यामाहा कम्पनीले उत्पादन गर्ने स्कुटरको फ्युल माइलेज च्यालेन्ज प्रतियोगिता आयोजना गरेको छ । नेपालगन्जदेखि गाभरका लागि यसै शनिबार आयोजना गरेको ‘यामाहा माइलेज च्यालेन्ज’मा सहभागी ३५ जना प्रतिस्पर्धी मध्ये प्रतियोगिताकै अधिकतम माइलेजका रूपमा ८८.५० प्रतिलिटर उच्चतम माइलेज लिन सफल कोहलपुरकी रूपा कुमारी खत्री प्रथम भएकी छिन् ।
त्यस्तै, ८६.४२ किलोमिटर प्रतिलिटरको माइलेज लिएर बैजथान–१ का राइडर राजु शाही द्वितीय र ८३.५० किलोमिटर प्रतिलिटरको माइलेज लिन सफल नेपालगन्ज–१२ का विष्णु केसी तेस्रो स्थान हाँसिल गर्न सफल भएको एमएडब्लु प्रा.लि.का नेपालगन्जका प्रबन्धक सुदीप भट्टराईले जानकारी दिए ।
नेपालगन्ज–२ कारकाँदो चोक स्थित एमएडब्लु नेपालगन्ज प्रा.लि.को यामाहा शोरुमबाट सुरु भएको र्याली सहितको प्रतियोगिता कोहलपुर हुँदै २३ किलोमिटर पर गाभर होमस्टेसम्म पुगेको थियो । यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लुले रे–जेड आर १२५ एफआई हाइब्रिड स्कुटरको माइलेज च्यालेन्ज तथा राइड आउट कार्यक्रम अन्तर्गत उक्त माइलेज च्यालेन्स प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सफल हुनेलाई उचित पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको एमएडब्लु नेपालगन्जका प्रा.लि. नेपालगन्जका प्रबन्धक भट्टराईले जानकारी दिए ।
कम्पनीले रे–जेडआर १२५ एफआई हाइब्रिड स्कुटरको माइलेज ५८ किलोमिटर भन्दा माथि प्रतिलिटर दाबी गरेकोमा ग्राहकले चलाएरै प्रमाणित गर्न च्यालेन्जको आयोजना गरिएको जानकारी दिंदै आधिकारिक बिक्रेता एमएडब्लु प्रा.लि. नेपालगन्जका प्रबन्धक भट्टराईले भने, ‘८८.५० किलोमिटर प्रतिलिटरको माइलेज प्राप्त गरेर कम्पनीको दाबी प्रमाणित भएको छ ।’
उनले इन्धनको मूल्य वृद्धि भैरहेको अवस्थामा प्रतिलिटर यति ठूलो माइलेज दिने स्कुटरले उपभोक्तालाई निकै राहत दिने विश्वास व्यक्त गरे ।