For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

लागू औषध जटिल समस्या बन्दै

byDainik Nepalgunj
February 27, 2025
in विचार
0 0
0
लागू औषध जटिल समस्या बन्दै
Share on FacebookShare on Twitter

लागू औषध दुव्र्यसन आजको समयमा नेपाल मात्र नभई विश्वभर गम्भीर समस्या बनिरहेको छ । यसको असर व्यक्तिगत पारिवारिक सामाजिक तथा आर्थिक जीवनमा नकारात्मक असर परेको छ । विशेष गरी युवा पुस्ता यस लतमा फस्दै गएकाले देशकै भविष्य अन्योलमा पर्ने खतरा बढेको छ । नेपालमा पछिल्लो समय लागू औषधको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ जसले समाजमा अपराध दर बढाउनुका साथै शिक्षामा गिरावट बेरोजगारी र स्वास्थ्य समस्या निम्त्याएको छ । यदि यस समस्यालाई समयमा नियन्त्रण गर्न सकिएन भने हाम्रो सामाजिक संरचनामा गम्भीर संकट आउन सक्छ । लागू औषध दुव्र्यसनका विभिन्न कारणहरू छन् । धेरैजसो युवा साथीभाइको दबाब उत्सुकता तनाव तथा पारिवारिक अस्थिरताको कारण यो लतमा फस्ने गरेकाछ्न । किशोरावस्थाका युवाहरू नयाँ कुरा सिक्न इच्छुक हुने भएकाले लागू औषधप्रति आकर्षित हुने सम्भावना बढी हुन्छ । साथै बेरोजगारी पारिवारिक कलह र समाजबाट उपेक्षित महसुस गर्नेहरू लागू औषधको दुव्र्यसनमा फस्ने गरेका छ्न ।

नेपालमा खुला सिमाना तथा अवैध ओसारपसारका कारण लागू औषधको सहज उपलब्धता पनि यसको मुख्य कारणमध्ये एक हो । दिन प्रतिदिन भन्सार नाकाहरूमा लागू औसधि सहित समातिएका घटनाहरू बढ्दै गएका छ्न । सबै भन्दा जोखिम नेपालगन्ज , धनगढी , बिरगंज , भैरहवा र महेन्द्रनगरका नाका बन्दै गएका छ्न । नेपाल आफैमा लागू औसधको ट्रान्जिट पोईन्ट बन्दै गएका उदाहरणहरू त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा लागू औसधका तस्करहरू समातिएका घटनाहरू बढ्दै गएका छ्न ।

हाम्रो देशमा लागू औसध दुर्बेसनी दिन प्रतिदिन बढ्दै गएको छ । जसले गर्दा विद्यालय तथा कलेजका विद्यार्थीहरू समेत यसको चपेटामा पर्न थालेका छन् । लागुऔषधको प्रयोग विद्यार्थीको शारीरिक स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउँछ । लागुऔसधले मानसिक स्वास्थ्य समस्याहरू, जस्तै डिप्रेशन चिन्ता र मानसिक अशान्तिको कारण बन्न सक्छ । यो अझै गम्भीर अवस्था तब बनिन्छ जब विद्यार्थीहरू लागुऔषधको अत्यधिक प्रयोग गर्न थाल्छन् जसले शारीरिक स्वास्थ्यलाई बिगार्न सक्छ र भविष्यमा पुरानो रोगहरूको कारण बन्न सक्छ । विद्यार्थीहरूको लागुऔषधको प्रयोग रोक्नका लागि विद्यालय र समुदायले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विद्यालयहरूले विद्यार्थीलाइ मानसिक स्वास्थ्य र लागुऔषधको हानिकारक असरका बारेमा सचेत बनाउनुपर्ने हुन्छ । यसका साथै शिक्षकहरूले विद्यार्थीहरूको भावना र व्यवहारलाई ध्यानपूर्वक बुझेर तिनीहरूलाई मनोवैज्ञानिक तरिकाले बुझ्नु पर्छ । अभिभावकहरूले पनि आफ्ना सन्तानहरूसँग समय विताएर उनीहरूको मनोबललाई प्रोत्साहित गर्नु जरुरी छ । विद्यार्थीहरूले सामाजिक समृद्धिमा योगदान पुर्याउन र स्वास्थ्यप्रद जीवनशैली अपनाउन शिक्षा र चेतनाका विभिन्न कार्यक्रमहरूमा सहभागी गराउनु पर्छ । जति सकिन्छ विभिन्न खेलकुदमा सहभागी गराउनु पर्छ । लागुऔषधको दुष्परिणामबाट बच्न र एक स्वस्थ र उज्जवल भविष्य निर्माण गर्न सकिन्छ । भोलिको दिनमा यो यो समस्या बिकराल रूपमा जान सक्छ । सरकारले समयमा रोकथामकालागि दीर्घकालीन योजना बनाउन निकै जरुरी छ ।

