बाँकेमा क्रियाशिल नाइस नेपालगन्जले सामाजिक सद्भाव कायम गर्ने उद्धेश्य सहित कार्य सञ्चालन गरेको जनाएको छ ।
नाइसका अध्यक्ष हेमराज भट्टका अनुसार, नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकालाई कार्य क्षेत्र बनाई नाइस नेपालगन्जले सामाजिक सद्भाव कार्यक्रम सञ्चालन गरेको हो ।
‘नाइसले कार्यक्रम अन्तरगत धार्मिक तथा जातिय द्वन्द्व न्यूनीकरणका लागि समन्वयात्मक भूमिका निर्वाह गर्नेछ,’ त्यसका लागि फरक धर्म तथा जातजातिबीचको सम्बन्ध सुदृढीकरणका लागि कार्य गर्ने र परम्परागत हानिकारक अभ्यासहरु बारे समुदाय सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।
युएसएआइडी÷द एसिया फाउण्डेसनद्वारा सञ्चालित नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइसले सामाजिक सद्भावकालागि सँगै कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम अन्तरगत पहिलो चरणमा कार्यक्रम सञ्चालित नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि, सम्बन्धित शाखा प्रमुख र सरोकारवालाहरुको सहभागितामा परियोजना परिचयात्मक बैठक सम्पन्न गरिसकेको छ ।
जसमा सहभागी जनप्रतिनिधिहरुले अन्य कार्यक्रमका लागि थुप्रै परियोजना सञ्चालन गरिएको भएपनि नाइसले सञ्चालन गरेको सामाजिक सद्भाव कार्यक्रम बाँकेका लागि आवश्यक रहेको बताएका थिए । बैठकमा सहभागी सरोकारवालाहरुले सामाजिक सद्भावका लागि बाँकेमा निरन्तर कार्य भइरहनुपर्नेमा जोड दिएका थिए ।
सरोकारवालाको बैठक पश्चात नाइसले नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा धार्मिक सद्भावका लागि युवाहरुसँग छलफल गरेको छ ।
यसैबीच सोमवार नेपालगन्ज उपमहानगरपालिका स्तरीय युवाहरुसँग छलफल तथा धार्मिक सद्भाव समिति गठन गरिएको छ । नाइसका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सद्भाव परियोजनाको परिचय तथा धार्मिक सद्भाव समितिले गर्ने कार्यहरुको बिषयमा नाइसका परियोजना प्रबन्धक जोशिना थारुले प्रस्तुतिकरण गरेका थिए ।
छलफल पश्चात ओमप्रकाश चौहान, बन्दना सोनी, सालिया हास्मी, सुनिल परियार, श्रीराम पाल, प्रदिन कश्यप, अन्जना चतुर्वेदी, पवनराज उपाध्याय, सपना परियार, टेकराज जैसी, अजय तामाङ्ग र नितु प्रजापति सहितको नेपालगन्ज नगर स्तरीय धार्मिक सद्भाव समिति पठन गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका २३ वटै वडाका ३५ जना युवाहरुको सहभागिता रहेको कार्यक्रमको उद्देश्य माथि प्रकाश नाइसका सचिव कमल शाहीले गरेका थिए भने कार्यक्रमको सहजिकरण नाइसका सहजकर्ता तपेन्द्र मलातीेले गरेका थिए । नाइसका अनुसार, यस अघि नै नरैनापुर गाउँपालिका स्तरीय समिति गठन भइसकेको छ ।