For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

एक शिक्षकको बिदाई

byDainik Nepalgunj
September 4, 2026
in विचार
0 0
0
एक शिक्षकको बिदाई
Share on FacebookShare on Twitter

दैनिक नेपालगन्जको कार्यक्रम ‘दौडिन्छिन् हजुरआमा’ सम्बन्धी तयारी बैठक सकेर सोमवार दिउँसो गगनजी र म सिधै खजुरास्थित जनसेवा मावि गिजरा पुगेका थियौं ।

खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लको निमन्त्रणामा प्रधानाध्यापकहरुको बैठकमा तेस्रो गौघाट ग्रीन रनका बारेमा आफ्ना कुरा साझा गर्न हामी त्यहाँ पुगेका थियौं । हाम्रो उद्देश्य केवल ग्रीन रनको कुरा गर्नु थियो ।

तर त्यहाँ पुग्दा एउटा भावुक र ऐतिहासिक क्षणको समेत साक्षी बन्न पुगियो । एक इमान्दार र स्वाभिमानका पर्याय टंक दाहाल सरको सेवानिवृत्तिको क्षण वास्तवमै भावुक खालको थियो । ६० बर्षे उमेर हदका कारण उहाँ औपचारिक सेवाबाट विदा हुन लाग्नु भएको थियो । उक्त बैठकमा खजुरा क्षेत्रका झण्डै ४०—५० विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । पालिका अध्यक्ष डम्बर विक तुफानले कदरपत्र प्रदान गरेर टंक दाहाल सरलाई औपचारिक बिदाइ गर्दा अभिभावक, सहकर्मी, विद्यार्थी र शुभेच्छुकले सम्मानका शब्दहरु पस्किए । तर ती सबैभन्दा माथि एउटा गहिरो भावना थियो —दशकौंसम्म शिक्षणमा समर्पित एउटा शैक्षिक जीवनको सम्मान ।
त्यो दृष्यले मलाई रामायणको एउटा प्रसंग सम्झायो । रामका गुरु वशिष्ठ केवल पाठ पढाउने गुरु थिएनन् । उनले रामलाई ज्ञान मात्र दिएनन्—कर्तव्य, संयम, मर्यादा र जिम्मेवारीको बाटो पनि देखाए । राम महान राजा बन्नुभन्दा पहिले असल शिष्य बने । सायद गुरुको सबैभन्दा ठुलो सफलता यही हो, उसले आफुजस्तो अर्को मानिस बनाउने होइन, आफुभन्दा राम्रो मानिस बन्ने बाटो देखाउने हो । आजका शिक्षक पनि त्यही परम्पराका संवाहक हुन्, संवाहक हुनुपर्छ । शिक्षकले पेशागत जीवनको उत्तराद्र्धमा पाउने औपचारिक सम्मान पनि यही त हो ।

हामी विद्यार्थी हुँदा शिक्षक भनेको किताब पढाउने व्यक्ति हो भन्ने लाग्थ्यो । उमेर बढ्दै गएपछि बुझियो, शिक्षकले पाठ्यपुस्तकभन्दा धेरै कुरा पढाइरहेका हुन्छन् । शिक्षकले दुई प्लस दुई बराबर चार हुन्छ भनेर मात्र सिकाउँदैनन् । शिक्षकले एउटा बालकलाई जीवनमा कसरी उभिने, असफलतासँग कसरी जुध्ने, समयको मूल्य कसरी बुझ्ने, मेहनत र इमानदारीलाई कसरी जीवनको आधार बनाउने र आफ्नो आत्मसम्मान कसरी जोगाउने भन्ने पनि सिकाउँछन् । त्यसैले शिक्षक हुनु केवल जागिर होइन, जिम्मेवारी हो । भनिन्छ, डाक्टर र शिक्षक बन्ने अधिकार सबैलाई हुँदैन । डाक्टरले मानिसको शरीर बचाउँछन् भने शिक्षकले उसको जीवनको बाटो देखाइदिन्छन् । दुवै पेशा मानिससँग प्रत्यक्ष जोडिएका छन् । एउटा असल शिक्षकको प्रभाव त कहिलेकाँही एउटा पुस्ताभन्दा पनि पर पुग्छ । टंक दाहाल सर पनि त्यस्तै शिक्षक भएको अनुभुति हुन्छ । हामीलाई जनता मावि सन्तकुटीमा लेखा बिषय पढाएको हिजै जस्तो लाग्छ । विद्यार्थीप्रतिको जिम्मेवारबोधको आत्मीयता ताजै लाग्छ । मेहनत गरेर बाँच्नु, आफ्नो स्वाभिमान नबेच्नु र आत्मसम्मानका साथ आफ्नो बाटो हिंड्नु जस्ता सरको व्यवहारिक प्रभावका कारणले सोमवारको बिदाइको क्षणले मेरो मन पनि छोएको हुनुपर्छ ।

