भ्रष्टाचार विरुद्ध क्रियाशील संस्था बास नेपाल ले १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा देशभर डिजिटल सचेतना सन्देश प्रवाह गरेको जनाएको छ।
मंगलबार “सूचनाको अधिकार लोकतन्त्रको आधार” भन्ने नाराका साथ ७७ वटै जिल्लाका शाखाहरू मार्फत यो अभियान सञ्चालन गरिएको हो।
बास नेपालले नागरिकको सूचना पाउने अधिकारलाई सहज बनाउने उद्देश्यले डिजिटल माध्यमबाट सरोकारवालाहरूलाई खबरदारी गरेको जनाएको छ ।
यस अभियानमा “सूचनाको हक सबैको सरोकार, सूचना मागौं भ्रष्टाचारको अन्त्य गरौं,” “सूचना हाम्रो अधिकार : सुशासन र विकासको अधार,” र “पारदर्शी सूचना प्रवाह हुँदैन भ्रष्टाचारको भय” जस्ता सन्देशहरू प्रवाह गरिएको थियो।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा को नेतृत्वमा यो अभियानलाई अगाडि बढाइएको थियो। यसमा विभिन्न प्रदेशका इन्चार्जहरू इन्द्र बहादुर केसी (कोसी), गोबिन्द बिष्ट (मधेश), सागर बोहरा (बाग्मती), कमल बहादुर शाही (गण्डकी), सिम्रत कौर (लुम्बिनी), भगवती बिसी (कर्णाली), र चिरन्जिबी छेडाल (सुदुरपश्चिम) को पनि सक्रिय सहभागिता थियो।
बास नेपालले देशका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरी सुशासन प्रबर्द्धनका कार्यहरू गर्दै आएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।