नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले कारकाँदोमा ७० लाख बजेटको सडक निर्माण कार्यको शनिबार शिलान्यास गरेका छन् ।
सडक विभाग पछाडि पशुपति नगर छेउ निर्मार्णाधिन श्री तिरूपति बालाजी धाम जाने सात मिटर चौडाईको २ सय ३६ मिटर सडक निर्माण कार्य शिलान्यास गरिएको हो ।
‘यसले आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना रहेको प्रतिष्ठित श्री तिरूपति बालाजी धामलाई आवागमनको सहज सुविधा प्रदान गर्छ’, सडक शिलान्यास गर्दै वडाध्यक्ष बर्माले भने । उनका अनुसार, ७० लाख बजेटमा आरसीसी नाला सहित अस्फाल्ट कालोपत्रे सडक बन्ने छ । गाउँमा स्तरीय सडक निर्माण कार्य शुभारम्भ गरेको भन्दै स्थानीयबासीले वडाध्यक्ष बर्मा सहित जनप्रतिनिधिलाई सम्मान पनि गरेका थिए ।