For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहरमा बाँदर आतंक

byDainik Nepalgunj
October 11, 2026
in News
0 0
0
सहरमा बाँदर आतंक
Share on FacebookShare on Twitter

सामान्यतया बाँदर वनजंगलमा बस्ने वन्यजन्तु हुन् । जंगलमा उपलब्ध फलफूल, पात, बीउ, कीरा तथा अन्य प्राकृतिक आहारमा निर्भर रहने बाँदर पछिल्लो समय मानव बस्तीमा समेत देखिन थालेका छन् । बाँकेका नेपालगन्ज बजारसहित आसपासका बस्तीमा बाँदरको आतंक बढ्दै गएको छ । घरका छतमा दौडिने, इन्टरनेट तथा टेलिफोनका तारमा झुण्डिएर हिँड्ने, छतमा सुकाएका कपडा तान्ने, खानेकुरा खाने तथा पसलबाट सामान खोस्ने जस्ता गतिविधिले स्थानीयवासी हैरान भएका छन्  । बाँदरले मानिसलाई टोक्ने, चिर्थोने र बालबालिकालाई आक्रमण गर्न खोज्ने गरेको गुनासोसमेत बढ्न थालेको छ  ।

नेपालगन्ज बजारका विभिन्न क्षेत्रमा बाँदरका झुण्ड घरका छत, विद्युत् तथा सञ्चारका तार र पसल आसपास देखिने गरेका छन्  । घरमा राखिएका खानेकुरा खाने, छतमा सुकाएका कपडा तानेर फालिदिने र पसलमा राखिएका सामान तथा खानेकुरा खोस्ने गर्दा सर्वसाधारणलाई दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको स्थानीय बताउँछन्  ।

स्थानीय विज्रेश शर्माका अनुसार सहर छिरेका बाँदरले आतंक सिर्जना गरेका छन्  । बाँदरले घरको छतमा सुकाएका कपडा तान्ने, तल फालिदिने र घरमा राखिएका खानेकुरासमेत खाने गरेको उनले बताए । घरको छतमा सामान राख्न तथा कपडा सुकाउनसमेत समस्या हुन थालेको उनको भनाइ छ  ।

नेपालगन्जको त्रिवेणीमोडका छोटेलाल गुप्ताले बाँदर इन्टरनेट तथा टेलिफोनका तारमा झुण्डिएर हिँड्ने गरेको बताए  । तारमा झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने बाँदरका कारण सञ्चारका तारमा क्षति पुग्न सक्ने जोखिमसमेत रहेको स्थानीयको चिन्ता छ  ।

फुल्टेक्राकी बबिता अधिकारीका अनुसार बाँदर सधैँ नआए पनि झुक्याएर आउने र एउटा घरको छतबाट अर्को घरको छतमा हाम फाल्दै हिँड्ने गर्छन्  । बाँदरको आवतजावत अनियमित हुने भएकाले सतर्क रहनसमेत कठिन हुने गरेको उनले बताइन्  ।

स्थानीय शिव गिरीका अनुसार बाँदर दिनरात जुनसुकै बेला घरभित्र प्रवेश गर्ने गरेका छन्  । घरमा राखिएका खाना तथा अन्य खाद्यवस्तु खाने, ढोका खोलेर भाँडाकुँडा उठाएर लैजाने र बालबालिकालाई आक्रमण गर्न खोज्ने जस्ता गतिविधिले घरपरिवारलाई त्रसित बनाएको उनले बताए  । घरको ढोका बन्द गरेर राख्दा पनि सतर्क रहनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ  ।

बाँदरको समस्या नेपालगन्ज बजारमा मात्रै सीमित छैन  । आसपासका बस्ती तथा पालिकाका विभिन्न क्षेत्रमा पनि बाँदरले स्थानीयलाई सताउन थालेका छन्  । जानकी गाउँपालिका–५ का रुस्तम अलि दर्जीले बाँदरको झुण्डले मानिसलाई एक्लै पाउँदा घेरेर आक्रमण गर्ने गरेको बताए  । उनका अनुसार बाँदरले बालबालिकालाई टोक्न खोज्ने, बारीमा लगाएका तरकारी खाने तथा टिपेर फालिदिने गरेका छन्  । यसबाट बालबालिकाको सुरक्षासँगै किसानको मेहनत र उत्पादनसमेत प्रभावित भइरहेको उनको भनाइ छ  ।

