राष्ट्रिय तथ्यांक कार्यालयले लुम्बिनीको ग्राहस्थ उत्पादन आगामी आ.व.मा साढे आठ खर्ब बढी हुने अनुमान गरेको छ । तथ्यांक कार्यालयका अनुसार, लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि कारण रु. ८ खर्ब ६९ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा करिब रु. ८ खर्ब १६ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालु आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको विवरण तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा यस प्रदेशले १४.२७ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.७० प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्ष २०८०÷८१ मा ३.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.०२ प्रतिशत) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र १०.३५ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत गत आर्थिक वर्ष २०८०÷८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३०.३ प्रतिशत) को योगदान सहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान १०.३४ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको थियो ।
लुम्बिनी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्र (९.७० प्रतिशत) को र सबैभन्दा थोरै खानी तया उत्खनन् क्षेत्र (२.०० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस (२१.८१ प्रतिशत) र सबैभन्दा थोरै (०१.५९ प्रतिशत उत्पादनमूलक उद्योग क्षेत्रको रहने संशोधित अनुमान गरिएको थियो ।
अर्थतन्त्रका विविध पक्षलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिको अनुगमन तथा मूल्यांकन गर्नका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रूपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन लगायत समष्टिगत आर्थिक सूचकहरू तवा त्यससँग सम्बन्धित तस्याइ सार्वजनिक गर्दै आएको छ ।
नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८÷१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको पाइन्छ । नियमित रूपमा यस्ता अनुमान प्रकाशन गर्ने कार्य आर्थिक वर्ष २०२१÷२२ देखि भएको देखिन्छ । यसै क्रममा राष्ट्रिय तथ्याई क्रायर्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान प्रकाशन गरिसकेको छ ।
देशमा संघीय शासन प्रणाली शुरू भएसँगै प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक असमानतालाई न्यूनिकरण गर्नका लागि आवश्यक नीति निर्माण गर्न र विकासका गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादन अत्यावश्यक हुन्छ । यही विषयलाई हृदयाक्रम गर्दै राष्ट्रिय तथ्याङ्ग कार्यालयले समष्टिगत आर्थिक सूचकहरूमध्येको महत्वपूर्ण सूचकः प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्ने कार्य आर्थिक वर्ष २०७५÷७६ देखि शुरु गरेको छ ।
त्यस्तै, कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि करिब रु. २ खर्ब ५६ अर्थ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्ष २०८०÷८१ मा करिब रु. २ खर्व ४५ अर्थ रहने संशोधित अनुमान गरिएको थियो ।
चालु आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा यस प्रदेशले ४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.७४ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्ष २०८०÷८१ मा ३.२६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.५० प्रतिशत रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१७ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत गत आर्थिक वर्ष २०८०÷८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३०.१ प्रतिशत सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।