घोराही सिमेन्ट इन्डष्ट्री, नेपालले बजारमा ल्याएको नयाँ उत्पादन ‘ढलाइ मिक्स पी.पी.सी सिमेन्ट’ किफायति रहेको जानकारी दिएको छ । घोराही सिमेन्टले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उत्पादन सानादेखि ठूलो निर्माण कार्यमा निकै किफायति र गुणस्तरको हिसाबले पनि भरपर्दो रहेको बताएको हो ।
‘ढलाइ मिक्स पी.पी.सी सिमेन्ट’ गहिरो अनुसन्धानको परिणाम हो, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ,’ घोराही सिमेन्टका सेल्स हेड आदित्य सर्राफले भने, ‘घर निर्माणकर्तालाई ओ.पी.सी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएका छौं ।’
‘ढलाइ मिक्सले प्रारम्भिक मजबुती, उच्च टिकाउपन, र छिटो सेट हुने गुण प्रदान गर्छ, जसले घरका बिम, स्ल्याब, जग, र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ’, पत्रकार सम्मेलनमा जारी प्रेस नोटमा उल्लेख छ, ‘घर निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास निर्माणकर्तामा दिलाउँछौं ।’