नेपाल कानुन ब्यवसायी परिषद्द्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उत्तीर्ण नव प्रबेशी कानुन ब्यवसायीहरूको लागि आयोजित ३ दिवसीय पूर्व ब्यवसायिक अभिमूखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । यस अघि केन्द्रीय स्तरमा काठमाण्डौमा दिइने अभिमूखिकरण र अधिवक्ताको प्रमाणपत्र यस पटकबाट प्रदेश स्तरबाट दिन थालिएको लुम्बिनी प्रदेशबाट निर्वाचित नेपाल कानून ब्यवसायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।
बाँकेको कोहलपुरमा आयोजित लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश स्तरीय कार्यक्रममा ४४ जना नव प्रबेशी कानुन ब्यवसायीहरूलाई अधिवक्ताको प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाल कानून ब्यवसायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको नव प्रवेशी कानून ब्यवसायीहरू लागि आयोजित तीन दिने अभिमूखिकरण तथा प्रमाण पत्र बितरण कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेल, बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायकप्रमुख जिल्ला अधिकारी उमाकान्त पौडेल, नेपालगन्ज उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अशोकराज रेग्मी, वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, भोला सिंह हमाल लगायतले नव प्रवेशी कानून ब्यवसायीहरूलाई ब्यवशायिक सफलताको शुभकामना दिएका थिए ।
कर्णाली प्रदेशका कानून ब्यवसायी परिषदका पार्षद मातृका प्रसाद खनालले संचालन गरेको कार्यक्रममा नेपाल बार एशोर्सिसनका कर्णाली प्रदेश उपाध्यक्ष बिवस बस्नेत, सुदुर पश्चित उपाध्यक्ष शिद्धराज ओझा, पूर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, लुम्बिनी प्रदेश सरकारका पूर्व न्यायाधिवक्ता तिर्थराज ज्ञवाली, नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर केसी लगायतले नव प्रवेशी कानून ब्यवसायीलाई ब्यवसायिक लगाव र लगनशिलतामा जोड दिएका थिए । शुभकाना दिने क्रममा वक्ताले कानून ब्यवशायमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अध्ययनसिलता, ब्यवशायिकता, निरन्तरता जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा नव प्रवेशी कानून ब्यवशयाीहरू बिष्णु प्रसाद पोखरेल, हेमा सुनार लगायतले तालिमबाट धेरै कुराको ज्ञान भएको बताएका थिए । तालिममा बिभिन्न बिभिन्न बिषयमा ९ बिधामा अभिमूखिकरण गरिएको थियो ।
कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेलले कानून ब्यवसाय सुन्दर पेशा छ तर यसमा मेहनत गर्नु पर्ने बताउदै कानून ब्यवसायको मर्यादा र अनुशासन आफैले पालन गर्नु पर्नेमा जोड दिएका थिए । बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले कानुन ब्यवसायमा त्याग र समर्पण जरुरी रहेको बताएका थिए । कानून ब्यवसायीले मुद्दाको मस्यौदा गर्दा निकै बिचार पुराउनु पर्ने बताउदै न्यायाधीश प्रसाईले कानून ब्यवसायी अध्ययनशिल हुनु पर्नेमा जोड दिएका थिए ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्यायाधीवक्ता उमाकान्त पौडेलले समयको माग संगै कानून ब्यवशायीमा बिषय बिज्ञता र दक्षता जरुरी रहेको बताएका थिए ।