For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

१७ हजार बढी मुस्लिम बालबालिका विद्यालय बाहिरै

byDainik Nepalgunj
December 31, 2024
in Blog
0 0
0
१७ हजार बढी मुस्लिम बालबालिका विद्यालय बाहिरै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मुस्लिम बालबालिकाहरू ठूलो संख्यामा विद्यालय बाहिर रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । मुस्लिम आयोगले सोमबार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा ठूलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाहरूको भूमिका आवश्यक रहेका औंल्याइएको थियो ।

कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै साजिद अलि सिद्दिकीले बाँकेमा कुल जनसंख्या मध्ये १६ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको बताए । उनले बाँकेमा ४० हजार ५ सय ३४ जना मुस्लिम बालबालिका मात्रै स्कुल जाने गरेको उल्लेख गर्दै १७ हजार ३ सय ७२ जना विद्यालय शिक्षाबाट वञ्चित रहेको बताए ।

‘बालिकालाई ५–७ कक्षा पछि विद्यालय नै पठाइँदैन, जसले गर्दा मुस्लिम किशोरीहरूको शिक्षाको अधिकार सुनिश्चित हुन सकेको छैन’, सिद्दिकीले भने ।

बर्दियामा पनि विद्यालय जान बञ्चित मुस्लिम समुदायका बालबालिकाको संख्या ठूलो रहेको सिद्दिकीले बताएका थिए । बर्दियामा मुस्लिम समुदायमा ७ हजार १ सय ७४ बालबालिका मध्ये ४ हजार ३ सय ४ जना मात्रै विद्यालय जाने गरेको उनले बताए । ‘विद्यालय बाहिर रहेका २ हजार ८ सय ७० जना शिक्षाबाट बञ्चित छन्’, उनले भने ।

समुदायको उत्थान र विकासका लागि भूमिका निर्वाह गर्न आग्रह

मुस्लिम समुदायका अगुवा तथा धर्मगुरु, शिक्षक, मदरसा सञ्चालकलाई समुदायको उत्थान र विकासका लागि भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । मुस्लिम आयोगको आयोजना तथा प्लान ईन्टरनेश्नल तथा बाँके युनेस्को क्लबको सहकार्यमा सोमबार नेपालगन्जमा भएको अभिमूखिकरणमा ‘मुस्लिम बालबालिका तथा युवाहरूको उत्थानका लागि इमामहरूको भूमिका’का विषयमा सरोकार भएकाले सो आग्रह गरेका हुन् ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाहरूको शैक्षिक अभिवृद्विका लागि रु.५ करोड बराबरको बजेट भित्राएको उल्लेख गर्दै आगामी दिनमा पनि मुस्लिम समुदाय तथा यसभित्रका बालबालिका तथा युवा वर्गका लागि नीतिगत सुधार तथा कानुन निर्माणमा जोड दिने बताए । ‘मुस्लिम समुदाय र बालबालिका तथा युवा वर्गका लागि म संधै अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिवद्वता जनाउँछु’, उनले भने । मन्त्री अग्रवालले समग्र समुदायको उत्थानका लागि नीतिगत सुधार र कानुन निर्माणमा जोड दिने बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै इमामको काम नमाज पढाउने मात्रै नभई समयानुकुल मुस्लिम समुदायलाई अगाडि बढाउन विभिन्न सचेतनामूलक प्रवचन दिनुपर्ने पनि भएको बताए । उनले मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकोमा जोड दिदै आयोगले सरकारलाई प्रश्न गरेको जानकारी दिए ।

प्लान इन्टरनेशनल नेपालका नीति तथा पैरवी म्यानेजर इरसाद अन्सारीले महिला, युवा तथा बालबालिका क्षेत्रमा प्लानले पछिल्लो ४५ बर्षदेखि नेपालमा रहेर काम गरिरहेको जानकारी दिंदै मुस्लिम महिला, युवा तथा बालबालिकाको हितमा धर्मगुरुहरूलाई जागरुक गराउन यसखालको कार्यक्रम गरिएको बताए । ‘उहाँहरूले बर्षौैदेखि धार्मिक रूपमा समाजलाई दिशानिर्देश गरिरहनु भएको छ’, बाँके, बर्दिया र सुर्खेतका ६० बढी मस्जिद तथा मदरसाका इमामहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरू समय अनुसार महिला, युवा तथा बालबालिकाहरूलाई शिक्षा, दीक्षाका लागि दिशा निर्देश गरिदिनुस् ।’

अन्सारीले धर्मगुरुहरूको समाजमा निकै प्रभाव रहेकाले युवा तथा बालबालिकालाई कुलतबाट जोगाउन र शैक्षिक मूल प्रवाहीकरण गर्नमा यसखालको कार्यक्रमले योगदान दिने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य मिर्जा अरसद वेगले आयोगले समाजलाई जोड्नका लागि इमामहरूको भूमिका प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।

राष्ट्रिय किशोरी सञ्जालकी सहसचिव रहमत जहा खानले मुस्लिम छोरीहरूलाई पढाउन आवश्यक रहेको बताइन् । ‘धेरै छोरीहरू पढ्न चाहन्छन्, अभिभावकहरू पढाउन चाहँदैनन्, अभिभावकहरूलाई इमामहरूले सहजीकरण गरिदिनुप¥यो’, उनले भनिन् ।

अर्का यूवा साहिल अन्सारीले मुस्लिम युवा तथा बालबालिकाहरूको संविधानमा अधिकार लेखेर मात्र भएन त्यसको प्रभावकारी कार्यान्वयन भए नभएको निगरानि आयोगले गनुपर्ने बताए । ‘मुस्लिम समुदायका युवाहरू अहिलेपनि उच्च शिक्षा पढ्दैनन्, घर चलाउनका लागि पढाई छाड्न बाध्य छन्’, उनले भने । मुस्लिम युवाहरूलाई ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याउन जरुरी रहेको समेत अन्सारीको भनाइ छ ।

नागरिक अगुवा बद्रे आलम खाले कतिपय अवस्थामा धर्म गुरुहरूको लाइसेन्स खारेज गर्ने काम भइरहेको भन्दै त्यसमा पनि आयोगको निगरानी जरुरी रहेको बताए । ‘इमामको काम मस्जीदमा प्रार्थना गर्ने मात्र होइन सामाजिक शिक्षा, आर्थिक क्षेत्रमा आफनो आवाज राख्नु पनि हो’, उनले भने ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले मुस्लिम धर्ममा शिक्षा ग्रहणका लागि चीनसम्म जान सकिने कुरा उल्लेख गरेपनि धर्मका प्रचारकहरूले यसलाई समुदाय स्तरमा बुझाउन नसकेकाले अहिलेको परिस्थिति सिर्जना भएको बताए ।

कार्यक्रममा साजिद अलि सिद्विकीले मुस्लिम युवा तथा बालबालिकाबारे प्रस्तुति गरे भने उवेदुर रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामहरूको भूमिकाका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रममा बाँके ,बर्दिया, सुर्खेत र कैलालीबाट करिब ६० जनाको सहभागिता रहेको थियो ।

Previous Post

प्रतिष्ठानमा गोपालको नेतृत्व

Next Post

शिक्षण अस्पताल अब ‘सञ्जीवनी’

Next Post
शिक्षण अस्पताल अब ‘सञ्जीवनी’

शिक्षण अस्पताल अब ‘सञ्जीवनी’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version