For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

byDainik Nepalgunj
November 15, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’
Share on FacebookShare on Twitter

सजल गैरे

बाँके राष्ट्रिय निकुञ्जका पाँचवटै जंगल सफारी रुट सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवद्र्धन र पर्यटकको बसाइ अवधि बढाउन बाँकेका तारे होटल व्यवसायी एकजुट भएका छन् । निकुञ्जको प्राकृतिक सुन्दरता, जैविक विविधता र वन्यजन्तुलाई पर्यटकीय उत्पादनका रूपमा विकास गर्ने उद्देश्यले नेपालगन्ज र कोहलपुरका होटल व्यवसायीले एकीकृत ‘सफारी प्याकेज’ निर्माणको पहल थालेका हुन् ।

होटल एसोसिएसन नेपाल (हान), बाँके च्याप्टर र नाट्टा बाँकेसँगको सहकार्यमा अघि बढाइएको पहलमा आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरिएको छ । प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात, अनुभवी प्रकृति पथप्रदर्शक, जिप सफारी, निकुञ्ज प्रवेश शुल्क र स्थानीय परिकारको स्वादलगायतका सेवा समेट्ने योजना छ ।

व्यवसायिक एकतासहितको यस पहलमा होटल सिद्धार्थ, होटल स्नेहा, होटल ग्यालेक्सी, सोल्टी वेस्टेन्ड प्रिमियर, शुभ होटल, लिला प्यालेस र कल्पतरु होटललगायतका तारे होटलका व्यवस्थापकीय प्रमुख तथा प्रतिनिधि सहभागी भएका छन् । त्यसका लागि शनिवार उनीहरूले आफैँ निकुञ्जको स्थलगत भ्रमण गरी त्यहाँको पर्यटकीय सम्भावना, उपलब्ध गतिविधि र पर्यटकलाई दिन सकिने अनुभवबारे जानकारी लिएका हुन् ।

नेपालगन्जमा आयोजना हुने ठूला कार्यक्रमहरूमा सीमित होटल वा एउटै स्थानलाई प्राथमिकता दिने प्रवृत्तिले समग्र पर्यटन व्यवसायमा आपसी सहकार्य कमजोर बनेको व्यवसायीहरुको भनाइ छ । सबै होटल व्यवसायीले एकअर्कालाई सहयोग गर्दै अघि बढ्न सके व्यक्तिगत व्यवसायसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने उनीहरुले बताए ।

होटल सिद्धार्थका जनरल म्यानेजर बद्री कोइरालाले बाँके राष्ट्रिय निकुञ्ज आफ्नो पहिलो भ्रमण भएको बताउँदै त्यहाँको शान्त वातावरण, चराचुरुङ्गी र प्राकृतिक सुन्दरताले आफूलाई आकर्षित गरेको बताए । पर्यटकलाई निकुञ्ज भ्रमणसँगै स्थानीय होमस्टे र रात्रि बसाइमा जोड्न सके उनीहरूको बसाइ अवधि बढाउन सकिने उनको धारणा छ ।

‘हामीले पर्यटकलाई बाँकेमा कसरी लामो समयसम्म राख्न सकिन्छ भन्ने विषयमा नयाँ सम्भावना देखेका छौँ । स्थानीय होमस्टे र रात्रि बसाइलाई पनि प्याकेजमा समेट्न सके धेरै पर्यटकलाई यहाँ बसाउन सकिन्छ । अब यो योजनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।

होटल स्टार लाइटका फ्रन्ट अफिस म्यानेजर विनोद बुढाथोकीले आफू तीनदेखि चार पटकसम्म बाँके राष्ट्रिय निकुञ्ज पुगिसकेको बताए । उनले बर्ड वाचिङ, फिस थेरापी, मड थेरापी, बोटिङ तथा चुरे हाइकिङजस्ता गतिविधिको अनुभव लिएको जानकारी दिए । प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि निकुञ्जमा धेरै सम्भावना रहेको उनको भनाइ छ ।

‘पर्यटकहरूले यहाँ आएपछि के गर्न सकिन्छ भनेर सोध्नुहुन्छ । मैले आफैँ यी गतिविधिको अनुभव लिएको छु । त्यसैले पर्यटकलाई यहाँ उपलब्ध गतिविधि र सुविधाबारे राम्रोसँग जानकारी दिएर भ्रमणका लागि प्रेरित गर्न सकिन्छ,’ उनले भने ।