एउटा शिक्षकले आफ्नो जीवनको महत्वपूर्ण समय अरुका छोराछोरीको भविष्य बनाउन खर्च गर्छ । ती विद्यार्थीहरु पछि कोही डाक्टर हुन्छन्, कोही इन्जिनियर, कोही खेलाडी, कोही व्यवसायी, कोही शिक्षक, कोही राजनीतिज्ञ, कोही सामाजिक कार्यकर्ता । उनीहरु सफल हुँदै जाँदा शिक्षकको योगदान सधैं अगाडि देखिंदैन । तर उनीहरुको सफलताको कुनै न कुनै कुनामा गुरुको हात अवश्य हुन्छ । त्यसैले शिक्षकको वास्तविक कमाइ तलब होइन, विद्यार्थीको जीवनमा परेको प्रभाव हो ।
बिदाइका क्रममा प्रदान गरिएको कदरपत्र एउटा कागज मात्र थिएन, त्यसमा दशकौंको सेवा, असंख्य विद्यार्थी र समाजप्रतिको एउटा शिक्षकको समर्पणको सम्मान थियो । मलाई लाग्यो, एउटा शिक्षकको लामो यात्राको बिदाइ यसरी सम्मानका साथ हुनु आफैंमा ठूलो उपलब्धि हो । तर हामी त्यहाँ शिक्षकको बिदाइमा सहभागी हुन मात्र त पक्कै पुगेका थिएनौं । हाम्रो उद्देश्य त गौघाट ग्रीन रनका बारेमा आफ्ना कुरा राख्नु थियो । तर, संयोगले हामीले त्यही दिन हाम्रो अभियानको अर्थ अझ गहिरो रुपमा बुझ्यौं ।

‘दौडिन्छिन् हजुरआमा’ को बैठकबाट सुरु भएको त्यो दिन र गौघाट ग्रीन रनको छलफलसम्म आइपुग्दा एउटा कुरा स्पष्ट भयो, दौड केवल युवाहरुको विषय होइन, जीवनको उत्सव हो । उमेरले दौडलाई रोक्दैन । नर्वेमा म भन्दा अघि अघि दौड्ने ७५ देखि ७८ बर्ष उमेर समुहका कैयन हुुनुहुन्थ्यो । दौडलाई उमेरले खासै असर पार्दैन । उमेर त संख्या मात्र हो । चाहिने त इच्छाशक्ति हो । उद्देश्य हो । उद्देश्यले दौडलाई अर्थ दिन्छ । गौघाट ग्रीन रन पनि एउटा सामान्य दौड मात्र होइन । हामी दौडमार्फत विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई स्वास्थ्य, वातावरण, शिक्षा र सामाजिक जिम्मेवारीसँग जोड्न चाहन्छौं । एक हजार विद्यार्थी र अभिभावकको सहभागितामा एक हजार फलफूलका बिरुवा रोप्ने हाम्रो सपना केवल वृक्षारोपणको कार्यक्रम होइन । एउटा विद्यार्थी दौडियोस्, एउटा बिरुवा रोपोस्, एउटा राम्रो संस्कार घरसम्म पुराओस् । हामीले खोजेको परिवर्तन यही हो । यस यात्रामा प्रधानाध्यापकको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ । प्रधानाध्यापकले विद्यार्थीलाई केवल दौडमा पठाउने होइन, दौडको उद्देश्य बुझाउने हो । विद्यालयलाई खेल, स्वास्थ्य, अनुशासन र जिम्मेवारीको केन्द्र बनाउने हो । विद्यार्थीलाई अभिभावकसँग जोड्ने हो । वातावरण संरक्षणलाई व्यवहारसँग जोड्ने हो । शिक्षकलाई अभियानमा परिचालन गर्ने र समुदायलाई विद्यालयसँग जोड्न नेतृत्व गर्ने हो । एउटा प्रधानाध्यापकले चाह्यो भने एउटा विद्यालय मात्र होइन, एउटा पुस्ताको सोच बदल्न सक्छ । सायद आजका प्रधानाध्यापकहरु आफ्ना विद्यालयका वशिष्ठ हुन् । मर्यादापुरुष रामका गुरु वशिष्ठ जस्तै । उनीहरुले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन, जीवनका लागि तयार पार्नुपर्छ । राम्रो अंक ल्याउने विद्यार्थीभन्दा राम्रो नागरिक बन्ने विद्यार्थी निर्माण गर्नु ठूलो सफलता हो भन्ने मलाई लाग्छ ।

धारा नेपालगन्ज म्याराथनले प्राप्त गरेको एम्स सोसल अवार्ड २०२६ ले हामीलाई यही जिम्मेवारी अझ गहिरो रुपमा सम्झाएको छ । यो सम्मान केवल एउटा म्याराथनको पुरस्कार होइन, दौडलाई सामाजिक परिवर्तनको माध्यम बनाउने हाम्रोे यात्राको विश्वव्यापी मान्यता हो, बलियो आत्मसात हो ।

