For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

byDainik Nepalgunj
July 17, 2026
in विचार
0 0
0
नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?
Share on FacebookShare on Twitter

नेपाली शेयर बजारलाई केवल आज नेप्से कति अंक बढ्यो वा घट्यो भन्ने आधारमा मात्र बुझ्न सकिँदैन । यो बजार देशको समग्र अर्थतन्त्र, बैंकिङ प्रणाली, सरकारी नीति, लगानीकर्ताको मनोविज्ञान, कम्पनीहरूको वित्तीय अवस्था र भविष्य प्रतिको विश्वासले चल्ने प्रणाली हो । त्यसैले बजारको वास्तविक अवस्था बुझ्न विगत, वर्तमान र भविष्यलाई एउटै चित्रमा राखेर हेर्न आवश्यक हुन्छ ।

नेप्सेको इतिहास हेर्ने हो भने एउटा कुरा स्पष्ट देखिन्छ, बजार कहिल्यै सधैं घट्दैन र सधैं बढ्दैन पनि । कहिले बुल मार्केट आउँछ, जहाँ उत्साह, विश्वास र लगानी बढ्छ । कहिले बियर मार्केट आउँछ, जहाँ डर, अन्योल र निराशा हावी हुन्छ । तर इतिहासले बारम्बार प्रमाणित गरेको छ कि हरेक लामो बियर मार्केट पछि नयाँ बुल साइकल सुरु भएको छ । यही पूँजी बजारको प्राकृतिक चक्र हो ।

नेपालमा भएका अधिकांश बुल मार्केट हरूको पछाडि केही समान कारणहरू थिए । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुनु, ब्याजदर कम हुनु, कर्जा सहज रूपमा उपलब्ध हुनु, अर्थतन्त्र चलायमान हुनु, सरकारी नीति सकारात्मक हुनु, लगानीकर्ताको आत्मविश्वास बढ्नु र बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नु । यिनै कारणले बजारमा पैसा बढ्दै गयो र माग बढेसँगै शेयर मूल्य पनि उकालो लाग्यो ।

त्यसको विपरीत, जब बैंकमा लगानीयोग्य रकम अभाव भयो, ब्याजदर अत्यधिक बढ्यो, कर्जा प्रवाह घट्यो, आर्थिक गतिविधि सुस्त बन्यो, राजनीतिक अन्योल बढ्यो, लगानीकर्तामा डर फैलियो र लगातार नकारात्मक समाचार हावी भए, बजारले लामो समयसम्म बियर फेज को सामना गर्नुप¥यो । धेरै लगानीकर्ताले ठूलो घाटा व्यहोरे, आत्मविश्वास गुमाए र बजार प्रतिको आकर्षण नै कम भयो ।

तर आजको अवस्था विगतसँग तुलना गर्दा धेरै पक्षमा फरक देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ । निक्षेप बढिरहेको छ, कर्जा विस्तार अझै अपेक्षा अनुसार हुन सकेको छैन । यसको अर्थ बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त छ । इतिहासले देखाएको छ कि बैंकमा पैसा थुप्रिएर अन्य क्षेत्रमा पर्याप्त माग नहुँदा त्यसको प्रभाव अन्ततः पूँजी बजारमा पनि देखिन थाल्छ ।

तरलता लाई शेयर बजारको इन्धन भनिन्छ किनभने कुनै पनि कम्पनी राम्रो भएर मात्र शेयर मूल्य बढ्दैन, त्यसलाई किन्न बजारमा पैसा पनि चाहिन्छ । पैसा बिना माग बढ्दैन, माग बिना मूल्य बढ्दैन । त्यसैले बजारमा पैसा बढी घुम्न थालेपछि कारोबार बढ्छ, नयाँ लगानीकर्ता आउँछन, मूल्य बढ्न थाल्छ र बुल मार्केट को आधार तयार हुन्छ । त्यसैले तरलता शेयर बजारको सबैभन्दा महत्वपूर्ण चालक मध्ये एक हो । तर बजारलाई चलाउने आधार तरलता मात्र होइन । ब्याजदर, मौद्रिक नीति, सरकारी बजेट, राजनीतिक स्थिरता, आर्थिक वृद्धि, कम्पनीहरूको नाफा, लाभांश क्षमता, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, संस्थागत लगानीकर्ताको सहभागिता, नयाँ प्राथमीक निष्कासन, बजारमा आउने नयाँ उपकरण, लगानीकर्ताको मनोविज्ञान, कारोबार रकम र प्राविधिक संकेतहरू सबैले मिलेर बजारको दिशा निर्धारण गर्छन ।

अहिले नेपालमा यीमध्ये धेरै पक्षहरू क्रमशः सकारात्मक बन्दै गएका छन । ब्याजदर पहिलेको तुलनामा घटेको छ । बैंकहरूको लगानी क्षमता बढेको छ । रेमिट्यान्स ऐतिहासिक रूपमा उच्च छ । विदेशी मुद्रा सञ्चिति बलियो छ । आर्थिक गतिविधि विस्तार हुने संकेतहरू देखिन थालेका छन । राजनीतिक रूपमा अपेक्षाकृत बलियो सरकार रहेको छ, जसले दीर्घकालीन नीति कार्यान्वयन गर्ने सम्भावना बढाएको छ । यस्ता आधारहरूले लगानीकर्ताको विश्वास विस्तारै पुनः निर्माण गरिरहेका छन ।

