बाँकेको विकट र विकाकाउन्मुख पालिकाको रुपमा रहेको
नरैनापुर गाउँपालिकाको लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गर्दै त्यहाँको समस्या ग्रहण गरेको छन् ।
नरैनापुरको समग्र विकास र समृद्धिका लागि आयोजित नरैनापुर विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुरबासीले राखेका समस्याको समाधानको लागि बजेट बन्नु अगाडि नै महत्त्व र प्राथमिकता दिने विषयमा छलफल गर्ने र अगाडि बढाउने प्रतिबद्धता जनाए ।
उनले राप्ती नदिले गरेको कटान रोक्न जनता तटबन्धमार्फत काम अगाडि बढाउने र सिचाँईको लागि सिक्टा नहरको काम तीव्ररूपमा अगाडि बढाउने बताए ।
मूख्यमन्त्री आचार्यले जनताको जीवनस्तर अगाडि बढाउन र पछाडि परेको क्षेत्र तथा समुदायको विकास योजनाबद्ध भएर प्रदेश सरकार लाग्ने धारणा राखे ।
विगतको तुलनामा नरैनापुर क्रमशः मुहार फेर्न एमालेकै सांसद दिनेशचन्द्र यादवको पालाबाट शुरु भएकोले अब थप विकास र उहाँको सपनाहरू पूरा गर्न लाग्ने मूख्यमन्त्री आचार्यले प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकाल
माननीय हुँदा मात्र नभइ जीवनभर नरैनापुरको विकासमा लाग्ने बताउँदै स्वर्गीय सांसद दिनेश चन्द्र यादवले बोकेका सपना पूरा गर्ने अठोट व्यक्त गरे ।
कार्यक्रम संघीय सांसद दीपा शर्मा, एमाले केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई, पशुपति दयाल मिश्रलगायत नरैनापुरको समग्र विकासको लागि गुरुयोजना बनाएर अगाडि बढनु पर्ने बताए ।