For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

हाम्रो समाजको दुर्दशाको कारण–२

byDainik Nepalgunj
August 14, 2026
in विचार
0 0
0
हाम्रो समाजको दुर्दशाको कारण–२
Share on FacebookShare on Twitter

‘न्यूक्लियस फेमिली’ दुःखको भारी

म सानै हुँदा शायद २०३६ सालको आसपास हुनुपर्छ नेपालका वामपन्थी विचारका युवायुवतीहरू जम्मा भएर गाउँ घरतिर गीत गाउँथे । त्योे गीत थियो “के पायो नि कुल्ली दाईले के पायो नि कुल्ली भाइले, अर्कैले ट्याक्सी गुडायो” । गीतको तात्पर्य के थियो त्यो भन्दा पनि उबेला नेपाली समाजभित्र बढ्दै गैरहेको आफ्नो विकास आफै गरौं भन्ने धारणामाथि विदेशी षडयन्त्रले बिष घोल्न बनाइएको गीत थियो, औद्योगिक साम्राज्यवादीहरूको भौतिकवादी सोचको बिजारोपण र नेपाली समाजभित्र त्यसैको खोलभित्रबाट छर्न खोजिएको बिखण्डनवाद थियो भन्ने कुरा मेरो आफ्नो उमेर पचास कटेपछि बल्ल पत्तो पाएँ ।

यहाँ कुनैपनि गीत वा साहित्यलाई तेजोबध गर्न निन्दा गर्न खोज्नु मेरो तात्पर्य होइन । तात्पर्य यो हो कि नेपाली समाजमा बढिरहेको आफ्नो गाउँठाउँ बनाउने, बाटोघाटो बनाउने सोचमाथि भौतिकवादको आक्रमण गरेर ‘अर्काको लागि किन बनाउन’ भन्ने प्रश्न उठाइएको थियो । नेपालीमा रहेको मौलिकवादी सोच, मौलिक जीवन पद्धति, सहृदयतापन भित्र कसरी वामपन्थले गाउँकै भाकामा गाउँकै लय र स्वरमा साहित्यको माध्यमबाट कन्चन मनहरू भाँडिरहेका थिए भन्ने मात्रै मुल कुरा हो ।

समाजमा उद्यम गर्ने, रोजगारी सृजना गर्ने पूँजिको सृजना गर्ने र राज्यलाई आवश्यक पर्ने मौद्रिक श्रोतमा इजाफा गराउनेहरू सबैले म र मेरा लागि नभए अरूका लागि किन गर्ने भन्ने हो भने यो समाज कहिँ पनि पुग्दैन, विकासका त कुरै छोडौं । अनि नेपाली वामपन्थले कमोवेश स्कूलिङ गरेको पनि यहि नै हो । करदाता रोजगारदाता उद्यमीलाई गाली गर्ने प्रवृतिको विकास पनि नेपाली वामपपन्थ कै मुख्य उत्पादन हो ।

समाजलाई सधैं यथास्थितिमा राख्नु हुँदैन भन्दै वामपन्थले बनाएको थेगो ‘स्थास्थितिवादी’ भनेका त यो देशको मौलिक सीपलाई अबलम्बन गर्ने भएछन् । देश विकासमा हातेमालो गर्नेहरू, देशलाई समृद्धितिर लैजान र आत्मनिर्भरतातरि लैजानेहरू, देशमा औद्योगिक क्रान्ति गर्नेहरू नेपाली वामपन्थ समाजवादीहरूका परिभाषामा तानाशाह, सामन्त र यथास्थितिवादी भए । बाटो खन्नेले श्रमको मोल लिएर आफ्नो जिविकोपार्जन गर्यो, त्यो बाटोमा त्यहि श्रमिक र उसका परिवार नातागोता पनि हिँडे, उद्यमीले पूँजि लगाएर मोटर किन्यो त्यहि मोटरमा भाडा तिरेर श्रमिक देखि पूँजिपतिसम्म हिँडे तर न्यारेटिभ यस्तो बनाइयो कि बाटो त श्रमिकले बनायो सित्तैमा बनायो । अनि उसले केहि पाएन अर्कैले मोटर गुडायो । कठै ! वामपन्थले ुिसकाउन खोजेको र बनाउन खोजेको नेपाली समाज ।

कुनैपनि देशको पूँजि निर्माण उद्यम नगरी हुँदैन । उद्यम गर्न उद्यमशीलता चाहिन्छ । अनि राज्य चलाउने भनेको पनि जुनसुकै पन्थ र व्यवस्थामा अप्रत्क्ष्य रूपमा त उद्यमीले नै हो । असल वामपन्थ कै सत्ता आए पनि पूँजि निर्माण बीना रोजगारी सृजना हुँदैन र रोजगारी बीना आम जनताको आर्थिकस्तरमा सुधार हुँदैन अनि राज्यलाई बिभिन्न खाले कर पनि पूँजि निर्माण र उद्यम कै माध्यमबाट मिल्ने हो भने उद्यमी र पूँजिनिर्माण गर्नेहरू कसरी यो समाजका दुश्मन भए ? त्यो कुरा नेपाली समाजलाई प्रष्टसँग भनिएन ।

