For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपाल राष्ट्रको नागरिक हुनुको गर्व गर्ने आधार हुन् बडामहाराज पृथ्बीनारायण शाह

byDainik Nepalgunj
January 10, 2025
in विचार
0 0
0
नेपाल राष्ट्रको नागरिक हुनुको गर्व गर्ने आधार हुन् बडामहाराज पृथ्बीनारायण शाह
Share on FacebookShare on Twitter

भोलि पुस २७ गते । बडामहाराजधिराज पृथ्बीनारायण शाहको ३०३ औं जन्म जयन्ती । नेपाली जनताले र सिँङ्गो नेपाल राष्ट्रले वहाँप्रति कृतज्ञता ज्ञापन गर्दै श्रदासुमन अर्पण गर्ने दिन । वहाँको योगदान कै कारण नेपाल यो राष्ट्रको भूगोल, नेपालको मौलिक सँस्कृति, उपत्यकाको सँस्कृतिको निरन्तरता रहेको । खण्ड खण्डमा रहेको भूगोल जुनसुकै बेला तत्कालिन अँग्रेजहरूको कब्जामा जान सक्थ्यो त्यसबाट नेपालको भूगोल बचाएर नेपाल एकिकरण गरेका महान पुरुषको यो भूमिमा जन्म भएको दिनलाई सम्झेर वहाँलाई यो राष्ट्रले कृतज्ञता अर्पण गर्नुपर्ने, राष्ट्रिय दिवस मनाउनुपर्ने, नेपाल राष्ट्रको नागरिक भएकोमा गर्व गर्दै वहाँको तस्वीर नेपालको नोटमा नै अँकित गर्नुपर्ने, बिभिन्न राष्ट्रिय सम्मानहरू दिनुपर्ने दिन हो भालि ।

संसारका हरेक सँस्कृतिमा त्यहाँको समुदायले आफ्नो राष्ट्रको लागि सक्षम राष्ट्रनायकको कल्पना गरेका हुन्छन् । त्यस्ता सक्षम राष्ट्रनायकलाई राष्ट्रको आर्दश मानेका पनि छन् । उनीहरूको सम्झनामा राष्ट्रिय दिवस, राष्ट्रको सर्वोच्व सम्मानको व्यवस्था गरेका छन् । आफ्नो मुद्रामा उनको तस्वीर अंकित गरेका छन् । बिभिन्न पदक, विश्वविद्यालय, समाधिस्थल बनाएका छन् । विमानस्थल देखि महत्पूर्ण अनुसन्धान केन्द्र खोलेर नामारकरण गरेका छन् ।

जर्मनी एकीकरणकर्ता बिस्मार्क, अमेरिकी राजनेता जर्ज वासिङ्टन र अब्राहम लिंकन, जोन अफ केनडी, केन्याका राजनेता जोमो केन्यात, भारतका मोहनचन्द करमचन्द गान्धी, चीनलाई एकीकरण गर्ने सम्राट ह्वाङ्ती, आधुनिक चीनका निर्माता देङ सेयाओ पिङ, अफ्रिकन नेता नेल्सन मण्डेला आदि । यी तत्तत देशका राष्ट्रनायकको रूपमा सम्मानित रहेका छन् । राष्ट्रको लागि बिशेष योगदान गरेका, राष्ट्र बनाएका, एकीकरण गरेकाहरू सम्मानित हुनुपर्छ । यस बिषयमा नेपाल अपवाद हुन सक्दैन । नेपाल भन्ने देशको आज कुनै भौगोलिक अस्तित्व रहेको छ, नेपाली राष्ट्रियताको पहिचान रहन सकेको छ, नेपाली सँस्कृति कतै जिउँदो छ भने त्यो नेपाल एकिकरणकर्ता बडामहाराज पृथ्बीनारायण शाह कै नेतृत्व कै कारणले हो । यो ऐतिहासिक तथ्यलाई कुनैपनि वाद र यसका अनुयायिहरूले मिथ्या बनाउनै सक्दैनन् । यसैले बडामहाराज पृथ्बीनाराण शाह नेपालका एकमात्र राष्ट्रनायक हुन । उनलाई नेपाल राष्ट्रले सम्मान नगर्नू उनीप्रति कृतज्ञता व्यक्त नगर्नू भनेको सरासर बैमानी हो । एक प्रकारले नेपाल राष्ट्रको अस्तित्व स्वीकार नगर्नू नै हो । आफुलाई नेपाली नागरिकसम्म भएको मान्न नसक्नु हो ।

