नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नेपालगन्जस्थित जय बागेश्वरी माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ।
विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले मानवीय सेवा र राहतस्वरूप आफ्नो एक दिनको तलब बराबरको रकम एक लाख एक सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्।
विद्यालयले बाढीका कारण सिर्जित कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। उक्त सहयोगको रकम बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।






