कार्यक्रम संयोजक भोजराज शाहका अनुसार, बाँके आउने पर्यटकलाई एक दिनका लागि मात्र सीमित नराखी कम्तीमा दुई दिनसम्म बस्ने वातावरण निर्माण गर्न आवश्यक छ । ‘यदि हामीले एक दिनका लागि आएका पर्यटकलाई दुई दिनसम्म रोक्न सक्यौँ भने मात्रै बाँकेलाई वास्तविक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्छौँ,’ उनले दैनिक नेपालगन्जसँग भने ।

होटल स्नेहाले विगतदेखि नै पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गराउँदै आएको भए पनि पर्याप्त प्रचारप्रसार, पर्यटकीय पूर्वाधार र नजिकै होमस्टेको उपलब्धता नहुँदा अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न कठिनाइ भइरहेको शाहले बताए । पर्यटकलाई निकुञ्जसम्म लैजान स्पष्ट सूचना, व्यवस्थित व्यवस्थापन र एकीकृत प्याकेज आवश्यक रहेको उनले औँल्याए ।

निकुञ्ज भ्रमणपछि दैनिक नेपालगन्जसँग आफ्नो अनुभव सुनाउँदै बाटिका होटलका प्रबन्ध निर्देशक सत्नारायण थारूले होटल व्यवसायी मात्र एकजुट भएर पर्यटन प्रवद्र्धन सम्भव नहुने बताए । ‘हामी मात्रै मिलेर हुँदैन । विभिन्न क्षेत्रका अभियन्ता, कन्टेन्ट क्रिएटर, पर्यटनकर्मी, स्थानीय समुदाय र निकुञ्ज प्रशासन पनि सँगै जोडिनुपर्छ । यसलाई राष्ट्रियस्तरमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पु¥याउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार, बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारलाई डिजिटल माध्यम र विभिन्न पर्यटनसम्बन्धी अभियानसँग जोड्न सके नयाँ पर्यटक आकर्षित गर्न सकिन्छ ।

कल्पतरु होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले निकुञ्जलाई होटलको नियमित पर्यटकीय प्याकेजमा समावेश गर्न आफूहरू इच्छुक भए पनि यसअघि वास्तविक लागत, पर्यटकले पाउने अनुभव र व्यवस्थापनबारे अन्योल रहेको बताए । स्थलगत भ्रमणपछि पर्यटकलाई निकुञ्जको विशेषता र उपलब्ध गतिविधिबारे जानकारी गराउने तथा प्याकेजमार्फत सेवा उपलब्ध गराउने विषयमा स्पष्टता आएको उनको भनाइ छ ।

‘बाँके भन्नेबित्तिकै हामीले बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा सम्झिने गरेका थियौँ । तर समान प्रकृतिको अनुभव तुलनात्मक रूपमा कम खर्चमा बाँके राष्ट्रिय निकुञ्जमै पनि लिन सकिने रहेछ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न पायौँ,’ उनले भने । विशेषगरी नेपाल र भारतमा मात्र पाइने चौका अवलोकन गर्न पाउँदा आफूलाई थप खुसी लागेको उनले बताए ।

बाघ मात्रै होइन, जैविक विविधता पनि बाँकेको आकर्षण

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीमबहादुर डाँगीका अनुसार, बाँके राष्ट्रिय निकुञ्ज भौगोलिक बनावट र जैविक विविधताका हिसाबले अन्य निकुञ्जभन्दा पृथक छ । यहाँ चुरे पहाड, भावर क्षेत्र, ठूला रूख तथा विभिन्न जडीबुटीजन्य वनस्पति पाइने भएकाले प्रकृतिप्रेमी पर्यटकका लागि विशेष आकर्षण रहेको उनले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज मुख्यतः पाटेबाघको संरक्षणका लागि स्थापना गरिएको हो । डाँगीका अनुसार, यहाँ हाल ५१ वटा पाटेबाघ रहेको तथ्यांक छ । लेजर प्रविधि तथा सीसीटीभीको सहायताबाट बाघको अनुगमन गरिँदै आएको उनले जानकारी दिए ।

तर निकुञ्ज भ्रमणमा आउने सबै पर्यटकले बाघ देख्छन् भन्ने ग्यारेन्टी नहुने उनको भनाइ छ । ‘बाघ हेर्न चाहने पर्यटकले धैर्य राख्नुपर्छ । बाघ नदेखिए पनि यहाँको प्राकृतिक वातावरण, चराचुरुङ्गी र अन्य वन्यजन्तुको अवलोकन आफैँमा रमाइलो अनुभव हो,’ दैनिक नेपालगन्जसँग आफ्नो अनुभव साझा गर्दै उनले भने ।