लागू औषधले व्यक्तिगत जीवनलाई मात्र होइन पारिवारिक जीवनलाई पनि नकारात्मक रूपमा प्रत्येक्ष असर गरेको छ । लागू औषध दुव्र्यसनमा फसेका मानिसहरू शारीरिक तथा मानसिक रूपमा कमजोर हुन्छन् जसले परिवारमा झैझगडा कलह उत्पन्न गराउँछ ।

लागू औषध प्रयोगकर्ताहरूको व्यवहार परिवर्तन भई उनीहरू आक्रामक होहल्ला गर्ने तथा असामाजिक बन्छन् । फलस्वरूप समाजमा अपराध दर बढ्दै गएको छ । लागू औषधले विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल असर पार्ने भएकाले उनीहरूको भविष्य नै जोखिममा पारेको छ ।नेपाल सरकारले लागू औषध नियन्त्रणका लागि विभिन्न कानुनी तथा सामाजिक पहलहरू ल्याएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अवैध लागू औषध ओसारपसार तथा सेवनमा कडा कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

सरकार तथा गैरसरकारी संस्थाहरूले पुन स्थापना तथा सुधार गृह सञ्चालन गरी लागू औषध प्रयोगकर्तालाई सामाजिकरण गर्ने प्रयास गरिरहेका छन् । तथापि सीमित स्रोतसाधन खुला सिमाना तथा कमजोर कार्यान्वयन प्रवृत्तिका कारण लागू औषध नियन्त्रण गर्न कठिन भइरहेको छ । पुन स्थापनाका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा प्रयोगकर्ताहरू फेरि पुरानै लतमा फर्कने सम्भावना बढी छ ।

लागू औषध नियन्त्रणका लागि परिवार विद्यालय समाज तथा सरकार सबैको संयुक्त प्रयास आवश्यक छ । बिधालयहरूमा लागू औषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निकै जरुरी छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई प्रेम सद्भाव तथा अनुशासनका साथ मार्गदर्शन गर्नुपर्छ ताकि उनीहरू गलत बाटोमा नलागून् । सरकार तथा गैरसरकारी संस्थाहरूले लागू औषध पुन स्थापना केन्द्रहरूलाई प्रभावकारी बनाउँदै परामर्श सेवाहरू विस्तार गर्नुपर्छ । युवा पुस्तालाई सिर्जनात्मक रोजगार मुलक तथा व्यवसायमुखी क्रियाकलापमा संलग्न गराउन सके लागू औषधको लत कम गर्न सकिन्छ ।

लागू औषध समस्या केवल व्यक्तिगत मात्र नभई राष्ट्रकै विकासमा बाधक तत्व बनेको छ । यो समस्या समाधानका लागि व्यक्तिगत जागरूकता परिवारको भूमिका तथा सरकारी नीतिहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । शिक्षालयहरूमा सचेतनामूलक कार्यक्रम पुन स्थापनाका लागि प्रभावकारी नीति तथा समाजमा नैतिक शिक्षाको प्रवद्र्धनले लागू औषध दुव्र्यसन न्यूनीकरण गर्न सकिन्छ । यदि सरकारले समयमा सचेत कदम चालेन भने भोलिको पुस्ता झनै गम्भीर संकटमा फस्नेछ । त्यसैले समाजका सबै पक्षले यस समस्यालाई गम्भीर रूपमा लिँदै एकजुट भएर समाधानका उपायहरू खोज्नुपर्ने आवश्यकता छ हामिले आफ्नो घरका सन्तानको दैनिकि कसरी बितेको छ सूक्ष्म रूपमा हेर्ने र कस्ताको संगत गर्छ आनि बानी कस्तो छ त्यसलाई बुझ्न र व्यबहार परिवर्तन भएको थाहा पाए कसरी हुन्छ कुलत बाट उम्काउने उपाएहरू अप्नाउनु पर्छ ।

अहिलेको समयको सबै भन्दा बिकराल समस्या भनेकै लागू औसध प्रयोग देखिएको छ सबै अभिभावक यो समस्या बाट बच्न निकै जरुरी छ र सबै समयमै सचेत बनौ ।

Previous Post

केसी पोखरा थन्डर्समा

Next Post

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

Next Post
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version