बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो । देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो ।
१३ पटकसम्म औषधी खुवाउँदा पनि असफल भएपछि १४औं पटक तीन स्थानीय तहमा औषधी सेवन सुरु गर्न लागिएको हो । बाँकेको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा औषधी खुवाउने तयारी गरिएको हो ।
हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे पत्रकारसंग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको जानकारी दिइएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकामा फागुन ५ तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पत्रकार सँगको अन्तरक्रियामा जानकारी दिएका थिए । बाँकेमा फागुन ५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेको प्रिभेलेन्स देखिएपछि १४औं पटक औषधि खुवाउन लागिएको हो ।
बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रूपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागि दिन सबै सरोकारवालालाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिए ।
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ बर्षसम्म रोग अरूलाई सर्दछ ।
हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।
सफल नभई नहुनु छ हामीलाई
हामीले जिल्लालाई दुई भागमा बाँडेर सर्भे गरेका थियौं । हामीले भर्खरै पाँच वटा पालिकाको ३० वटा वडा र तीन पालिकाका ३५ वटा सबै वडामा सर्भे गरेका थियौं । हामीले दुई भागमा बाँडेर सर्भे किन गरेका थियौं
पहिलो बर्ष तपाईहरु हामीसँगै हुनुहुन्थ्यो । दोस्रो बर्ष हामी घरमा जान नसक्ने अवस्था आयो ।
हामीले काम गरेका छौं ।
पहिलो दुई बर्ष हामीले औषधी बाढेको हो ।
त्यसपछि दाबाका साथ भन्छु, कसैले पोका पारेर दिनुभएको छ भने हामीलाई सूचना त्यतिनै बेला दिनुहोला हामी सच्याउँछौं । ४ सय हाराहारीमा खटिनुहुन्छ बाँके जिल्लामा सबैसँग हामी पुग्न सक्दैनौं, हजुरहरु जोजो सँग पुग्नुहुन्छ, जोजो पोका दिनुहुन्छ, त्यो सूचना हामीलाई दिनुहुन्छ, हामी सच्याउँछौं
हामीले जिल्लालाई दुई भागमा बाँढ्दा हामी सर्भे र अनुगमन गर्न जाने बेला अध्ययन गर्यौं, त्यसको आधारमा हामीले बाँढेका हौं
हामी तीन वटा पालिकामा सर्भे गर्न जाँदा समुदायले औषधी खाएको कम कभरेज थियो , हामीले जुन हिसाबले जिल्लालाई बाँढेका थियौं, त्यही हिसाबले सर्भे रिजल्ट पनि आयो, त्यही हिसाबले ढुक्क छांै । किनकी खाको थिएन र आयो त ।
म पनि बाँकेको ८१ वटा वडाको होल सबै थाहा पाउँछु । समुदायको हिसाबले कसैलाई आक्षेप लगाएको होइन । आएको रिजल्ट देखाएको हो । समस्या जहाँ छ, त्यहाँ देखाएको हो । जहाँ समस्या छ त्यहाँ औषधी खुवाउनु त छँदैछ ।
मस्जिद भित्र गएर धर्म गुरुसँग कुरा गरेको छु । उहाँहरुले भन्नु भएको आउनुस् हामी सँगै हिडौं, एक्लै भएर त हुँदैन ।
हाम्रो तर्फबाट गर्ने हामीले गरिरहेका छौं । हजुरहरुको तर्फबाट गरिदिने हजुरहरुले गरिदिनु पर्यो । हामी २१.८ बाट २.५ मा आएका छौं, यो हाम्रो प्रगति होइन त, हो नि । हामीले गरेका छौं, जति सोचेका छौं, त्यति पो गर्न नसकेका हो त । हामी गर्दा गर्दै असफल भएका हौं, नगरेको होइन । हामी सफलताको नजिक पुगेका छौं, हामी सफल पनि हुन्छौं, सफल नभई नहुनु छ, हामीलाई । त्यो हाम्रो बाध्यता पनि हो ।
हामी बाँकेको तीन वटा पालिकाले मात्रै देशलाई असफल बनाउने हो त । हजुरहरुले गरिराख्नु भएको छ, नगर्नुभएको पनि होइन, हजुरहरुको पोजेटिभ साथ, सहयोगले नै हामी ठाउँसम्म आइपुगेका हौं । यो बर्ष तीन वटा पालिकाका वडाध्यक्षहरुसँग बसेर टोलमा को को लाई परिचालन गर्दा हुन्छ भनेर अन्तरक्रिया कार्यक्रम सुरु गर्दैछौं ।
हामी वडा वडामा जाँदैछौं । तीन वटा वडामा आज नै कार्यक्रम राखेका छौं, वडा नं. ११, ७ र १६ मा कार्यक्रम राखेका छौं । भोलि (आज बिहीबार) ११ वटा वडामा कार्यक्रम राखेका छौं । अनि समुदायमा क कसलाई परिचालन गर्दा हुन्छ भन्ने योजना छ ।
हामी १३ बर्षसम्म लागेर जुन उपलब्धी हासिल गरिरहेका छौं । त्यो हासिल गर्न टुप्पामा बसेको उपलब्धी कसरी हासिल गर्ने भनेर हामी लागिरहेका छौं । हामी यो अभियान सफल बनाउन हजुरहरुको साथ, सहयोग र सपोर्ट चाहियो भनेर, सूचना सम्प्रेषण गरिदिनु भयो भने, हामी घरघरमै पुग्ने हो, तर, कहिले काही सहरी क्षेत्रमा घरघरमा पुग्ने क्रममा घरबेटी हुनुहन्न भनेर फर्किने अवस्था छ । त्यसलाई सम्बोधन गर्न वडासँग अन्तरक्रिया गर्दैछौं ।