For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

किबीले बजार पाएन

byDainik Nepalgunj
December 19, 2024
in Business
0 0
0
किबीले बजार पाएन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी हुनुहुन्छ त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बन्नुभएको छ ।

“सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ”, उहाँले भन्नुभयो “मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी बिक्री भयो । पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुुन्छ । बजार नपाएर तनावमा परेको छुु”, गत वर्षको तुुलनामा दोब्बर बढी किबी फले पनि बिक्री गर्न समस्या भएको मगरले बताउनुभयो ।

बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सानो बजार र उत्पादन धेरै भएपछि किबी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले बताउनुभयो । “यहाँका उपभोक्ताहरुको किबीमा अझै बानी परिसकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।”

करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम रु एक सय ८० का दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताउनुभयो । भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन् । मङसिर र पुुस महिना किबी टिप्ने याम हो । पुुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुुने चिन्ता कृषकको छ ।

कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबीखेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०÷०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो ।

केन्द्रका प्र्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताउनुभयो । धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताउनुभयो ।

“असी ग्रामसम्म तौल भएको किबीलाई गुुणस्तरीय मानिन्छ । उपभोक्ताले किबीको ठूूला दाना खोज्छन्”, उहाँले भन्नुभयो, “बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो ।” किबीको दानाको आकार ठूूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुुझाव दिनुभयो । उद्योग वाणिज्य सङ्घ र फलफुूल व्यापारीसँग समन्वय गरेर किबीको बजारीकरणमा पहल गरेको उहाँले बताउनुभयो ।

बत्तीस वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए । ब्यवसायिक खेती भएको पछिल्लो एक दशकयता हो । म्याग्दीको मध्य पहाडी क्षेत्रको भूूगोल र हावापानी किबी खेतीका लागि अनुुकूल मानिन्छ ।

स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ ।

भिटामिन सि लगायत पौष्टिकतत्व पाइने किबी चिनी रोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ ।

किबी चिनमा विकास भएको फलफूल हो । न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा रु एक सय छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले म्याग्दीका कृषकलाई किबीखेतीसम्बन्धी तालिम र बिरुवा वितरण गर्दै आएका छन् । अन्य फलफूलभन्दा छिटो र खाद्यबालीको तुलनामा खेती गर्न सजिलो किबीबाट एकै रोपनीमा रु चार लाखसम्म आम्दानी गर्न सकिने कृषकको अनुुभव छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताउनुभयो ।

प्रतिआठ पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटा सम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतिको मुख्य चुनौति हो ।

Previous Post

सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार

Next Post

पर्यटन प्रवर्धनबाट प्रदेशको समृद्धिः मुख्यमन्त्री आचार्य

Next Post
पर्यटन प्रवर्धनबाट प्रदेशको समृद्धिः मुख्यमन्त्री आचार्य

पर्यटन प्रवर्धनबाट प्रदेशको समृद्धिः मुख्यमन्त्री आचार्य

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version