२०५२ सालदेखि वामपन्थको नाउँमा विदेशको भूमिमा बसेर उसैसँग हातहतियार र तालिमको सहयोग लिएर “यो देशका पूँजि निर्माण गर्नेहरू, जमिन्दारहरू, गरिखानेहरू भनेका लूटेराहरू हुन यिनीहरूलाई दुई फुट नछोट्याएसम्म, सडकमा नघिसारेसम्म, यिनको नलूटेसम्म वा नसिध्याएसम्म देश बन्दै बन्दैन, समाजमा आर्थिक समुन्नति आउँदैन” भन्ने भ्रमको खेती गरियो । यसैको भयानक नकारात्मक नतिजा आज नेपाली समाजले आफ्नो दुर्दशाको रूपमा भोगिरहेको छ ।

कथित अग्रगमन, प्रगतिशीलता, क्रान्तिको नाउँमा वामपन्थले समाजलाई बिखण्डित बनायो । परिवारलाई पलायन गरायो । आन्तरिक र बाह्य रूपमा तीब्र बसाइसराइ गरायो । वामपन्थ र उपभोक्तावादीको घोषित अघोषित गठबन्धनले बहुराष्ट्रियताको नारा, बहुराष्ट्रिय कम्पनीको लगानीमा समाजिक र पारिवारिक द्धन्द शुरु गराइयो । समाजलाई गैर जिम्मेवार बनाउने काम हुँदै गयो । पारिवारिक सम्बन्धहरूमा वादको नाउँमा, विचार फरक भएकै भरमा तिक्तता बढाउने सकेसम्म आफ्नैलाई पनि सफाया गर्ने जस्ता घिनौना कामहरू पनि भए । यसले नेपाली परिवारहरू टुट्दै गए । नातासम्बन्ध आदर सम्मान नैतिकता आदि कुराहरू छुट्दै गए । आधुनिकता, विकास, अधिकार र सभ्य समाजको नाउँमा विदेशी एनजिओहरू द्धारा नेपाली परिवारभित्र अन्तहीन द्धन्दको बिउ रोपिदिए । समाजलाई उनीहरूका चियानास्ता भत्ता दुई थान बाख्रा र होटलमा गरिने कृषि क्रान्तिका गफमा भुलाइयो । यहि बिन्दुबाट समाजमा अल्छीपन, निकम्मापन र महास्वार्थीपन बढ्दै गयो । हाम्रो समाजभित्र रहेको सहृदयता पनि भंग हुँदैगयो । परिवार छरिँदै गए । परिवार संयुक्तबाट न्यूक्लियस बन्दै गयो । केहि रहरमा, केहि लहैलहैमा त केहि बसाइसराइको बाध्यतामा । पूख्र्यौली सम्पत्तिको माया र रेखदेखलागि एउटा पुस्ता मूल थातथलोमा छुट्दै गयो भने युवा जनशक्ति जति पलायन हुँदै गयो ।

समाजमा रहेको मौलिक सीपलाई निरन्तरता दिँदै आएका शिल्पीहरूलाई उनीहरूको शिल्प बन्द गराउनैका लागि एनजिओका अधिकारको फण्डामा अल्झाएर नयाँ पुस्तामा शिल्प हस्तान्तरण रोकियो । उपभोक्तावादी कम्पनीहरूको नोकर बनेर सभ्य हुन सिकाइयो ।

नेपाली समाज भित्र रहेको सहृदयता, सीप, उद्यमशीलता, पौरख गर्ने बानी, आफ्नो माटोलाई सिँगार्ने चलन, आफ्नो मूल जोगाउने परम्परा, नातासम्बन्ध र समाजका मौलिक परम्पराहरू, चाडपर्वहरू, मेलापात अ‍ैंचोपैंचो, हुद्दा पर्म आदि सबैकुरामा उपभोक्तावादी र आधुनिकतावादीले एकैचोटी प्रहार गरे । यसका साधन बने नेपाली वामपन्थी समाजवादीहरू ।

संयुक्त परिवार, सुखी परिवार थियो । जहाँ पारिवारिक सम्बन्ध प्रगाढ थियो । समाजमा शक्ति आर्जित भएको परिवार थियो । समाजका सार्वजनिक कामहरूमा श्रमदान दिन सक्ने ल्याकत संयुक्त परिवारले राखेको थियो । समाजमा मर्दा पर्दा आफ्नै घरपरिवारको जस्तै गरि जुट्ने र मिलेर समस्या समाधान गर्ने ल्याकत संयुक्त परिवारले राख्ने गर्दथ्यो । चाडपर्वहरू हरेक घरमा मेला र उत्सवको रूपमा मनाउन सक्ने अवस्था थियो । कृषिकर्म गर्नको लागि जनशक्तिको कुनै कमी थिएन । आफ्नो समाजको लागि बाटोघाटो आफै बनाउने शक्ति र नैतिकता थियो । जमीन बाँझो पनि थिएन । राज्यले अन्नैका लागि भनेर खर्बौ रकम विदेश पठाउन पर्ने बाध्यता थिएन । एकजनाले बाहिर गएर कमाउँदा परिवारमा खुशीयाली बढ्थ्यो । राज्यको सुरक्षा निकायमा युवा जनशक्तिको अभाव थिएन । गाउँघरका कुला करेसा, पानी पँधेरो, बाटोघाटो मूल आदि बनाउन होस् या त्यसको रखरखाव गर्न (केहि प्राविधिक र ठूला बाहेकमा ) राज्यले ऋण खोजेर खर्च गर्न पर्दैन्थ्यो । देशले बिषरहति आहार पाएको थियो । परिवार प्राङ्गरिक भोजन पाएकै कारण रोगब्याधिको कमी थियो । स्वाथ्यमा ठूलो खर्च थिएन ।

