For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भदौं २१ मा दौडदै हजुरआमा

byDainik Nepalgunj
August 28, 2025
in News, मुख्य समाचार
0 0
0
भदौं २१ मा दौडदै हजुरआमा
Share on FacebookShare on Twitter

कल्पना गर्नुस् नेपालगन्जको सडकमा एकाबिहानैको मधुरो रापसहितको सुनौलो घाम, त्यहाँ दौडिरहेका छन्, आफ्ना नातिनातीना पुस्तासँग हजुरआमाहरु । अनि हुन्छन्, उनीहरुबीचका पुस्तान्तरणका संवाद ।

स्थापनाको झण्डै तीन दशक पार गरेको दैनिक नेपालगन्ज पत्रिका सञ्चालक संस्था, सम्यक मिडिया हबले आफ्नो १५ औं ‘सम्यक यात्रा’ सिर्जनशील ढंगबाट मनाउन लागेको हो । उक्त अवसरमा आउँदो भदौ २१ गते आयोजना गर्न लागेको कार्यक्रम ‘दौडिन्छन् हजुरआमा’ यही असम्भवजस्तो लाग्ने दृश्यलाई सम्भव बनाउन प्रयासरत छ ।

दौडिन्छन् हजुरआमा, ‘द गोल्डेन ग्र्याण्ड मा’ कार्यक्रमको अवधारणाबारे विहीवार सरोकारवालाहरुबीच प्रतिनिधिमूलक सहभागितामा छलफल गरिएको छ । जहाँ सहभागी विभिन्न व्यक्तित्वहरुले यो दुई पुस्ताबीचको ‘पूल’का रुपमा कार्यक्रमले परिणाम दिने अपेक्षामात्रै गरिएन, पाको पुस्ताको ज्ञान, अनुभवको आदानप्रदान पुस्तान्तरणसँगै हजुरआमा पुस्ताका महिलाहरुको सक्रिय जीवनयापनमा उत्प्रेरित गर्ने विश्वास गरे ।

त्यतिमात्रै होइन, सम्यक टिम लिडर झलक गैरेले नेपालगन्जका प्रतिनिधिमूलक अगुवाहरुसँगको समन्वय बैठकमा कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै भने,

‘५० वर्ष उमेरपछिका आमा–हजुरआमाहरू समयमै एक्लोपन, स्वास्थ्य समस्या र सामाजिक निष्क्रियताले प्रभावित हुने गरेका छन ्। त्यसैले हामीले हजुरआमाको महत्वलाई प्रकाशमा ल्याउने प्रयास पनि गरेका हौं ।’

नेपालमा ६० वर्षमाथिका नागरिकलाई वृद्ध भनिन्छ । जनगणना २०७८ अनुसार, यो समूहको संख्या झण्डै ३० लाख पुगेको छ । विश्वभर वृद्धको संख्या बढ्दो क्रममा छ र नेपाल पनि बुढ्यौली समाजतर्फ तीव्र गतिले बढिरहेको अध्ययनहरूले देखाएका छन् ।

विशेषगरी महिलामा वृद्धावस्थामा स्वास्थ्य समस्या, एक्लोपन र आर्थिक निर्भरता बढी देखिन्छ । त्यसैले ‘दौडिन्छन् हजुरआमा’ केवल दौड मात्र होइन, समाजलाई सचेत गराउने अभियान पनि हो, कार्यक्रमका सहआयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने ।

कार्यक्रममा एउटा औपचारिक प्रस्तुतिकरण गर्दै सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्य चुनौती बढिरहेको तथ्य राख्दै त्यसको न्यूनिकरणका लागि यसखालका आयोजनाले सकारात्मक उर्जाको सञ्चार गर्ने बताए ।

‘माइग्रेन्ट, एक्लोपन मानसिक समस्याका प्रमुख कारण हुन्। यस्तो बेला हजुरआमा केन्द्रित कार्यक्रमले उनीहरुप्रति ध्यानाकर्षण गराउन सक्छ,’ उनले आफ्नो प्रस्तुतिमा भने ।

कार्यक्रमका लागि रणनीतिक साझेदार, धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले नेपालगन्जलाई चलायमान बनाउन पनि यसले खेल्ने भूमिकाबारे चर्चा गरे । स्वास्थ्य शिविरसँगै आयोजना हुने ५० वर्ष उमेर पुगेपछिका महिलाहरुको दौड तथा पैदल यात्रा, साथै पुरस्कारसमेतको व्यवस्थाले एकखालको उत्साह पक्कै जगाउने अपेक्षा गरे । ‘नियमित दौड स्वास्थ्यका लागि निःशुल्क औषधि हो,’ उनले आयोजनाको महत्व थपे ।