नेपाल राष्ट्रनिर्माणको चरणपछि यसको भौगोलिक अखण्डताको रक्षा, सार्वभौमिकताको रक्षाको मुख्य भूमिका निर्वाह गर्ने राजा महेन्द्र पनि यो देशका अर्का राष्ट्रनायक नै हुन् । तत्कालीन अवस्थामा विदेशीको चलखेलको लागि सहजता बनाएको दलीय व्यवस्थाको सरकारको अर्कमण्र्यतालाई निस्तेज पारेका राजा महेन्द्रलाई देश र जनता विरोधी बनाउने भाष्य निर्माण गर्ने विदेशी विशेष गरेर भारतीय विस्तारवादको योजना थियो र यो योजनामा नेपालका तत्कालीन दलीय नेताहरू नराम्रोसँग फँसेका थिए । जसको भाष्यलाई “राजा महेन्द्र नेपाली जनता विरोधी थिए ” भन्ने कुनैपनि कोणबाट प्रमाणित गर्न सकिन्न । भारतीय योजनामा चल्नेहरूले पढाएको र रटाएको पाठले नेपाल राष्ट्रको गरिमा बचाउने राष्ट्र नायकहरूको इतिहास मिथ्या हुन सक्दैन । यस्तै मिथ्या भाष्य बडामहाराज पृथ्बीनारायण शाहका बिरुद्ध अँग्रेजहरूले बनाएका थिए । नेवार सँस्कृति मास्न र गुठी मासेर चर्च बनाउन काठमाण्डौ छिरेका इसाइ धर्म प्रचारकहरू प्रति पृथ्बीनारायण शाहको कठोरताका कारण उनी बिरुद्ध बनाइएको गलत भाष्यलाई नेपाल राष्ट्रको हितमा भएको भन्नै मिल्दैन ।

आज नेपाल राजनीतिक, कुटनीतिक, आर्थिक, साँस्कृतिक हिसाबले नै इतिहास कै सबैभन्दा कमजोर अवस्थामा छ । यो वर्तमान विकृति र दुरावस्था न त बडामहाराज पृथ्बीनारायण शाहले ल्याएको हो न राजा महेन्द्रले नै ल्याएको हो । यो अवस्थाका जिम्मेवार भनेका २०१७ सालयता राजा महेन्द्रलाई गाली गरेर आफ्नो राजनीतिको दोकान चलाउनेहरू मात्रै हुन् । २०३६ सालयता राजा विरेन्द्रलाई गाली गरेर गरिखाएकाहरू हुन् । २०५२ साल यता बडामहाराज पृथ्बीनारायण शाह र उनका वंशजलाई गाली गरेर नेपालसँग कुनै साइनो नभएका र नेपाल र नेपालीत्वको लागि इतिहासको कालखण्डमा कुनैपनि योगदान नगरेका र गर्नै नसक्ने विदेशीहरूको भजन गाउने जमातका प्यादाहरू हुन् । आफ्नो देशको मुल कुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतालाई हेलोहोंचो गरेर कथित बुद्धिजिवी र क्रान्तिकारी प्रगतिशील कहलिएकाहरू हुन् । यस्तैका कारण नेपालको आज यो दूर्दशा भएको हो भन्न लजाउनु, हिच्किचाउनुपर्ने कुनै कारण छैन ।

एउटा स्वतन्त्र राष्ट्रको लागि आवश्यक नीतिको मार्गचित्र बडामहाराज पृथ्बीनारायण शाहले दुई सय त्रिसठ्ठी बर्ष पहिला नै दिनु भएको हो । वहाँमा त्यो ज्ञान कुनै राजगद्दी, राजमहल र ऐयाशीको जीवन बाँचेर, अनेकौं अरूले लेखिदिएका थोत्रा ठेली पढेर आएको ज्ञान होइन । देश बुझेर, देशको माटो सुँघेर, देशका कुना कुना घुमेर, गाउँघरका ढोका ढोका पुगेर, अनेकौं बुढापूर्खाको अर्ति उपदेश सुनेर, कहिले आन्तरिक दुश्मन त कहिले बाह््य दुश्मन अँग्रेजसँगको युद्धको मैदानमा डटेर अनुभवबाट सिकेर पाएको शिक्षा हो । वहाँले कसैका गोठका खसीबाख्रा चोरेर, कसैको खेतमा झण्डा गाडेर वा विदेशीको कलो खाएर आफ्नैलाई गाली गरेर सिकेको ज्ञान होइन । कसैले पदवी भिराइदिएर पलाएको ज्ञान पनि होइन । वहाँले देशको लागि अकाट्य र अपरिहार्य नीतिको तर्जूमा गर्न खासखास उपदेश दिनु भएको हो । वहाँका ती उपदेशहरू आज पनि संसारका अनेकौं शक्तिराष्ट्रहरूले आफ्नो तरिकाले अँगालेका छन् । त्यसलाई अनावश्यक कसैले भन्दैन ।

