For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

गहुँ छर्ने बेला छैन मल

byDainik Nepalgunj
November 11, 2024
in News, मुख्य समाचार
0 0
0
गहुँ छर्ने बेला छैन मल
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि मल र बिउ समयमा उपलब्ध गराउन सकेका छैनन् । कृषिका लागि तीन तहकै सरकारले योजना बनाउँछन् । तर, कुनै पनि बर्ष किसानले चाहेको समयमा खेतीका लागि रासायनिक मल पर्याप्त पाउन सकेका छैनन् । मल बाँकेमा उपलब्ध नहुने होइन । तर, आवश्यकताका बेला आवश्यक परेको मल किसानले विगतदेखि नै चाहे अनुसार पाउन सकेका छैनन् । यस बर्ष पनि त्यो दोहोरिने निश्चित जस्तै भएको छ ।

अब बाँकेका किसानहरू गहुँ खेतीमा लाग्ने बेला भएको छ । त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल डिएपी हो । तर, जिल्लामा अनुदानको मल बिक्री गर्ने दुई वटा कार्यालयमा डिएपी मलको स्टक प्रायः शुन्यमा पुगिसकेको छ ।

सरकारले अनुदानको ७० प्रतिशत रासायनिक मलको बिक्रीको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत अनुदानको मल बिक्रीको जिम्मा साल्ट टे«डिङ्गलाई दिएको छ । साल्ट टे«डिङ्गमा रासायनिक मलको स्टक शुन्य छ । त्यस्तै कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जमा डिएपी मलको स्टक २३४.०५ मेट्रिक टन रहेकोमा कृषकको माग बढेकाले स्थानीय तह अन्तर्गत दामासाही वितरण गरिरहेको शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले जानकारी दिए । ‘पछि आउने कोटामा कट्टा हुने गरी मौज्दात मल बिक्री गरेका छौं’, उनले भने, ‘अहिले डिएपीको माग अध्याधिक छ, तर माग अनुसार आपूर्ति गर्न सकेका छैनौं ।’

कम्पनीका शाखा प्रबन्धक श्रेष्ठले अब डिएपीको स्टक शुन्य हुने बताए । ‘माग अनुसार दिनसक्ने गरी मल प्राप्त नहुँदा समस्या भएको हो’, उनले भने, ‘मलको मागबारे माथिल्लो निकायमा जानकारी गराएको छु, तर डिएपी मल आउन अझै समय लाग्ने जानकारी आएको छ ।’

कृषि सामाग्री कम्पनी लिमिटेडमा शनिबारसम्म १ हजार ३ सय ८९.१०० मे. टन यूरिया, २ सय ३४.०५ मे. टन डिएपी र २७.८०० मे. टन पोटास रहेको थियो ।

डिएपी मल बढी आवश्यक पर्दा यूरिया र यूरिया आवश्यक पर्दा डिएपी मल पाइने गरेको गुनासो छ । कृषि सामाग्री कम्पनी लिमिटेडमा अहिले यूरिया भने माग धान्ने मौज्दात रहेको पाइन्छ ।

चालु आर्थिक बर्षका लागि कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जले यूरिया ६ हजार मेट्रिक टन, डिएपी २ हजार ५ सय मेट्रिक टन र पोटास ३ सय मेट्रिक टन बिक्रीको लक्ष्य राखेको छ । तर, अघिल्लो आर्थिक बर्षमा पनि सोही हाराहारीमा लक्ष्य निर्धारण भएपनि माग अनुसार मल आएको र बिक्री नभएको तथ्यांकले देखाउँछ ।

कृषि सामाग्री कम्पनी लिमिटेडबाट अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा २ हजार ७ सय ५६.१०० मेट्रिक टन यूरिया, १ हजार ८ सय १.७०० मेट्रिक टन डिएपी र १ सय १९.८०० मेट्रिक टन पोटास बिक्री भएको थियो । चालु आ.व.को कार्तिक २५ सम्म २ हजार ७ सय २६.३०० मेट्रिक टन यूरिया, ६ सय ४५.४ मेट्रिक टन डिएपी र ५०.४०० मेट्रिक टन पोटासा बिक्री गरेको शाखा प्रबन्धक श्रेष्ठले बताए ।

साल्ट टे«डिङ्ग र कृषि सामाग्री कम्पनीबाट सोझै किसानको हातमा रासायनिक मल पर्दैन । प्रदेशबाट पालिका अनुसार छुट्टिएर आएको रासायनिक मल स्थानीय तहको सिफारिसमा किसानसम्म पुर्याउन साल्ट टे«डिङ्ग र कृषि सामाग्री कम्पनीबाट सहकारीले खरिद गरी बिक्री गर्दछन् । त्यसका लागि कृषि सामाग्री कम्पनीमा बाँकेका आठ स्थानीय तहका १ सय २५ सहकारी चालु आ.व.का लागि नविकरण भएका छन् भने साल्ट टे«डिङ्ग कम्पनीमा बाँकेका ८१ र बर्दियाका १ सय २३ सहकारी सूचिकृत छन् ।

साल्ट टे«डिङ्ग कर्पोरेशन नेपालगन्जका लेखा अधिकृत धु्रवमान श्रेष्ठले आफुकहाँ आउने मल कोटा छुट्याएर आउने भएकाले स्टक नरहने बताउँछन् । ‘मल हामी कहाँ आउने बित्तिकै हामीले सम्बन्धित स्थानीय तहमा जानकारी दिन्छौं, सहकारीले सिफारिस लिएर आई लैजान्छन्’, उनी भन्छन् । बाँके र बर्दियामा रासायनिक मल वितरण गर्दै आएको साल्ट टे«डिङले चालु आ.व.मा बाँकेमा मात्रै ५० केजीको १० हजार ९ सय ६८ बोरा यूरिया, ३ हजार २ सय ८१ बोरा डिएपी बिक्री गरेको छ । अघिल्लो आ.व.मा साल्ट टे«डिङ्गले २ हजार ५ सय ७९ मे. टन यूरिया, १ हजार ९ सय ५२.९० मे. टन डिएपी र १ सय ५५.३५ पोटास बिक्री गरेको थियो ।

सहकारीहरूले किसानको माग अनुसार मल दिन नपाउँदा आफुहरूले पनि तनाव झेल्नु परेको बताउँदै आएका छन् । ‘५० बोरा होस् वा ५ सय बोरा ढुवानी भाडा एउटै हुने भएकाले लागत समेत बढ्छ’, एक सहकारीका सदस्यले भने ।

सीमावर्ती क्षेत्रका किसानले आफ्नो देशमा मल नपाएपछि भारत जाने गरेका छन्, अवैध रूपमै भएपनि खरिद गरेर ल्याउन । भारतबाट आउने मलको गुणस्तर कम्पनी पिच्छे फरक हुन्छ । त्यसको असर उत्पादनमा पर्छ । भारतबाट मल ल्याउन पनि किसानलाई सहज छैन । एक÷दुई बोरा मल ल्याउने किसान प्रहरी फन्दामा पर्ने गरेका छन् । बिना भन्सार मल बिउ नेपाल ल्याउन पाइँदैन । तर, पनि सीमावर्ती क्षेत्रका किसानले सस्तो र उपलब्धताको अभावमा भारतबाट तस्करी गरी ल्याउने गरेको छन् । नेपालमा उपलब्धताको अभावमा व्यवसायीहरूले समेत तस्करी गरी मल, बीउ क्यारिङ्ग मार्फत भित्र्याउने गरेका छन् ।

Previous Post

अखाद्य सामान नष्ट

Next Post

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

Next Post
निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version