नेपाल कम्युनिष्ट पार्टी (एमाले)को लुम्बिनी प्रदेश कमिटी बैठक नेपालगन्जमा हुने भएको छ । यही माघ १५ र १६ गते प्रदेश कमिटीकाे बैठक बस्न लागेकाे एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताउनुभयाे ।
केन्द्रीय सचिव एंव लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालकाे प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलकाे अध्यक्षतामा बैठक हुन लागेकाे हाे । प्रदेश कमिटीकाे बैठककाे तयारी तीब्ररुपमा भइरहेकाे अध्यक्ष गुरुङले जानकारी दिनुभयाे ।