त्यसैगरी नेपाल धितोपत्र बोर्डले पनि पूँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाएको छ । ःबचनष्ल त्चबमष्लन, क्ष्लतचबमबथ त्चबमष्लन र क्जयचत क्भििष्लन जस्ता आधुनिक उपकरणहरू कार्यान्वयनको तयारीमा छन । यस्ता उपकरणहरूले बजारलाई अझ गहिरो, चलायमान र प्रभावकारी बनाउन सक्छन । ःबचनष्ल त्चबमष्लन ले योग्य लगानीकर्तालाई थप पूँजी प्रयोग गर्ने अवसर दिन्छ, क्ष्लतचबमबथ त्चबमष्लन ले कारोबारको गति बढाउँछ, क्जयचत क्भििष्लन ले बजारलाई दुईतर्फी बनाउँदै मूल्य निर्धारणलाई अझ यथार्थपरक बनाउन सहयोग गर्छ । यद्यपि, यस्ता प्रणालीहरू उचित नियमन र लगानीकर्ताको परिपक्वता सँगै लागू हुन आवश्यक छ, अन्यथा छोटो अवधिमा अस्थिरता पनि बढ्न सक्छ ।

अब सबैभन्दा महत्वपूर्ण प्रश्न, यति धेरै सकारात्मक आधार हुँदाहुँदै पनि बजार किन अपेक्षा अनुसार बढ्न सकेको छैन ?

यसको कारण बजारको आधार कमजोर भएर होइन, बजारको मनोविज्ञान अझै पूर्ण रूपमा बलियो हुन नसक्नु हो । पछिल्ला वर्षहरूको लामो बियर मार्केटले धेरै लगानीकर्तालाई आर्थिक र मानसिक रूपमा कमजोर बनाएको छ । धेरै लगानीकर्ता अझै पनि अघिल्लो उच्च मूल्यमा खरिद गरेका शेयरमा फसेका छन । त्यसैले बजार केही माथि उठ्ने बित्तिकै उनीहरू घाटा कम गर्ने उद्देश्यले बिक्री गर्न थाल्छन । यही बिक्री चाप ले बजारलाई तीव्र गतिमा माथि जान रोकिरहेको छ ।

अर्को पक्ष, बैंकमा तरलता भए पनि त्यो सबै पैसा एकैपटक शेयर बजारमा आउँदैन । बैंकहरूले उत्पादन, व्यापार, उद्योग, कृषि, पूर्वाधार लगायत अन्य क्षेत्रमा पनि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताको सहभागिता अझै सीमित छ । विदेशी लगानी प्रत्यक्ष रूपमा शेयर बजारमा आउन सक्ने व्यवस्था छैन । नयाँ सुधारहरूको घोषणा भए पनि तिनको पूर्ण कार्यान्वयन हुन बाँकी छ । त्यसैले बजार अहिले आधार निर्माण को चरणमा रहेको देखिन्छ, जहाँ उत्साह भन्दा विश्वास विस्तारै निर्माण भइरहेको छ ।

तर इतिहासले के देखाएको छ भने सबैभन्दा बलियो बुल मार्केट सुरु हुनुअघि बजार प्रायः यस्तै देखिन्छ कम चर्चा, धेरै शंका, सीमित विश्वास र विस्तारै सुधार हुँदै गएको आधार । अधिकांश लगानीकर्ताले बुल मार्केट सुरु भइसके पछि मात्र त्यसलाई चिन्न सक्छन । अवसर भने प्रायः त्यसभन्दा अगाडि निर्माण भइरहेको हुन्छ ।

दीर्घकालीन रूपमा हेर्दा अहिले बजारका धेरै आधारहरू सकारात्मक दिशामा छन । तरलता पर्याप्त छ, ब्याजदर अनुकूल छ, बैंकहरूको कर्जा दिने क्षमता बलियो छ, अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ, नियामकीय सुधार अघि बढिरहेका छन, नयाँ उपकरण आउने तयारीमा छन र धेरै राम्रा कम्पनीहरूको मूल्य अझै पनि विगतको उच्च मूल्यको तुलनामा आकर्षक देखिन्छ । यदि यी आधारहरू निरन्तर बलिया बन्दै गए, नीतिगत सुधारहरू प्रभावकारी रूपमा लागू भए र लगानीकर्ताको विश्वास अझ मजबुत बन्यो भने नेपाली पूँजी बजारले आगामी वर्षहरूमा नयाँ उचाइ खोज्ने सम्भावना अस्वाभाविक होइन ।
शेयर बजारमा भविष्य कसैले निश्चित रूपमा भन्न सक्दैन । तर इतिहास, अर्थतन्त्र, तरालता, ब्याजदर, नीति सुधार, कम्पनीहरूको अवस्था र बजारको चक्रलाई एकसाथ विश्लेषण गर्दा एउटा निष्कर्ष भने स्पष्ट देखिन्छ आज बजार जहाँ छ, त्यो केवल अन्तिम गन्तव्य होइन, सम्भवतः अर्को यात्राको तयारी पनि हुन सक्छ । त्यसैले दैनिक को हल्ला, डर र अफवाह भन्दा माथि उठेर आधारहरू बुझ्न सक्ने लगानीकर्ताले नै बजारको वास्तविक अवसर चिन्न सक्छ । किनकि अन्ततः बजारलाई चलाउने सबैभन्दा ठूलो शक्ति डर होइन, विश्वास हो र विश्वास बलियो हुन थालेपछि बजारलाई लामो समय रोकिराख्न सजिलो हुँदैन । (भट्टराई शेयर विश्लेषक तथा लगानीकर्ता हुन्)

Previous Post

मुक्त कमैया र सुकुम्वासीलाई जग्गा दर्ता र नामसारीमा राहत

Next Post

एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द

Next Post
एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द

एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version