आगामी आर्थिक बर्ष २०८३/०८४ मा लुम्बिनीका १२ जिल्लाका लागि झण्डै दुई हजार योजनाका लागि बजेट विनियोजन गरेको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत १ हजार ९ सय ९३ योजनाका लागि प्रदेश सरकारले सडक पूर्वाधार निर्माण लगायतका लागि बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सडक निर्माण, डिपिआर, तालिम लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारको आगामी आ.व. २०८३/०८४ को बार्षिक योजना पुस्तिकामा उल्लेख रहेको छ ।
प्रदेश सरकारले सडक पूर्वाधार विकास कार्यालय बाँके मार्फत जिल्लामा २ सय १७ योजनालाई बजेट विनियोजन गरेको छ । बाँकेका आठ वटै स्थानीय तहका विभिन्न ठाउँमा सडक पूर्वधार निर्माण, गत बर्षको बाँकी भुक्तानीका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले कोहलपुर वडा नं. ६ र १० मा शिवमन्दिर टोल सञ्जीवनी चोकदेखि रत्नराजमार्ग बालविद्या चोकसम्म सडक स्तरोन्नीका लागि ५० लाख, नेपालगन्ज वडा नं. २ बौद्ध गुम्बादेखि अधुरो सडक स्तरोन्नतीका लागि १० लाख, नेपालगन्ज वडा नं. १९ बनभुस्रा–आर्मी ब्यारेक सडकका लागि १५ लाख, नेपालगन्ज वडा नं. १८ भुजईगाउँ अमरनगरमा मोटरबाटोका लागि २५ लाख, जयसपुर भन्सारदेखि साइगाउँ बेलडाडा सडकका लागि २० लाख, नेपालगन्ज वडा नं. २ देवाफुलवारीदेखि लक्ष्मी चलचित्र मन्दिर सडक, नालाका लागि १६ लाख, बुद्धगुम्बादेखि नमस्तेटोलसम्मको अधुरो सडक पिचका लागि १६ लाख रूपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।
त्यस्तै, नेपालगन्ज १० शान्तिटोलदेखि भृकुटीनगरको बाटो स्तरोन्नतीका लागि ३० लाख, बैजनाथ ८ टिटहिरियामा बाटो स्तरोन्नतीका लागि ४५ लाख प्रदेश सरकारले विनियोजन गरेको हो ।
खजुरा गाउँपालिका वडा नं. ६ मा प्रेमलाल चोकदेखि झोलुंगे पुलसम्म कालोपत्रेका लागि २० लाख, खजुरा ३ मा मित्रलालको घरदेखि कुसुम आरामिल तथा ज्ञानोदय स्कुलसम्मको बाटो स्तरोन्नतीका लागि १५ लाख, जानकी गाउँपालिका वडा नं. १ मा जोगागाउँदेखि बढैया जाने बाटो कालोपत्रेका लागि १५ लाख, बैजनाथ वडा नं. २ गनापुरदेखि राजिपुर जोड्ने सडकका लागि २० लाख, बैजनाथ वडा नं. ३ क्षेत्रीय कारागार हुँदै बौद्ध गुम्बा जोड्ने बाटोका लागि २० लाख, बैजनाथ चोकदेखि खजुरा जोड्ने सडक कालोपत्रेका लागि २० लाख लगायतका सडकका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो ।







































