । नसोधी आइस् भनेर छिरिङ पाल्जोरले यहाँ गाउँमा आएर हात भाँच्चिने गरी पिटे ।”

बारपाकबाट काम गर्न आएका एक भरियाले ज्याला माग्दा कुटाइ पाए । ढाडमा गम्भीर चोट लागेका उनीचाहिँ सहेर बसेनन्, घर फर्किए । सुमन भने फर्कन सक्नुभएन । उहाँको लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्य भइसकेको थियो । छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरीहरू प्रत्यक्षदर्शी थिए । न प्रहरीले उहाँलाई न्याय दिलायो न त स्थानीयवासीले नै । सबैजना मूकदर्शक बनेर हेरिरहेको उहाँ बताउनुहुन्छ ।

बन्दिपुर एक्लो हुनुहुन्न

बन्दिपुरमात्र होइन, कमाइ खाने रहरले यहाँ आइपुगेका अरु रोङ्वाहरूको नियति पनि उस्तै छ । विभिन्न ठाउँबाट भोटखोलामा काम गर्न आएका उहाँहरू पनि वर्षौँदेखि गुमनाम छन् । थुप्रै सुमनहरू लेकका साहुकहाँ हली, गोठाला बसेका छन् । सुमनको दौँतरीहरू धने नेपाली र अर्बिन मगर हुनुहुन्छ । उहाँहरू पनि तल्लो भेगबाट रोजगारीका लागि छेकम्पार पुग्नुभएको हो । धनबहादुर नेपाली र अर्बिन मगर केही वर्षअघि मात्र चुमभ्याली आएका थिए । आफूहरू रोजगारीका लागि भौँतारिँदै चुमभ्याली आएको उहाँहरूले बताउनुभयो । उहाँहरू सबैको साझा समस्या हो, काम गरेको पारिश्रमिक नपाउनु । काम गरेको ज्याला नपाउने व्यथाले उहाँहरू सबैलाई पिरोलेको छ ।

हात भाँचिएपछि सुमनको उपचार अस्पतालमा भएन । उहाँको उपचार स्थानीय छेकम गुम्बाको लामाले गरिदिएका छन् । लामाले झारफुक गरेर जडीबुटी खुवाएको उहाँले बताउनुभयो । उहाँको भाँचिएको हात अझै निको भएको छैन । अहिले सुमन छेकम गाउँमा स्थानीय धवाङ्दी लामाको सानो टहरोमा बस्नुहुन्छ । दिनभर काम गरेर साँझ बिहानको छाक टार्ने उहाँ हात भाँचिएका कारण धेरै कामहरू गुमाउनुपरेको दुःखेसो सुनाउनुहुन्छ । गाउँमा काम गर्न जाँदा उतै खाना खानुहुन्छ, काम नगर्दा आफैँ बनाउनुहुन्छ । “अरु त के नै पाउँछ र यता, खाए पनि आलु नखाए पनि आलु’, सुमनले हाँसो ठट्टा गर्दै भन्नुभयो । काम पाएको बेला खाएर दिनको हजार रुपैयाँ ज्यालामा काम गर्नुहुन्छ तर काम गरेपछि पनि अधिकांशले पैसा दिन आलटाल गर्छन् । उहाँ छेकम गाउँमा मात्र लाखौँ रुपैयाँ ज्याला उठाउन बाँकी रहेको बताउनुहुन्छ ।

उहाँलाई बेलाबखत आफ्नो गाउँघरको यादले पिरोल्छ । गाउँमा साथीसङ्गीसँग मगर कुरामा ठट्टा गरेको उहाँलाई हिजोझैँ लाग्छ । गाउँको याद मेटाउन उहाँ रक्सीको साहारा लिनुहुन्छ । गाउँमा उहाँका आमा हुनुहुन्छ भने दुई दाइभाइ र दुई बहिनी पनि छन् । सुमनको आफ्नो परिवारसँग अन्तिमपटक बातचित भएको पनि १० वर्ष बित्यो । भूकम्पअघि एकपटक फोनमा कुरा भएको उहाँ सम्झनुहुन्छ । दाइभाइ र बहिनीको बिहेवारी भइसकेको भए पनि उहाँको अझै बिहे भएको छैन ।

घर, परिवार र विगतलाई सम्झँदै सुमन बोल्दाबोल्दै केहीबेर भावुक बन्नुभयो । फेरि जुरुक्क उठेर हाँस्नुभयो । छेकमवासीले हरेक दिन ‘ओइ बन्दिपुर’ भनेर बोलाउँदा उहाँलाई आफ्नो घरको झल्को आउँछ । बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर लुकेको चुमभ्यालीमा हराइरहनुभएको छ । थाहा छैन यहाँबाट कसरी उम्कने तर उहाँ आफ्नो पसिनाको मूल्य (ज्याला) पाएको भोलिपल्टै घर फर्किने योजनामा हुनुहुन्छ ।

Previous Post

ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक

Next Post

बाँकेमा २ सय १७ सडकलाई बजेट

Next Post
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँकेमा २ सय १७ सडकलाई बजेट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

August 30, 2026
सञ्चालनमा पेडारी पुल

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

August 30, 2026
बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

August 30, 2026
चार व्यवसायिक प्रतिष्ठानलाई कारवाही

विपत्तिमा बाँकेको साथ

August 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version