नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरु सोमवार र मंगलवार धर्नामा बसे ।
मंगलबार आन्दोलनअन्तर्गत लुम्बिनी प्रदेशका कर्मचारीहरू नेपालगन्जस्थित प्राधिकरणको प्रदेश कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । तर निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी बताउँछन् ।