लुम्बिनीमा ज्यान सम्बन्धी मुद्दा र आत्महत्याका घटनामा न्यून फरक पाइएको हो । बढ्दो आत्महत्याका घटना अपराधिक हत्या घटनाकै हाराहारीमा रहेको रहेको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।
चालु आर्थिक बर्ष २०८१÷०८२ को बैशाखसम्म लुुम्बिनीमा ज्यान सम्बन्धी मुद्दा १ हजार ९४ रहेकोमा आत्महत्या सम्बन्धी घटना १ हजार ११ रहेका छन् ।
चालु आ.व. मात्रै होइन अघिल्ला आ.व.मा पनि आत्महत्याका घटना ज्यान सम्बन्धी मुद्दाकै हाराहारीमा रहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा १ हजार ३ सय ६ आत्महत्या सम्बन्धी घटना भएकोमा १ हजार ३ सय ९ ज्यान मुद्दाका घटना भएका छन् । त्यस्तै, आर्थिक बर्ष २०८१÷०८२ मा आत्महत्याका घटना १ हजार ३ सय २१ भएकोमा ज्यान सम्बन्धी घटना १ हजार ३ सय ९० वटा भएका थिए ।
त्यस्तै, चालु आ.व.को वैशाखसम्म सामाजिक अपराधका घटना लुम्बिनीमा ७ सय ८६, आ.व. ०८०÷०८१ मा १०९० र आ.व. ०७९÷८० मा १ हजार १ सय ८९ वटा भएका छन् । त्यस्तै, महिला तथा बालबालिका सम्बन्धी अपराधका घटना उक्त आ.व.मा क्रमशः ४ सय ८२, ७ सय २९, ६ सय ७५ वटा भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार, आर्थिक बर्ष २०७९÷०८० मा ६ सय ७३, आ.व. २०८०÷०८१ मा ७ सय ४८ र चालु आ.व.को वैशाख मसान्तसम्म ८ सय २१ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन् ।
लुम्बिनीमा अपराधिक घटनामा बाँके दोस्रो
लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्ला मध्ये अपराधिक घटनामा बाँके दोस्रो स्थानमा रहेको छ । लुम्बिनी प्रदेश प्रहरीका अनुसार, चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म सबैभन्दा बढी अपराधि घटना रूपन्देही जिल्लामा भएका छन् । रूपन्देहीमा बैशाख मसान्तसम्म १ हजार ३ सय ७७ वटा मुद्दा दर्ता भएका हुन् । त्यस्तै उक्त समयसीमा बाँकेमा अपराधिक घटना मुद्दा १ हजार २ सय ५६ बाँकेमा दर्ता भएका छन् ।
त्यस्तै दाङ्गमा ९ सय ६५, बर्दियामा ५ सय ६७, कपिलवस्तुमा ५ सय ३५, नवरपरासीमा ४ सय २७, पाल्पामा २ सय ४३, गुल्मीमा १ सय ६४, प्युठानमा १ सय ७१, रोल्पामा १ सय ६६, अर्घाखाँचीमा १ सय २२, रुकुममा ५७ वटा मुद्दा दर्ता भएका छन् ।