नेपाली समाज धेरै कुरामा आत्मनिर्भर रहेको थियो । त्यो आत्मनिर्भरताले विदेशीलाई विशेष गरेर बहुराष्ट्रिय कम्पनी र यसका नेपाली दलाल पूजिँपतिका खासमान्छे वामपन्थी समाजवादीहरूलाई पिरोलिरहेको थियो । जसले नेपालमा बजार खोजिरहेका थिए उनीहरूलाई नेपालमा आफ्नो ब्यापार बढाउनका लागि यदि केहि कोहि बाधक थियो भने त्यो नेपाली समाजमा रहेको सहृदयता र संयुक्त परिवार नै थियो । यसैले यसलाई भत्काउनका लागि नेपालमा वामपन्थ समाजवाद, लोकतन्त्रको खोलभित्रबाट नवउदारवाद र चरम उपभोक्तावादको अभ्यास भएकै हो भन्न हिच्किचाउनु पर्दैन ।

संयुक्त परिवार टु्ट्दा नेपाली समाज सोझै विदेशी बजारको ग्राहक बन्न पुग्यो । त्यसमा वामपन्थ समाजवादको आधुनिकता, विकास र सभ्यताको घोल मिसाउँदा त झन नेपाली समाज एकैचोटी पारिवारिक देखि अन्यमा पनि देखासिकीको प्रतिष्पर्धा गर्ने, त्यो देखासिकीको आवश्यकता पूर्ति गर्न नैतिक पतन गर्ने, आफ्नो स्वार्थ मात्रै सर्वोपरि देख्ने बाटोमा द्रूत गतिमा अगाडी बढ्यो । पारिवारिक आवश्यकता र देखासिकीको कर्म पूरा गर्न कर्मचारीतन्त्र भ्रष्ट हुँदै गयो । राजनीति बीना कुनै उद्यम पेशा व्यवसाय कै भ्रष्टतन्त्रलाई आड दिने र कमिशनमा रमाउने तन्त्र बन्न पुग्यो । परिवार मात्रै हो र नेपाली समाजको तन मन समेत न्यूक्लियस परिवारमा परिणत हुँदै गयो ।

जतिजति परिवार बिखण्डित हुँदै गएको छ त्यहाँ अनावश्यक रिसडाहपर्धाको जुहारी बढेको छ । व्यक्ति र सम्बन्धमा तिक्तता र नैतिकपतनका कार्य बढेका छन् । भौतिकवादको चुली चुलिएको छ । अदालतमा सम्बन्ध विच्छेदका मुद्दाहरूको चाङ लागिरहेको छ । यसले पति पत्निको सम्बन्ध भत्किएको छ । बालबालिकाहरू अनाथ हुने क्रम बढेको छ । समाजमा पिताको अत्तोपत्तो नभएका सन्तानहरू बढ्नेक्रम जारी छ । अभिभावक बीनाको एउटा ठूलो जमात तयार हुँदैछ । संयुक्त परिवारको दर्बिलो मालाबाट छुट्एिको थुँगा न्यूक्लियस परिवारबाट पनि च्यात्तिएर गैरजिम्मेवार बीना अभिभावकीय पत्र पत्रहरूमा बिभक्त हुँदै गैरहेको छ । यसैले ढुक्कसँग भन्न सकिन्छ कि हाम्रो समाजको दुर्दशाको कारण न्यूक्लियस परिवार, र न्यूक्लियस सोच नै हो ।

अब राज्यको नीति फेरिनुपर्छ । संयुक्त परिवारलाई जोगाउन कानूनी सुरक्षाको कवज बनाउनैपर्छ । संयुक्त परिवार खुखी परिवारको अवधारणा बीना हाम्रो समाजको सुदशाको बाटो जागृत हुन सक्दैन ।

Previous Post

नेउवा संघ : अदालतमा अझै सुरु हुन सकेन छलफल

Next Post

संघको साधारणसभा भोलि, अदालतले दिएन अन्तरिम आदेश

Next Post
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघको साधारणसभा भोलि, अदालतले दिएन अन्तरिम आदेश

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

एक महिनामा २५ मुद्दा, ६१ जना पक्राउ

September 30, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

September 30, 2026
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

September 30, 2026
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

September 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version