धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले दौड संस्कृतिले समाज विकासमा निकै ठूलो सहयोग पुग्ने बताएका छन् । विश्व रनिङ्ग क्षेत्रकै सम्मानित पुरस्कार ‘एम्स सोसल अवार्ड २०२६’ को ग्रहण गरेर नर्वेबाट फर्किएका संस्थापक ठकुरीले आइतबार नेपालगन्जका सञ्चारकर्मीहरुसँग अनुभव साझा गर्दै भने, ‘यो अवार्डलाई मैले देशकै लागि समर्पण गरेको छु ।’
उनले एम्स सोसल अवार्ड ग्रहण गर्दा देशले नै गौरवबोध हुनेगरी समारोहमा राष्ट्रियताको चर्चा भएको स्मरण गर्दै विश्वका विभिन्न देशमा दौड संस्कृतिले भएको समाज विकास र आर्थिक उन्नतिमा दिएको योगदानबारे पत्रकारहरुसँग अनुभव व्यक्त गरे । ‘रनिङ्ग कल्चर स्वस्थ नागरिकसँगै देशको आर्थिक, सामाजिक विकासका लागि पनि महत्वपूर्ण साबिक हुनसक्छ भन्ने धारणामा यसपटकको उपलब्धी र विश्वमा ठूला ठूला रनिङ्ग इभेन्ट गरिरहेकाहरुसँगको भेटघाट, अनुभव आदानप्रदानले थप बल पुगेको छ,’ उनले नेपालगन्जका पत्रकारहरुसँग भने ।
एशोसिएसन अफ इन्टरनेशनल म्यारथन्स एण्ड डिस्टेन्स रेसेसको नर्वेमा आयोजित २५औं वल्र्ड कँग्रेसमा संसारभरका ६ सय बढी म्याराथन आयोजकहरु मध्येबाट ठकुरीले धारा नेपालगन्ज म्याराथनलाई प्राप्त यस बर्षको एम्स सोसल अवार्ड २०२६ ग्रहण गरेका थिए ।

प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.