For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा कृषि उत्पादन बढ्यो

byDainik Nepalgunj
September 2, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेशले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार प्रदेशमा प्रमुख खाद्यान्न बाली, तेलहन, दलहन, तरकारी, मासु तथा माछाको उत्पादनमा वृद्धि हुने देखिएको हो । यद्यपि कृषि उत्पादनबाट हुने आम्दानीले मात्र वर्षभरि परिवारको खाद्य आवश्यकता धान्न नसक्ने कृषक परिवारको संख्या अझै उच्च रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार गत बर्षको चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा १३ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशमा धान उत्पादन १३ लाख ५० हजार मेट्रिक टन रहेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशमा ४ लाख ७७ हजार मेट्रिक टन मकै र ६ लाख १९ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गत आर्थिक वर्षमा धानसँगै गहुँ र मकैको उत्पादनमा समेत वृद्धि हुने अनुमान सर्वेक्षणले गरेको छ । कृषि उत्पादन बढाउन उन्नत बीउ, कृषि यान्त्रिकीकरण, सिँचाइ, मल तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रमुख आधार मानिएको छ ।

लुम्बिनी प्रदेशमा तेलहन बालीको उत्पादनसमेत बढेको देखिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ को चैत्र मसान्तसम्म ७२ हजार १ सय ५७ मेट्रिक टन तेलहन बाली उत्पादन भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा तेलहन बालीको उत्पादन ७० हजार ७ सय ४२ मेट्रिक टन रहेको थियो ।

सर्वेक्षणले चालु आर्थिक वर्षमा तेलहनसँगै दलहन तथा तरकारी बालीको उत्पादनमा समेत वृद्धि हुने अनुमान गरेको छ । प्रदेशमा कृषि उत्पादन विविधीकरण, व्यावसायिक खेती, गुणस्तरीय बीउ तथा बिरुवाको प्रयोग र आधुनिक कृषि प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ ।

लुम्बिनी प्रदेशमा पशुपन्छी तथा मत्स्य उत्पादनतर्फ पनि सकारात्मक अवस्था देखिएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म प्रदेशमा ७७ हजार ९ सय ९० मेट्रिक टन मासु र २० हजार ३ सय ८४ मेट्रिक टन माछा उत्पादन भएको अनुमान गरिएको छ । आ.व. २०८१÷०८२ को तुलनामा चालु आर्थिक वर्षमा मासु तथा माछाको उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । बढ्दो जनसंख्या तथा बजार मागलाई सम्बोधन गर्न पशुपन्छी र मत्स्यपालनलाई व्यवसायीकरण गर्ने प्रयास भइरहेको प्रदेश सरकारले जनाएको छ ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा गाईको संख्या करिब ७ लाख र भैंसीको संख्या ७ लाख २६ हजार रहेको अनुमान गरिएको छ । त्यस अघिको आ.व.को तुलनामा गाई, भैंसी, बंगुर, भेडा, बाख्रा तथा कुखुराको संख्या बढ्ने अनुमान गरिएको छ । पशुपालनमा कृषकको आकर्षण बढ्दै जानुका साथै दूध, मासु तथा अण्डाको बजार मागका कारण पशुपन्छीजन्य उत्पादन विस्तार हुने अपेक्षा गरिएको छ ।

ब्याज अनुदान कार्यक्रमको प्रभावकारिता कमजोर
कृषक तथा कृषि व्यवसायीलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको शुलभ कर्जा ब्याज अनुदान कार्यक्रममा भने पछिल्लो समय अनुदान वितरण घट्दै गएको देखिएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सञ्चालित उक्त कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा १ करोड २९ लाख ९२ हजार रूपैयाँ ब्याज अनुदान वितरण गरिएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा यस्तो अनुदान ४२ लाख १३ हजार रूपैयाँ वितरण भएको देखिन्छ ।

आर्थिक वर्ष २०८२÷८३ को चैत्र मसान्तसम्म भने ४ लाख ३२ हजार रूपैयाँ मात्र ब्याज अनुदान वितरण भएको सर्वेक्षणमा उल्लेख छ । यसले कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदान कार्यक्रमको पहुँच र कार्यान्वयनबारे थप समीक्षा आवश्यक रहेको संकेत गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा शुलभ कर्जा ब्याज अनुदान प्राप्त गर्ने ८६ वटा आयोजनामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा १६ र दाङमा १५ वटा आयोजना रहेका थिए । बाँकी आयोजना अन्य जिल्लामा सञ्चालन भएका थिए ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत रहेको छ भने कुल जनसंख्याको करिब ६२ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको सर्वेक्षणले जनाएको छ । मुलुकको समग्र कृषि उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १७.६ प्रतिशत रहेको छ ।

लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३० प्रतिशत रहेको छ । त्यसैले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा कृषि क्षेत्रलाई लिइएको छ ।

कृषि क्षेत्रलाई दिगो, व्यवसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न कृषि नीति, रणनीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र पोषण सुनिश्चित गर्ने लक्ष्यसहित सरकार, निजी क्षेत्र तथा सहकारी संस्थाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रदेश सरकारले कृषि उत्पादनलाई क्रमशः पूर्ण प्राङ्गारिक उत्पादनतर्फ लैजाने उद्देश्यले समेत विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको छ । गुणस्तरीय बीउ तथा बिरुवा उत्पादन, पशुपन्छीको गुणस्तरीय नश्ल विकास, माटो परीक्षण, कृषि यान्त्रिकीकरण, जैविक मलको प्रयोग तथा रैथाने बाली र पशुपन्छीको प्रवर्धनलाई प्राथमिकता दिइएको छ । जलवायु परिवर्तन, प्राकृतिक विपद्, रोग तथा कीराको प्रकोप लगायतका जोखिमले कृषि क्षेत्रमा पार्ने असर कम गर्न जोखिम न्यूनीकरणका कार्यक्रमसमेत सञ्चालनमा रहेका छन् । कृषि उत्पादन बढ्दै गएको तथ्यांक सार्वजनिक भइरहँदा प्रदेशका ठूलो संख्याका कृषक परिवार आफ्नै कृषि उत्पादनबाट वर्षभरि खान नपुग्ने अवस्थामा छन् ।

सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशमा कृषि उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरि परिवारलाई खान नपुग्ने कृषक परिवारको हिस्सा ५१ प्रतिशत रहेको छ ।

यसले कृषि उत्पादन बढे पनि कृषकको आम्दानी, बजार पहुँच र खाद्य सुरक्षाको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको देखाउँछ । कृषि उत्पादनमा संलग्न ठूलो जनसंख्याले आफ्नै उत्पादनबाट वर्षभरि खान नपुग्नु प्रदेशको कृषि क्षेत्रका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ ।

जिल्लागत रूपमा हेर्दा यस्तो समस्या सबैभन्दा बढी अर्घाखाँचीमा देखिएको छ । त्यहाँ ८५.४ प्रतिशत कृषक परिवारलाई आफूले उत्पादन गरेको उत्पादनबाट प्राप्त आम्दानीले मात्र वर्षभरि खान नपुग्ने सर्वेक्षणमा उल्लेख छ । यसले उत्पादनको परिमाण बढाउनु मात्र पर्याप्त नभई कृषकको उत्पादन लागत घटाउने, उचित मूल्य सुनिश्चित गर्ने, बजारको पहुँच विस्तार गर्ने, भण्डारण तथा प्रशोधनको व्यवस्था गर्ने र कृषि उपजको व्यावसायीकरण गर्नुपर्ने आवश्यकता देखाएको छ ।

लुम्बिनी प्रदेशमा धान, मकै, गहुँ, तेलहन, मासु तथा माछालगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन बढ्ने अनुमानले प्रदेशको कृषि क्षेत्रमा सकारात्मक सम्भावना देखाएको छ । तर उत्पादन बढे पनि कृषक परिवारको ठूलो हिस्सा आफ्नै उत्पादनबाट वर्षभरि खान नसक्ने अवस्था रहनुले कृषि क्षेत्रको विकासलाई उत्पादनको तथ्यांकमा मात्र सीमित गर्न नहुने देखाएको छ ।

कृषिलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृंखला व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ । गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि यान्त्रिकीकरण र प्रविधिको पहुँचसँगै उत्पादित वस्तुको उचित मूल्य, बजार सुनिश्चितता, प्रशोधन तथा भण्डारणको व्यवस्था गर्न सके मात्र कृषि उत्पादन वृद्धिको प्रत्यक्ष लाभ कृषकको आम्दानीमा रूपान्तरण हुन सक्ने देखिन्छ ।

Previous Post

कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक

लुम्बिनीमा कृषि उत्पादन बढ्यो

September 2, 2026
कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

September 2, 2026
बर्दियाका २० स्थानीय परियोजनाको व्यवसाय योजना अनुमोदन

बर्दियाका २० स्थानीय परियोजनाको व्यवसाय योजना अनुमोदन

September 2, 2026
जेबी, सुनाखरी र पत्रकार महासंघद्वारा कोषमा रकम

जेबी, सुनाखरी र पत्रकार महासंघद्वारा कोषमा रकम

September 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version