नेपालगन्जका सुनचाँदी व्यवसायीले सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर र हिरा–बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।
त्यसक्रममा मंगलबार हातमा कालोपट्टी बाँधेर व्यवसायीहरुले व्यवसाय सञ्चालन गरेका हुन् ।
यस्ता छन्, व्यवसायीका माग
विलासी कर खारेजीः सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी कर हटाउनुपर्ने ।
उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐनः सुनचाँदी व्यवसायसँग सम्बन्धित ऐनहरू उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायी सबैका लागि मैत्रीपूर्ण हुनुपर्ने ।
नेपालगन्जका सुनचाँदी व्यवसायीहरूले यो नयाँ प्रावधानले व्यवसाय सञ्चालन गर्न गाह्रो हुने र यसले समग्र क्षेत्रलाई नकारात्मक असर पार्ने बताएका छन् । उनीहरूले यसअघि पनि विभिन्न समयमा सुनको अभाव, नियमनमा स्पष्टताको कमी, र चोरी–लुटपाट जस्ता समस्याहरूको सम्बन्धमा आवाज उठाउँदै आएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संस्थाहरूले पनि सरकारसँग यस्ता समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।