देशको गोपनीयताका कुरा (बाहिरिया विदेशीलाई कामबीना देशभित्र बसाइराख्न र घुमाउन नहुने), देशको आन्तरिक सक्षमताका कुरा (प्रजा बलियो भए दरबार बलियो हुने), देशलाई कृषिमा आत्मनिर्भरताका कुरा (समथर भूमिमा कुलो खनि खेती लगाउने र पाखो बञ्जर जमीनमा घरबास बनाउने), देशको अर्थतन्त्र र उद्योगलाई सबल बनाउने कुरा ( कारिगढ झिकाउने र बस्त्र राडीपाखी बनाएर विदेश बेचेर रकम खिँच्ने), आफ्नो देशको धर्म सँस्कृति बचाउने र रकम पनि बाहिर जान नदिने कुरा ( आफ्नै देशका लाखे, झाँकी, जात्रा हेर्न प्रोत्साहन गर्ने ), देशको रक्षाको कुरा ( सेनाको स्थापना र उनीहरू र उनका परिवारको यथोचित भरणपोषण गर्ने, हरेक नाका नाकामा सेना बिभिन्न भेषमा खटाउने), देशको कुटनीतिका कुरा (देशको गोपनीयता भङ्ग गर्न नहुने, शासक र सरकारी कर्मचारीको विदेशीसँगको हिमचिम हुन नदिने, आफै लड्न नजानु तर लड्न आए पछि नहड्र्नु), देशमा शुसाशनका कुरा (घुष लिने र दिने दुबैलाई देशका मुख्य शत्रु किटान गर्नु ), देशको मुद्रा भण्डारलाई शुद्ध गर्ने कुरा ( खोटा सिक्का चलन नगर्ने नगराउने, अदालत दण्ड जरिवानाको रकम राज्य ढुकुटीमा नराखि जे जस्लाई जे कारणले दण्ड गरेको हो उसैसँग सरोकारवालाको पक्षमा लगाउने) ।

यी महत्वपूर्ण कुराहरू आजमात्रै होइन हजारौं बर्षसम्म पनि नेपालको लागि मात्रै होइन संसारका जुनसुकै देशको लागि दिव्य उपदेश नै हुन र हुनेछन् ।

नेपाल बनाएर बडामहाराज पृथ्बीनारायण शाहले यस्ता उपदेश दिँदै गर्दा आजको कथित सभ्य कहलिएको अमेरिकामा मानिसका घाँटीमा फलामे सिक्रीले बाँधेर बजारमा बिक्रि गरिँदै थियो । आफुलाई नै संसार मान्ने आजको यूरोपमा आपसी काटाकाट र नारी उत्पीडन चरममा थियो । संसारमा शासन गरेको ब्रिटेनको आफ्नो भाषा थिएन । लोकतन्त्रको जननी र ठेकेदार मान्ने देशमा नै नारीलाई मतदानका त के कुरा गाडी चलाउने अधिकारसम्म थिएन । त्यो जमानामा कुनै औपचारिक शिक्षा हासिल नगरेका तर अनुभव र कार्यक्षमताले खारिएका, गुरु गोरखनाथबाट दिक्षित भएका बडामहाराज पृथ्बीनारायण शाह आजको परिभाषामा भन्दा चमत्कारिक सक्षम महापुरुष नै थिए । यो कुरा बुझ्न उनको त्यो अदम्य शाहस, बुद्धि विवेक र शासन कौशललाई सम्मान गर्न वर्तमान नेपाली शासकहरूलाई किन निकै कष्ट भैरहेको छ । यसको जवाफ त नेपाली जनताले अवश्य नै खोज्ने छन् ।

बडामहाराज पृथ्बीनारायण शाहलाई सम्मान गर्नु उनीप्रति कृतज्ञता व्यक्त गर्नु भनेको उनका ती उपदेशलाई कुनै न कुनै रूपमा देशमा अनुसरण गर्नू पनि हो । जुन कुरा आजको नेपाली राजनीतिक पार्टी, यसका नेतृत्व र शासकका लागि निकै कष्टकर कुरा भएको छ । किन कि यिनीहरूसँग देशप्रतिको निष्ठा र आफुमा नैतिकताको अभाव भएरै हो । यसैले पनि उनीहरूले देशको कुलधर्म सँस्कृति, भाषा सभ्यता, नाम झण्डा र सीमाना समेत फेर्ने दुस्साहस गरेका हुन् । उनीहरूको लागे र पुगेसम्म फेरिपनि गरि नै रहनेछन्. भन्ने कुरा उनै बडामहाराज पृथ्बीनारायण शाहले स्थापना गरेको सेनालाई कहिले बिघटन गुर्नुपर्ने त कहिले यसको संख्या घटाएर नाम निशान फेरेर जानुपर्ने अभिव्यक्तिबाट थप प्रष्ट भएको छ । यो लाइनमा माओवादी र यसको नेतृत्वले दुई दशकसम्म प्रयास गरेर असफल भएपछि पछिल्लो पटक रास्वपा भन्ने पार्टी अगाडी आएकोे छ । यसबाट पनि नेपालमा बडामहाराजको लिगेसीलाई सक्न, नेपाली सेनालाई विघटन गर्न यस्ता यस्ता प्यादाहरू खटाइका छन् खटाइने छन् भन्ने थप प्रष्ट भएको छ ।

