For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खुम्बुको पर्यटन जोगाउने भरियाहरु

byDainik Nepalgunj
March 20, 2024
in News
0 0
0
खुम्बुको पर्यटन जोगाउने भरियाहरु
Share on FacebookShare on Twitter

टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन ।

त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए । विभिन्न देशबाट आएका पर्यटकहरु भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरु भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए । 

विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो । हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथरी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु दुई हजार कमाउन पनि मुस्किल हुन्छ ।

“आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ । त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधारशिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ”, भरिया नवराज विकले भन्नुभयो, “जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ । कठीनाइ थपिँदै जान्छ । तर काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला । तर सधैभरी त्यस्तो हुँदैन । तपाईंहरुले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन ।”

उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उहाँ पर्यटकको भारी बोकेरै घरखर्च चलाउदै आउनुभएको छ । 

तर यही भारी बोक्ने काम पनि वर्षभरी भने पाइँदैन । सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ । पहिलो असोजदेखि मंसिर र दोस्रो फागुनदेखि वैशाख । यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विक जस्ता भरियाहरु काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन् । अनी लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन । उनीहरु सो ‘सिजन’भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन् ।

“श्रीमति र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो । यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु । तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ”, विकले पीडा सुनाउनुभयो ।

विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिनलाग्छ । त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ । यसरी उनीहरुले दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु १८ हजारदेखि रु २० हजारसम्म कमाउँछन् । कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ । खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन ।

विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महङ्गो छ भरियाका लागि त्योभन्दा कम छैन । “भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन । महङ्गो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो”, उहाँले भन्नुभयो, “पर्यटक जसरी महङ्गा होटलमा कहाँ बस्न पाउनु । हामी त भट्टी खोज्दै हिँड्नुपर्छ ।”

विकको जस्तै पीडा उहाँसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाउनुभयो । “ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ । पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन ।”, उहाँले भन्नुभयो, “भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ ।”

उहाँका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको रु पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ । “दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन् । त्यही कहिलेकाँही पाइने टिप्सले दुःख भुलाइदिन्छ”, हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उहाँले भन्नुभयो ।

खुम्बुका लागि भरियाहरु सस्ता ढुवानीकर्ता हुन् । “सवारी गुड्ने सडकको सुविधा छैन । हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महङ्गो हुन्छ”, गोरक्सेपमा भेटिनुभएका भरिया जीवन कुलुङले भन्नुभयो, “ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम रु” खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उहाँले सुनाउनुभयो ।

भरियालाई छैन सम्मान
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ । पर्यटकहरु खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरु हरपल साथमै रहन्छन् । भरियाको अभावमा लुक्लादेखि गह्रौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन । उनीहरु भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन् । कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ । खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् ।

तर भरियाहरुले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ । “हामीहरु दिनभर भारी बोकेर उकालो चढ्दछौँ । रात परेपछि बासको चिन्ताले सताउँछ”, उहाँले भन्नुभयो, “होटलमा बास बस्न मुस्किल हुन्छ । भारी बिसाउने वित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ ।” कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ ।

पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ । “होटल व्यवसायीहरुले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ । त्यो हामीले भोग्दै आएका छौँ । हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ”, उहाँले गुनासो गर्नुभयो ।

‘पोर्टर हाउस’ बन्दै
खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरुसँग प्रतिव्यक्ति रु २५ का दरले शुल्क लिँदै आएको छ । तर भरियाहरुका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरुका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताउनुभयो ।

“भरियाहरुका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ । जहाँ उनीहरुका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ”, उहाँले भन्नुभयो । पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उहाँको भनाइ छ । “गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ । केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

खुम्बुको पर्यटन बचाउन भरियाहरुले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उहाँको भनाइ छ । हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरु प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नु परेको अध्यक्ष शेर्पाले बताउनुभयो । भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दीगो रुपमा समाधान हुने उहाँको विश्वास छ ।

Previous Post

हावाहुरीले नेपालगन्जको जनजीवन प्रभावित

Next Post

पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

Next Post
पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

March 19, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

March 19, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

March 19, 2026
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

March 19, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version