नेपालगन्जस्थित सिनेमाघर, सिनेरोयलको पर्दामुनि मंगलबार लैङिगक पहिचान बारे बहस गरिएको छ ।
अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धि वृत्तचित्र प्रदर्शनपछि दर्शकहरुसंगनै उक्त बहस गरिएको हो ।
नेपालगन्जको सिनेमा हलमा संविधान सभा सदस्य सुनिलबाबु पन्तद्वारा निर्मित ‘अजिमा’ वृत्तचित्र विशेष स्क्रीनिङ भएको हो ।
आयोजकका अनुसार, मातृप्रधान समाजमा त्यो समय पनि यौनिक तथा लैङ्गिक अल्पसख्यक सानदार ढङ्गले स्थापित रहेको देखाउनु वृत्तचित्रको मुख्य उद्देश्य हो ।
वृत्तचित्रमा विशेष गरी पितृसत्तात्मक व्यवस्थामा महिलाहरू र यौनिक तथा लैङ्गिक अल्पसख्यकहरूको यौनिकतालाई दबाउन खोजिएको देखाइएको छ ।
वृतचित्र प्रदर्शन पछि मातृसत्ता र लैङ्गिकताका बारेमा प्यानल डिस्कसन गरिएको हो ।
पत्रकार रुपा गहतराजले सहजिकरण गरेको बहसमा वृत्तचित्र निर्माता सुनिलबाबु पन्त, प्राध्यापक सावित्रा बस्नेत, अधिकारकर्मि मैमुना सिद्विकी तथा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य स्रोतव्यक्तिका रूपमा सहभागी थिए ।
वृतचित्रले
मातृसत्तामा तेस्रो लिङ्गीको पहिचान थियो। लिङ्ग भनेको ब्यत्तिगत कुरा पनि थिएन। हामी तेस्रो लिङ्गी भनेको अप्राकृतिक हो भन्ने भाष्यमा आएका रहेछौ भन्न खोजेको छ ।
अब यो भाष्यलाई परिवर्तन गरेर अगाडि लैजान यो बृत्तचित्र ठुलो सांस्कृतिक लडाई हो। यो सम्भव छ ।छलफलमा प्राध्यापक बस्नेतले भनिन् ।
वृत्तचित्र प्रदर्शनसंगै भएको बहसमा निर्माता, निर्देशक पन्तले नेपालको सांस्कृतिक र लैङ्गिक विविधता बारे महिन कुरा राखेका थिए ।
‘वृत्तचित्र प्रदर्शनपछिको छलफल धेरै आकर्षक र सशक्त थियो’–पन्तले दैनिक नेपालगन्जसंग भने ।
स्क्रिनिङलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन एसडीसी र युरोपियन युनियनले सहयोग गरेको पन्तले जानकारी दिए । वृत्तचित्रमा ‘मातृसत्तात्मक ढाचाभित्र, छ वटा लिङ्गहरूको मान्यता हुन्छ,जसले मानव विविधताको समावेशी बुझाइ प्रदान गर्दछ,’ भनिएको छ ।
पितृसत्तात्मक समाजमा बाचेका,हामीहरु मातृप्रधान समाजको अवस्था हेरयौ वृत्तचित्रले नबुझेको, नसोचिएको इतिहास अगाडि ल्याएको छ। वृत्तचित्र हेरेपछि मलाइ यस्तै अनुभव भयो । अधिकारकर्मी मैमुना अन्सारी भनिन् ।
छलफलमा सहभागी वरिष्ठ पत्रकार कर्मचार्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मान्यता मातृप्रधानता समाजमा सानदार ढङ्गले स्थापित थियो भनेर देखाउनु यो वृत्तचित्रको मूल चिज रहेको औंल्याए । र त्यो कुरा सत्य हो। र समाजले त्यो सत्यलाई महसुस गराउन यो बृत्तचित्र सफल छ, उनले भने ।
पन्तका अनुसार, यो वृत्तचित्र काठमाडौ सहित पोखरा, हेटौडा, धनगढी हुँदै नेपालगन्जमा विशेष स्क्रीनिङ भएको हो ।
वृत्तचित्र आज बुधवार सुर्खेतमा प्रदर्शन हुनेछ ।