जानकीकै रामकुमार यादवले गाउँमा धेरै व्यक्तिलाई बाँदरले टोकेको घटना रहेको बताए  । बाँदरले बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरे पनि नियन्त्रणका लागि स्थानीय तहले पर्याप्त चासो नदिएको उनको गुनासो छ  । बाँदरको समस्या समयमै समाधान गर्न नसकिए आगामी दिनमा जनधनको क्षति बढ्न सक्ने उनले चिन्ता व्यक्त गरे  ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंकबहादुर गुरुङले जंगलमा खानेकुराको अभाव, बाँदरको खानपानको बानीमा आएको परिवर्तन तथा मानिसले खाएको वा फालेको खानेकुरा मन पराउने प्रवृत्तिका कारण बाँदर सहर पस्ने र पुनः जंगल नफर्किने अवस्था हुन सक्ने सम्भावना औँल्याए  । मानिसको बस्तीमा सजिलै खानेकुरा प्राप्त हुने अवस्था बाँदरलाई आकर्षित गर्ने एउटा कारण हुन सक्ने उनको भनाइ छ  ।

भेरी अस्पतालमा बाँदरले टोकेका ४० घटना रेकर्ड

भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको ‘बाइट रजिष्ट्रि’को प्रारम्भिक तथ्यांकमा बाँदरले टोकेका ४० वटा घटना अभिलेख भएका छन् ।

भेरी अस्पतालमा चालु आर्थिक बर्षको हालसम्मको तथ्यांक अनुसार टिकट काउन्टरबाट कुकुर तथा अन्य जनावरको टोकाइ, सर्पदंश र अन्य विषालु जीवजन्तुसँग सम्बन्धित १ हजार ७ सय ५२ वटा दर्ता भएका छन्  । तीमध्ये १ हजार ६२ ओपीडी र ६ सय ९० आकस्मिक कक्ष (इमर्जेन्सी) का दर्ता हुन्  ।

अस्पतालका बाइट रजिष्ट्रि अनुसन्धानका प्रमुख अनुसन्धाता तथा प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईंका अनुसार, रजिष्ट्रिमा विस्तृत विवरण समावेश भएका १ हजार २ सय २२ वटा भएपनि अभिलेख ७ सय ४६ जना फरक–फरक बिरामीसँग सम्बन्धित छन् । ‘एउटै बिरामीले कुकुरको टोकाइपछि एन्टिरेबिज भ्याक्सिन (एआरभी) का तीन डोज लगाउनुपर्ने अवस्थालगायत कारणले दर्ता संख्या र बिरामीको संख्या फरक देखिएको हो’, उनले भने  ।

विस्तृत अभिलेखमध्ये १ हजार ५९ वटा जनावरको टोकाइका घटना छन्  । तीमध्ये करिब ८ सय ६५ वटा कुकुरको टोकाइसँग सम्बन्धित छन्  । त्यस्तै, बाँदरको टोकाइका ४० घटना अभिलेख भएका छन्  । यसबाहेक १ सय ३५ वटा सर्पदंश, २३ वटा अन्य वा अज्ञात प्रकृतिका घटना र पाँच वटा कीरा तथा अन्य साना जीवजन्तुको टोकाइका घटना दर्ता भएका छन्  ।
भेरी अस्पतालमा पश्चिम नेपालका बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुमलगायत जिल्लाबाट पनि बिरामी आउने गरेका छन्  ।

Previous Post

नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहरमा बाँदर आतंक

सहरमा बाँदर आतंक

October 11, 2026
नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

October 11, 2026
सुरु भो दशैं

सुरु भो दशैं

October 11, 2026
नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version