For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, August 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

byDainik Nepalgunj
August 26, 2026
in News, मुख्य समाचार
0 0
0
बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’
Share on FacebookShare on Twitter

भदौ १९ देखि दर्शकमाझ पुग्ने ‘बा’को नेपालगन्जमा प्रिमियर शो

सजल गैरे

बुवाले सन्तानको सुख र भविष्यका लागि गर्ने त्याग, संघर्ष र बलिदान तथा त्यही अभिभावकीय योगदानलाई सन्तानले बिर्संदै गएको सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखिएको नेपाली चलचित्र ‘बाः एक योद्धा’को नेपालगन्जमा प्रिमियर शो गरिएको छ । मंगलबार नेपालगन्जस्थित सिनेरोयलमा बहुसंख्यक युवा पुस्ता र पत्रकारमाझ चलचित्रको पहिलो प्रदर्शन गरिएको हो ।

चलचित्र हेर्न पुगेका दर्शकले बुवाको भूमिकालाई केन्द्रमा राखेर तयार पारिएको कथाले भावनात्मक रूपमा छोएको प्रतिक्रिया दिएका छन् । प्रिमियर शोमा युवा पुस्ताको सहभागिता उल्लेख्य थियो । चलचित्र हेरिरहँदा कतिपय दर्शक भावुक बनेर रोइरहेको दृश्यसमेत देखिएको थियो ।

प्रिमियर शोमा सहभागी रासस नेपालगन्जका प्रमुख युवराज पाण्डेले चलचित्रलाई हरेक सन्तानले हेर्नुपर्ने बताए । उनले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भने, ‘हरेक सन्तानले हेर्नैपर्ने फिल्म ।’ कतिपयले बुवाआमालाई लिएरै फेरि फिल्म हेर्न आउने धारणा सुनाए । ‘यत्तिको नेपाली फिल्म धेरैपछि हेर्न पाइयो,’ वरिष्ठ पत्रकार निरज गौतमले दैनिक नेपालगन्जसँग भने । पत्रकार शरण कर्माचार्यले पनि फिल्मको भविष्यप्रति निकै उत्साहजनक प्रतिक्रिया दिए ।

चलचित्रले सन्तानको खुसीका लागि बुवाले गर्ने संघर्षलाई मात्र प्रस्तुत गरेको छैन । आफू जन्मिएको र हुर्किएको घरपरिवार तथा आफूलाई योग्य बनाउन जीवनभर संघर्ष गर्ने बाबुआमालाई पछिल्लो पुस्ताले भुल्दै गएको अवस्थालाई पनि कथामार्फत देखाउन खोजिएको छ । सन्तानको भविष्य र खुसीका लागि बाबुआमा जस्तोसुकै त्याग गर्न तयार हुने तर उनीहरूले गरेको योगदानको गुन बिर्सने प्रवृत्तिमाथि चलचित्रले प्रश्न उठाएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको कथामा आफ्नो सन्तानको खुसीका लागि बुवा आफू बसेको घरसमेत बेच्न तयार हुन्छन् । तर, त्यही बुवाले आफ्नै सन्तानबाट पाउने दुःख र त्यसबाट उत्पन्न पीडालाई कथाले अर्को तहमा पु¥याउँछ । आफ्नै सन्तानबाट पाएको चोट सहन नसकेपछि बुवाले गर्ने निर्णय र त्यसको परिणाम चलचित्रको महत्वपूर्ण पाटोका रूपमा प्रस्तुत गरिएको छ ।

परिवारमा खुसी हराउँदै जाँदा सम्बन्ध कसरी टुट्छ र परिवारको मुख्य पात्रले त्यसपछि कस्तो निर्णय लिन्छ भन्ने प्रश्न चलचित्रले उठाएको छ । परिवारको मूल व्यक्तिले भोग्ने पीडा र कथाको अन्तिम मोडबारे भने दर्शकले चलचित्र हेरेपछि मात्रै थाहा पाउनेछन् । त्यसका लागि दर्शकले भदौ १९ गतेसम्म पर्खनुपर्नेछ ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको चलचित्रमा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षले प्रिमियर शोसँगै मंगलबार कार्यक्रम आयोजना गरी पश्चिम नेपालकै अत्याधुनिक सिनेमाघरका रूपमा रहेको नेपालगन्जस्थित सिनेरोयलमा चलचित्रबारे आफ्ना धारणा दर्शकमाझ राखेको हो ।

चलचित्रका निर्माता वसन्त लम्सालका अनुसार, नेपालगन्जको महत्व र ऐतिहासिकता झल्काउने उद्देश्यले यहाँबाट पहिलो शो गरिएको हो । दाङका लम्सालले अब दाङमा पुगेर दर्शकमाझ चलचित्र प्रदर्शन गर्ने तयारी रहेको बताए । उनले ठूलो लगानीमा तुलसीपुरमा सिनेमा घर निर्माणको कामसमेत अघि बढाइरहेको जानकारी दिए ।

निर्माता लम्सालले चलचित्रबाट आफूहरूले ठूलो अपेक्षा गरेको बताए । निर्माण पक्षबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिँदै उनले दैनिक नेपालगन्जसँग भने, ‘यो फिल्मबाट हामीले धेरै आशा गरेका छौं, अरु अब दर्शकको जिम्मा ।’

संगीतकार, रचनाकार तथा गायकका रूपमा नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका हरि लम्सालले चलचित्रको कथा र पटकथा लेखेका छन् । उनको निर्देशनसमेत रहेको ‘बाः एक योद्धा’ फिचर चलचित्रतर्फको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले तयार पारेका हुन् ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । मुख्य कलाकार दिव्यदेव, सुहाना लगायतका उनीहरु सबैजसो मंगलवार नेपालगन्जका दर्शकसँग आफ्नो उत्साह साटासाट गरिहँदा दर्शकले जिवन्त अभिनयको खुलेर प्रशंसा गरेका थिए ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता हुन् । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ । नेपालगन्जमा चलचित्र पत्रकार संघले प्रिमियर शोका लागि संयोजन गरेको थियो भने अध्यक्ष रामचन्द्र पौडेल र पत्रकार कृष्ण अधिकारीले आवश्यक भूमिका खेलेका थिए । ‘हिन्दी मूभीलाई पर्खिने दर्शकको बानी अब फेरिएको छ,’ सिनेरोयलका प्रवन्धक रितेश श्रेष्ठले ‘बाः एक योद्धा’ को प्रिमियर शोमा दर्शकले दिएको प्रतिक्रिया र देखाएको उत्साहपछि दैनिक नेपालगन्जसँग भने, ‘नेपाली सिनेमाको स्तर धेरैमाथि पुगेको छ, दर्शकले रुचाउने नेपाली मूभी आइरहेका छन् ।’

Previous Post

‘मोहम्मद डे’ मा रोपियो पीपल

Next Post

विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

Next Post
विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

August 26, 2026
बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

बुवाको त्याग र सन्तानले भुल्दै गएको गुनको कथा ‘बाः एक योद्धा’

August 26, 2026
‘मोहम्मद डे’ मा रोपियो पीपल

‘मोहम्मद डे’ मा रोपियो पीपल

August 25, 2026
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

August 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version