नेपालगन्ज नेपालगन्ज वाणिज्य संघले आगामी माघ ७ र ८ गते रोजगार मेला लगाउने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजना र बांकेका सबै स्थानिय तहको सहयोग र आर्थिक साझेदारीमा नेपालगन्जमा रोजगार मेला लगाउन लागिएको संघका महासचिव भीम बहादुर रानाभाटले जानकारी दिएका छन् ।
नेपालगन्ज उधोग वाणिज्य संघको मुख्य आयोजनामा प्रादेशिक महोत्सव २०८१ सडक डिभिजन परिसर कारकाँदोमा २०८१ माघ १० गतेदेखि २२ गतेसम्म आयोजना हुदैछ । सोही स्थानमा संघले रोजगार मेला लगाउन लागेको हो ।