नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छिन् । यद्यपि त्यसको आधिकारिक घोषणा निर्वाचन समितिले गरिसकेको छैन ।
विभिन्न जिल्लाको मत परिणाम अनुसार, शर्मा एक हजारभन्दा बढी मतले विजयी हुँदैछन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । शर्मा प्रेस चौतारीमा आबद्ध छिन् ।
केन्द्रीय निर्वाचन समितिले आज दिउँसोसम्म मतपरिणाम सार्वजनिक गर्ने बताइएको छ ।