आज जसोतसो नाम मात्रैको भएपनि नेपाल भन्ने देश छ । यद्दपि यसका युवाहरू निर्यात भएका छन् तर पनि नाम त उनै बडामहाराजले दिएको देशको छ । शासन त छैन । कुल धर्मसँस्कृति र भाषा खाइसके । विदेशीहरू यहाँका शासकको बिस्तरामा पुगेको छ । हरेक कर्मचारी किंम्कर्तव्यबिमुढ भएको छ । वैधानिक आम्दानी भन्दा ढाँटछलबाट आम्दानी गर्नमा व्यस्त छ । पैसाको लागि सबैथोक लिलाममा राखेको छ । देशको कुटनीति कहिले दक्षिण, कहिले उत्तर त कहिले सात समुद्रपारि यूरोप र अमेरिकातिर सर्मपण भएको छ । खेतिपाती शुन्यतातिर गएको छ । समथर र उब्जाउ भूमि सकेर गाउँ मासेर शहर बनाउनेतिर लागिएको छ । गाउँ सकेर दुर्घन्धित शहरको परिकल्पनामा विदेशी साहुकारका ब्याजे पैसा ल्याएर शहरीकरण गरिँदैछ । यस्तो अवस्थामा बडामहाराज पृथ्बीनारायण शाह र वहाँको मार्गनिर्देशन झनै महत्वपूर्ण भएको छ । वहाँका नीतिको कार्यान्वयनको टड्कारो खाँचो भएको छ । वहाँलाई झनै सम्झना गर्ने, सम्मान गर्ने र वहाँप्रति राष्ट्रले हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुपर्ने नितात्तै खाँचो चुलिएको छ ।

आज हरेक नेपाली युवाले नेपाल भूमि छोड्न चाहेको छ । आफु नेपाली भएकोमा आफ्नो भाग्यलाई धिक्कार्न खोजिरहेको छ । तथापि उ एउटा सार्वभौम राष्ट्र नेपालको राहदानी बोकेर आफुलाई विश्वसामु प्रस्तुत गर्न पाएको छ । नेपाल देशको नागरिक हुन पाएको पक्कैपनि उनै बडामहाराज पृथ्बीनारायण शाह कै कारण हो । यसैले पनि भोलि पौष २७ गते परेको बडामहाराज पृथ्बीनारायण शाहकोे ३०३ औं जन्मजयन्ती दिवसको उपलक्ष्यमा वहाँप्रति कृतज्ञता व्यक्त गर्दै सबै नेपालीप्रति हार्दिक शुभकामना !

हे ! राष्ट्र गौरव नेपालका, नमन तिम्लाई गर्दछु,
तिम्रो पौरखमा नाचेको आज म, तिम्रै शरण पर्दछु ,
झुक्न दिएनौं शिर कतै, नेपाली भनी चिनायौ,
लुट्न दिएनौ अस्मिता नेपालीको, फिरङ्गीलाई छिनायौ !
गोर्खामा राजा मात्र बनिकन, फुरुङ्ग भएको भए,
राजा हुँ म त अब भनि, सुकुल समाको भए,
हुन्थ्यो प्रान्त भारत देशको, नेपाल कहाँ हुन्थ्यो र ?
तिम्रो र तिम्रा सन्ततिका, मूर्ति कस्ले ढाल्थ्यो र ?
राजाको निसापका कुरा गर्यौ, अन्याय नगर्नू भन्यौ
घुस खाने र खुवाउने देशमा, यो कस्तो उपदेश दियौ
तिम्रो धर्म थियो त्यो सत्कर्मको, राख्नु है सरकारी धन
कस्तो बिडम्बना आज यहाँ, लुट्ने जन्मे सब दुर्जन !
राख्यौ जग नेपालको तिमिले, नजन्मँदै कोहि छेउमा
तिमीलाई छैन फूल एक थुँगा, राखेर हात घिउमा,
जगाउन खोज्यौ नेपालीलाई, जीबन आहुती गरी
नमन छ महाराज तिमिलाई, दश आंैला हात जोडी !

Previous Post

शितलहरबाट जुध्न रणनीति

Next Post

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

Next Post
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version