बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघले सम्मान कार्यक्रमको आयोजना गरेको छ । संघद्धारा फोटोग्राफीको क्षेत्रमा योगदान गरेका दुई जना ब्यक्तिलाई मंगलवार नेपालगञ्जमा आयोजित एक समारोहमा सम्मान गरेको थियो । १८६ औं बिश्व फोटोग्राफी दिवस को अवसर पारेर बि.सं. २०४५ सालदेखि फोटोग्राफी ब्यवसाय गर्दै आउनुभएका मधुसुदन शर्मा रिजाल र बि.सं. २०३५ सालदेखि फोटोग्राफी गर्दै आउनुभएका बरिष्ठ फोटोग्राफर दुर्गा प्रसाद बर्णवाललाई सम्मान गरेको हो ।
सोही अवसरमा नेपालगञ्ज वडा नम्वर २० पशुपति मन्दिर परिसरमा २० ओटा फलफूलका बिरुवा रोपेर पर्यावरण संरक्षणमा योगदान पु¥याउने उद्धेस्य राखेको संघले सन १८३९ मा फ्रान्स सरकारद्धारा डेगुरेटाईपको बिश्वब्यापी फोटोग्राफी दिवस मनाउन शुरु गरिएको थियो । यद्यपि सन १८२६ मा जोसेफ नाईसफोरले पहिलो फोटो किरणको माध्यामद्धारा तयार गरेका थिए । यन्त्रको माध्यामबाट पहिलो फोटो लुईस डेगुरेले तयार गरेको हुँदा त्यसलाई डेगुरेटाईप बाट बिश्वब्यापी रुपमा प्रख्यात रहेको पाईन्छ । सन १८४१मा रिलको बिकास भएको थियो भने सन २००० सम्ममा डिजिटल फोटोग्राफीको शुरुवात भएको थियो । हाल यो प्रबिधिको बिकाश एआई सम्म पुगेर फोटोग्राफीलाई सहज र आधुनिक वनाएको छ ।
बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघकोका अध्यक्ष शिबेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फोटोग्राफर माहासंघका केन्द्रिय सदस्य निलराज अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीका अनुसार बिश्व फोटोग्राफी दिवसमा सम्मानित हुने मधुसुदन शर्मा मध्य तथा सुदुर पश्चिमको ैफोटोग्राफी क्षेत्रकै अतुलनिय ब्यक्तित्व रहेको र अर्का सम्मानित हुने ब्यक्ति दुर्गा प्रसाद बर्णवाल बाँके जिल्लाको अग्रज फोटोग्राफर भएको,त्यस्ता अग्रज ब्यक्तिहरुलाई सम्मन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर गरिएको बृक्षारोपण गरेर पर्यावरण संरक्षणमा फोटोग्राफी ब्यबसायीहरुले सामाजिक उत्तरदाईत्व पूरा गरेको र अग्रजहरुको सम्मान गरेर इतिहाँसको जगेर्ना गरेकोमा कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल पत्रकार माहासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संघलाई धन्यवाद दिनुभयो । फोटोग्राफी ब्यवसायीहरुका समस्याहरुमा नेपालगञ्ज उद्योग बाणिज्य माहासंघ सहकार्य गरेर अगाडी बढ्ने माहासंघका अध्यक्ष टंक धामीद्धारा प्रतिवद्धता जाहेर गर्नुका साथै बिश्व फोटोग्राफी दिबसको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा नेपाल पत्रकार माहासंघ बाँकेका संस्थापक अध्यक्षले दिवसको शुभकामना दिनुका साथै पत्रकार र फोटो पुरक रहेको कुरा औंलाउंदै १ हजार शब्दमा ब्यक्त गर्न नसकीने भाव एउटा फोटोले ब्यक्त गर्ने बताउनु भयो ।
कार्यक्रममा सम्मान गरेर थप जिम्मेवारीको भारी बोकाएकोमा फोटोग्राफी ब्यवसायी ,लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि टु का पूर्व गभर्नर समेत रहेका मधुसुदन शर्मा रिजालले आयोजकलाई आभार व्यक्त गर्नुभएको थियो भने अर्का सम्मानित हुने बरिष्ठ फोटोग्राफर दुर्गा प्रसाद बर्णवालले आफ्ना बिगतका अनुभवहरुलाई ब्यक्त गर्दै सम्मान प्रदान गर्ने बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघलाई धन्यवाद दिएका थिए । बर्दिया फोटोग्राफर तथा भिडीयोग्राफर संघका अध्यक्ष केशव रिजालले दिवसको अवसरमा निम्ता गरेकोमा आयाजकलाई धन्यवाद दिएको कार्यक्रममा नेपाल फोटोग्राफर माहासंघ लुम्विनी प्रदेस कमिटीका उपाध्यक्ष खगेन्द्र गौतमद्धारा स्वागत मन्तव्य राख्नु भएको थियो भने संघका माहासचिव भक्त प्रसाद देवकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।