प्रहरीले बर्दियासहित विभिन्न जिल्ला र स्थानमा सञ्चालन गरेको कारबाहीमा ठूलो परिमाणको लागूऔषध बरामद गर्दै २३ जनालाई पक्राउ गरेको जनाएको छ ।
त्यसक्रममा बढैयाताल–७ कण्ठपुर चेकपोष्टबाट भारततर्फबाट आएका २१ वर्षीय भुपेन्द्र कुमार थारु र ३२ वर्षीय सञ्जय दत्त चौधरीलाई प्रहरीले १ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।
प्रहरीले मंगलबार देशका विभिन्न जिल्लामा ठूलो परिमाणको लागूऔषध बरामद गर्दै २३ जनालाई पक्राउ गरेको जनाएको हो ।
बर्दियाको बढैयाताल, चितवनको भरतपुर महानगरपालिका–९ बसपार्क, रौतहटको गुजरा–२, चन्द्रपुर–२, विराटनगर–१५ लगायतका ठाउँबाट हेरोइन जस्तो देखिने पदार्थ, गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रहरीका अनुसार, सबै पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोमा राखिएको छ र लागूऔषध नियन्त्रण सम्बन्धी अभियानलाई अझ कडाइका साथ अघि बढाइनेछ ।






























