छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ दिई मनाइएको छ । निराहर व्रत बसेकाले बागेश्वरी मन्दिरमा रहेको पार्कमा पुजाआजा गर्दै तलाउमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । आज शुक्रबार विहान उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ समापन हुनेछ ।
विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ । उनीहरुले मेची नदीमा पूजा गरी प्रसादका रुपमा बिहीबार बासका सामग्रीको अर्घ दिइ केरा, ठेकुवा, स्याउ, भसुवा, उखुलगायत परिकार चढाएका थिए ।
बाँकेमा तराई मधेसी बाहेक अन्य समुदायका महिलाले छठ पर्व धुमधामका साथ मनाउन थालेका छन् । छठ पर्वको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिइएको थियो ।