नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स संचालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ l नयाँ शोरूमको औपचारिक उद्घाटन बिहीबार, २०८३ असोज २९ गते दिउँसो १२:३० बजे सम्पन्न भएको हो।
उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ सुश्री दीपमाला ढकालको उपस्थितिमा भएको थियो। कार्यक्रममा अप्सरा सप्लायर्सका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। ग्राहकलाई सहज र सुविधाजनक अनुभव प्रदान गर्ने उद्देश्यले व्यवस्थित गरिएको यस शोरूममा कजारियाका विभिन्न डिजाइन, प्याटर्न, टेक्स्चर तथा फिनिसिङका टायलहरू अवलोकन गर्न सकिनेछ। ग्राहकहरूले उपलब्ध सङ्ग्रहहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर तथा व्यवसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सक्नेछन्। उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भन्नुभयो, “अप्सरा सप्लायर्सलाई
हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।
वीरगंजमा यस नयाँ शोरूमको संचालनसँगै हामी ग्राहकहरूलाई हाम्रा विविध डिजाइनका सङ्ग्रहहरूको पहुँचमा ल्याउँदै उहाँहरूको घर निर्माण तथा पुनर्निर्माणका आवश्यकताहरू पूरा गर्न डिजाइन, टिकाउपन र उत्कृष्ट कार्यसम्पादनको संयोजन भएका उत्पादनहरू उपलब्ध गराउन चाहन्छौँ।” यस शोरूमले अब सर्वसाधारणका लागि सेवा सुरु गरिसकेको छ। नगवा, वीरगंज तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई शोरूममा उपस्थित भई कजारियाका नवीनतम टायल सङ्ग्रहहरू अवलोकन गर्न निमंत्रण गरिएको छ।
कजारिया रमेश टायल्स लिमिटेडका बारेमा
कजारिया रमेश टायल्स लिमिटेडले उच्च प्रविधियुक्त तथा विश्वस्तरीय गुणस्तरका मापदण्डअनुरूप संचालन हुने नेपालको सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गर्दै नेपाली टायल उद्योगमा आफ्नो पहिचान स्थापित गरेको छ। कम्पनीले सुपरब्रान्ड २०२५ को मान्यता, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को पहिचान तथा विश्वको आठौँ ठूलो टायल
उत्पादकका रूपमा आफ्नो स्थान कायम गरेको छ। गुणस्तर र दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१: २०१५ तथा ISO १४००१: २०१५ प्रमाणीकरण र इन्डियन ग्रीन बिल्डिंग काउन्सिल (IGBC) को सदस्यतामार्फत समेत प्रतिबिम्बित हुन्छ। कम्पनीले NS Quality Award २०२६ समेत प्राप्त गरेको छ।
३,००० भन्दा बढी डिजाइन विकल्प तथा नेपालभर १०० भन्दा बढी शोरूमहरूको विस्तारित संचालनसहित कजारियाले आवासीय तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न प्रकारका टायल समाधानहरू उपलब्ध गराउँदै आएको
छ। यसको उत्पादन सङ्ग्रहमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६० × १२० से.मी., ६० × ६० से.मी., ८ मि.मी. मोटाइका ४० × ४० से.मी. र १९.५ × १२० से.मी.), सेरामिक वाल टायल्स (३० × ६० से.मी. र ३० × ४५ से.मी. एचडी पोलिस्ड) तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स (१२ मि.मी. मोटाइका ४० × ४० से.मी.) समावेश छन्। यी सङ्ग्रहहरूले आधुनिक डिजाइन, टिकाउपन, मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताको संयोजन प्रदान गर्छन्।






