विश्वभर म्याराथन र रनिङको क्रेज बर्षेनी उकालिदो छ । निरन्तर सगरमाथाको शिखरतर्फ दौडको आकर्षण बढिरहेको छ । विश्वको दौड सहभागिताको आँकडाले त्यही भन्छ । सायद विश्वमा दिनहुँ कुनै खेल विधाको आकर्षण निरन्तर एउटा लयमा बढिरहको छ भने त्यो रोड रेस हो, त्यो म्याराथन हो । मानिसहरु अब केवल पदक र समयका लागि दौडिरहेका छैनन् । स्वास्थ्यका लागि दौडिरहेका छन्, मानसिक सन्तुलनका लागि दौडिरहेका छन्, वातावरणका लागि दौडिरहेका छन्, परोपकार र सामाजिक एकताका लागि दौडिरहेका छन् । अब नेपालमा पनि दौडलाई यही अर्थमा विस्तार गर्नुपर्छ । दौडौं स्वास्थ्यका लागि, दौडौं हरियालीका लागि, दौडौ शिक्षाका लागि, दौडौं सामाजिक एकताका लागि । गौघाट ग्रीन रन त्यही सोचको एउटा सानो तर अर्थपूर्ण पाइला हो ।
सोमवार जनसेवा माविको प्रांगणमा एउटा शिक्षकको बिदाइ र हाम्रो दौड अभियानबीच मैले गहिरो सम्बन्ध देखें । एक शिक्षकले दशकौंसम्म ज्ञान र संस्कारका बिरुवा रोप्नुभयो । हामी दौडमार्फत नयाँ पुस्तामा स्वास्थ्य, वातावरण र सामाजिक जिम्मेवारीका बिरुवा रोप्न खोजिरहेका छौं । दुवै यात्राको केन्द्रमा एउटै कुरा रहेछ, मानव सोंच निर्माण । विद्यालयले ज्ञानमार्फत एउटा मान्छे निर्माण गर्छ । खेलले अनुशासनमार्फत मान्छे निर्माण गर्छ । दौडले खुशी, आत्मविश्वास, स्वास्थ्य र सामाजिक चेतनामार्फत मानिस निर्माण गर्नसक्छ । त्यसैले दौडको वास्तविक जित फिनिसिङ लाइनमा हुँदैन । दौडपछि समाजमा देखिने परिवर्तनमा हुन्छ । एक हजार बिरुवा रोपिंदा त्यसको छायाँ आज होइन, बर्र्षौंपछि देखिनेछ । एक हजार विद्यार्थी दौडिंदा त्यसको प्रभाव उनीहरुको जीवनशैलीमा वर्षौंसम्म रहन सक्छ । र, एउटा शिक्षकले एउटा विद्यार्थीलाई सही बाटो देखाउँदा त्यसको प्रभाव पुस्तौंसम्म पुग्न सक्छ । टंक दाहाल सरको बिदाइको क्षणले मलाई जीवनको एउटा सुन्दर हिसाब सम्झायो, जति ज्ञान बाँड्यो, त्यति नै सम्मान कमायो । जति राम्रो संस्कार रोप्यो, त्यति नै पुस्ता हराभरा भयो ।

सायद यही कारणले वास्तविक गुरु कहिल्यै सेवानिवृत्त हुँदैनन् । उनीहरु विद्यालयबाट विदा हुन्छन्, तर उनीहरुले रोपेको ज्ञान, संस्कार र चरित्रको बिरुवा पुस्तौंसम्म हुर्किरहन्छ । दैनिक नेपालगन्जको दौडिन्छिन् हजुरआमा देखि गौघाट ग्रीन रनसम्म, विद्यालयको कक्षाकोठादेखि अन्तर्राष्ट्रिय म्याराथनसम्म हामीले खोजेको कथा एउटै हो ः मानिसलाई दौडसँग जोड्ने र दौडलाई समाजसँग जोड्ने ।
एम्स सोसल अवार्ड पछि धारा नेपालगन्ज म्याराथनले पाएको जिम्मेवारी पनि यही हो, दौडलाई पदक र समयभन्दा माथि उठाएर सामाजिक परिवर्तनको माध्यम बनाउने । गौघाट ग्रीन रनको सपना पनि त्यही हो, दौडसँगै एउटा राम्रो संस्कार रोप्ने । र अन्ततः दौडको अर्थ केवल अगाडि पुग्नु होइन । आफुभन्दा पछाडि आउने पुस्ताका लागि बाटो अझ सुन्दर बनाउनु हो ।

सायद जनसेवा माविमा एउटा शिक्षकको बिदाइले हामीलाई अर्को पाठ पनि पढायो, मानिसको जीवनमा सबैभन्दा ठुलो फिनिसिङ लाइन अवकाश होइन, उसले समाजमा छोडेको प्रभाव हो ।

Previous Post

रासायनिक मल अभाव

Next Post

हाम्रो समाजको दुर्दशाको कारण

Next Post
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

September 4, 2026
एक शिक्षकको बिदाई

एक शिक्षकको बिदाई

September 4, 2026
रासायनिक मल अभाव

रासायनिक मल अभाव

September 4, 2026
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण

आज कृष्णा जन्माष्टमी मनाइँदै

September 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version