शम्भु थारु
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रमा उपलब्ध गराएका अनुदानको उपलब्धी खोज्न थालेको छ । त्यसका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी सम्बन्धित क्षेत्रका प्रदेश सभा सदस्यसहित बाँके बर्दियाका विभिन्न परियोजनाको स्थलगत अनुगमन गरेका छन् ।
बाँकेका बिभिन्न पालिकामा प्रदेशको कृषि मन्त्रालयबाट सञ्चालित अनुदानका कार्यक्रमहरूको शनिवारमात्रै अनुगमन गरी किसानहरूको समस्या जानकारी लिएका मन्त्री पन्थीले दिइएको अनुदानको उपलब्धी समीक्षा गरेरमात्रै अबका योजना अघि सारिने बताए । ‘अनुदान पाइसकेकालाई निरन्तर सम्पर्क र सम्बन्धका आधारमा मात्रै होइन, प्रगति हेरेमात्रै रेस्पोन्स दिने हो,’ मन्त्री पन्थीले दैनिक नेपालगन्जसँग भने, ‘अनुदानको लगानीमा प्रगति नगर्नेलाई टोटल निरुत्साहित गर्नेछौं ।’
अघिल्लो दिन बर्दिया पुगेका मन्त्री पन्थी शनिवार अनुगमनका क्रममा बाँकेको जानकी गाउँपालिका ५ गुरुवागाउँको अनुदानमा निर्माण गरिएको बिउ प्रशोधन केन्द्र, भवनको अनुगमन गरी बिउ बिजन उत्पादन, प्रशोधन र भण्डारणबारे जानकारी लिए ।
गाउँमै कृषिमन्त्री भेट्न पाएका बिउबिजन प्रशोधन केन्द्रका अध्यक्ष होमराज कुर्मीले गत आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकारको बजेटबाट कृषि ज्ञान केन्द्र बाँके मार्पmत ४२ लाख बजेटमा निर्माण गरिएको भवन देखाउँदै रकम भने सरकारबाट नपाएको गुनासो सुनाए ।
मन्त्री पन्थीले गतबर्ष संघीय सरकारले प्रदेश सरकारलाई दिनु पर्ने समानीकरण रकम २ अर्ब १८ करोड नआउँदा दिन नसकेको बताए । उनले किसानहरूसँग भने, ‘गत आर्थिक बर्षमा सम्पन्न भएर पनि भुक्तानी नभएको योजनाको रकम प्रदेश सकारले संकलन गरिरहेको छ ।’
प्रदेशको सबै जिल्लाबाट संकलन भैसकेपछि क्याबिनेटबाट नीतिगत निर्णय गरेर भुक्तानी प्रक्रिया अगाडी बढाउने मन्त्री पन्थीले बताए ।
प्रदेश सरकारले गतआर्थिक बर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेश कृषि मन्त्रालयमार्पmत कृषि ज्ञान केन्द्रबाट सञ्चालन गरिएको योजनाको ८१ लाख रूपैया भुक्तानी भएको छैन भने भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको ४८ लाख ३७ हजार रूपैया रकम भुक्तानी नहुँदा किसानहरू मर्कामा परेको सम्बद्ध कार्यालय स्रोतले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री पन्थीले डुडुवा गाउँपालिका ५ मा रहेको जय श्री रामदूध डेरी यादव चिस्यान केन्द्रमा दुध उत्पादन तथा बजारीकरणबारे समेत किसानसंग जानकारी लिएका थिए ।
मन्त्री पन्थीलाई लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल यादवले डुडुवामा भैंसी पालन र दुध उत्पादनबारे जानकारी गराएका थिए । ‘डुडुवा गाउँपालिका जिल्लाको सबै भन्दा बढी दुध उत्पादन गर्दै आएको पालिका हो, यहाँ पराम्परागत रूपमा भैंसी पालन गरिरहेका छन्,’ पूर्वमन्त्रीसमेत रहेका यादवले दैनिक नेपालगन्जसँग भने, ‘प्रायः सबै किसानको घरमा भैंसी छन् ।’ किसानहरूलाई व्यवसायिक भैंसी रूपमा पालनतर्पm आकर्षित गर्नका लागि गोठ सुधारको योजना ल्याउनु पर्नेमा पूर्वमन्त्री यादवले जोड दिएका थिए ।
डुडुवा गाउँपालिका बिगतमा मसुरो खेतीमा पनि उर्बर भूमि रहेको तर पछिल्लो समय सिचाई सुविधा भएपछि गहुँ खेती किसानहरूको आकर्षण बढ्दै गएको बिउबिजन प्रयोगशाला खजुराका प्रमुख शालिकराम गौतमले मन्त्री समक्ष जानकारी गराएका थिए ।
किसानको समस्या बुभ्mन र प्रदेश सरकारको कृषि कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न आएका मन्त्री पन्थीले दुध उत्पादनमा वृद्धि गर्न नस्ल सुधार गर्न किसानहरूलाई सुझावदिएकाथिए । गोठ सुधारमा ध्यान दिई, भैंसीको गोबर, प्रविधिसंग जोडि मल उत्पादनमा प्रयोग गरी अर्गानिक उत्पादन गर्न उनकोे सुझाव थियो । साथै रैथाने बिउ जोगाउनसमेत किसानहरूलाई सचेत गराएका थिए ।
मन्त्री पन्थीले राप्ती सोनारी ५ मा अप्सरा सामाजिक महिला उद्यमी सहकारी संस्थाको संकलन केन्द्र भवनको अनुगमन गरी किसानहरूले पालिरहेको बाख्रापालन, अन्न संकलन र बजारीकरण बारे जानकारी लिएका थिए ।
त्यस्तै, नेपालगन्जकै जयसपुर स्मार्ट कृषिगाउँको तरकारी खेती र बाख्रापालनबारे समेत जानकारी लिएका मन्त्री थिए । किसानहरूले पशुपालन तथा तरकारी र अन्नबाली उत्पादन बजारीकरण भण्डारण र ढुवानी गर्दा भोगिरहेका समस्याबारे मन्त्री समक्ष जानकारी गराएका थिए ।
मन्त्रीले किसानहरूका समस्या समाधान गर्न प्रदेश सरकार र मन्त्रालयबाट आवश्यक पहल गर्ने बताएका थिए ।
कृषि मन्त्रीसंगै आ–आप्mनो निर्वाचत क्षेत्रका परियोजना अनुगमनमा पुगेका प्रदेश सभा सदस्य बादशाह कुर्मी र कृष्ण केसी (नमुना) पनि किसानका समस्या र आवश्यक योजनाबारे जानकारी गराएका थिए । भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख कमला अधिकारी र कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत सन्तोष पाठक र अनिश श्रेष्ठले जानकारी गराएका थिए ।