नेचर गाइड डाँगीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ५५ प्रजातिका माछा, २४ प्रजातिका सरीसृप, ३४ प्रजातिका स्तनधारी तथा नौ प्रजातिका उभयचर पाइन्छन् । नेपाल र भारतमा मात्र पाइने चौका यहाँको विशिष्ट वन्यजन्तु आकर्षणमध्ये एक हो ।

निकुञ्जमा पर्यटकलाई गाइड गर्दै आएकी महिला प्रकृति पथप्रदर्शक शान्ति थारूले गाइडिङका क्रममा आफूले आठदेखि १० पटकसम्म बाघ देखेको अनुभव सुनाइन् । उनका अनुसार, चौका अवलोकन पनि पर्यटकका लागि विशेष अनुभव बन्न सक्छ ।

होटल, निकुञ्ज र समुदायलाई जोड्ने पर्यटन रणनीति

नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा पटक–पटक अध्ययन, अवलोकन र छलफल भए पनि अपेक्षाअनुसार पर्यटक आकर्षित गर्न सकिएको छैन । पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसलाई प्रभावकारी रूपमा बजारमा स्थापित गर्न नसकिएको अवस्थामा अब होटल व्यवसायीलाई योजनाको केन्द्रमा राखेर पर्यटन प्रवद्र्धनको रणनीति अघि बढाइएको उनले बताए ।

अध्यक्ष रेग्मीका अनुसार, होटल व्यवसायसँग निकुञ्जको पर्यटनलाई जोड्दै पर्यटकका लागि सहज, आकर्षक र व्यवस्थित प्याकेज निर्माण गर्नु अहिलेको आवश्यकता हो । होटल व्यवसायीको अनुभव, लगानी र व्यावसायिक क्षमताको उपयोग गर्दै निकुञ्जलाई पर्यटकीय बजारमा स्थापित गर्ने प्रयास भइरहेको उनले बताए ।

होमस्टे महासंघ लुम्बिनी प्रदेशका सचिव तथा मिनी गाभरका सञ्चालक बाबुराम चौधरीका अनुसार, बर्दिया र चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको पहिचान र सञ्चालनको अभ्यासलाई पछ्याउँदै बाँके राष्ट्रिय निकुञ्जलाई पनि व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । त्यसका लागि होटल व्यवसायी, होमस्टे सञ्चालक, स्थानीय समुदाय र निकुञ्ज प्रशासनबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

‘प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात, अनुभवी गाइड, निकुञ्ज प्रवेश शुल्क, जिप सफारी तथा स्थानीय परिकारको स्वाद समेटिनेछ,’ व्यवसायीहरुले दैनिक नेपालगन्जसँग भने । यसले पर्यटकलाई एउटै प्याकेजमार्फत सम्पूर्ण सेवा उपलब्ध गराउनुका साथै स्थानीय होमस्टे, समुदाय र होटल व्यवसायलाई समेत प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको व्यवसायीहरुको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जका पाँचवटै सफारी रुट सञ्चालनमा आएसँगै पाटेबाघ, चौका, हात्ती, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा अन्य वन्यजन्तु अवलोकनको सम्भावना थप फराकिलो बनेको छ । अब चुनौती भनेको यी प्राकृतिक सम्पदालाई व्यवस्थित पर्यटन उत्पादनका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पु¥याउनु हो ।

होटल व्यवसायी, पर्यटन बोर्ड, निकुञ्ज प्रशासन, प्रकृति पथप्रदर्शक, स्थानीय होमस्टे र पर्यटन अभियन्ताबीच सहकार्य हुन सके बाँके राष्ट्रिय निकुञ्जलाई पश्चिम नेपालको महत्त्वपूर्ण वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको हानले जनाएको छ । ‘पर्यटकलाई बाँकेसम्म ल्याउने मात्र होइन, यहाँको प्रकृति, संस्कृति र स्थानीय आतिथ्यको अनुभव दिलाउँदै थप दिन बसाल्ने साझा प्रयासले बाँकेको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ,’ शनिवारको सामुहिक अवलोकन भ्रमणपछि पर्यटन व्यवसायीहरुको भनाइ थियो ।

Previous Post

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

November 15, 2026
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

November 15, 2026
पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

November 14, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version