जनप्रतिनिधिहरुको उत्साह

दौडिन्छन् हजुरआमा, ‘द गोल्डेन ग्र्याण्ड मा’ कार्यक्रमको अवधारणाबारे आयोजित छलफलमा राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरु समेतले आफुहरुलाई उत्साहित बनाएको धारणा राखेका छन् ।

प्रतिनिधिसभा सदस्य दिपा शर्माले यसलाई नेपालगन्जमा पहिलो पटक भएको अनौठो तर अति आवश्यक पहल भन्दै नियमित बनाउन र अन्य क्षेत्रमा पनि विस्तार गर्न सुझाव दिइन् । त्यसको पूर्वतयारी र निरन्तरताका चुनौतीमा सांसद शर्माले चर्चा पनि गरिन् ।

प्रदेशसभा सदस्य मिना श्रेष्ठले आफुपनि दौड र अन्तरपुस्ता संवादमा नवपुस्तासँग दौडन र संवाद गर्न आतुर रहेको खुलाइन् । प्रदेशसभा सदस्य, युवा नेतृ अम्बिका काफ्लेले विचार र सम्बन्धको साझेदारीसँगै ज्ञान र अनुभवको पुस्तान्तरणमा यो कार्यक्रमले निकै सहयोग पुर्याउने विश्वास राखिन् ।

खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विश्वकर्माले आफुपनि दौडका लागि तयार रहेको भन्दै एकल महिलाका मानसिक, सामाजिक र आर्थिक सक्रियताका लागि यसखालका कार्यक्रमले प्रेरित गर्ने बताइन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे र महासचिव भीम बहादुर रानाभाटले सामाजिक जागरणको यो अभियानमा संघको सहभागिता र साथमा प्रतिबद्धता जनाए । उपाध्यक्ष पाण्डेले महिला दौड आवश्यकता रहेको औल्याइन् । महासचिव रानाभाटले प्रविधिले ल्याएको व्यस्तता र विदेश पलायनका कारण परिवारभित्र दूरी बढेको उल्लेख गर्दै यसखालका कार्यक्रमले थोरै भएपनि सकारात्मक भूमिका खेल्ने बताए ।

वरिष्ठ साहित्यकार, शिक्षाविद् किरण आचार्यले समाजबाट विस्तारै एक्लिदै गएकोजस्तो देखिने पुस्ता र वर्गका लागि पुनः सक्रिय जीवनमा ल्याउन यसखालका कार्यक्रमले प्रेरित गर्ने बताइन् । ‘म त दौडन्छु,’ उमेरले झण्डै ६५ वर्ष पुगेकी पूर्वशैक्षिक प्रशासक आचार्यले उत्साहित हुँदै, सहभागीलाई उत्साहित बनाउँदै भनिन् ।

फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकीले हजुरआमाहरूले नाति–नातिनीलाई समेत समय दिन नसकेको स्थितिमा औंल्याइन् ।

सम्यक टिमकी क्रियटिभ डाइरेक्टर सजल गैरेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले आमा–हजुरआमाहरुको उत्प्रेरणामा युवा पुस्ता पनि सक्रिय हुनुपर्ने औल्याइन् । ‘इभेन्टको दिन हजुरआमाहरुलाई हौसला दिन अनिवार्य उपस्थित हुन्छु,’ उनले उत्साहित हुँदै भनिन् ।

सामाजिक योगदानमा सक्रिय महिला अल्पना गुप्ता, लेखक साहिदा शाह, पत्रकार अछरी पोखरेल, निशु जोशी, विमला चौधरी, साइकल अभियन्ता गगन थापा, दैनिक नेपालगन्जका प्रवन्ध निर्देशक ऋतु रिजाल, लायन्स लिडर मीना ढकाल, अधिकारकर्मी सरस्वती मल्ल, शोभा विसी, जहिरुल हक जीनु, मनोपरामर्शदाता कमला डाँगी, सुमन धिमाल लगायत संघ–संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखे । उनीहरूको एउटै निष्कर्ष थियो— ‘दौडिन्छन् हजुरआमा केवल एउटा नयाँ कार्यक्रम मात्र होइन, समाजलाई अभिभावकप्रतिको जिम्मेवारी सम्झाउने सचेत कदम हो ।’

विकासका लागि नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठको भनाइ थियो, अब भदौ २१ मा जब नेपालगन्जका सडकमा हजुरआमाहरु दौडिनेछन्, त्यो केवल स्वास्थ्य र खेलकुदको दृश्य मात्र होइन, समाजलाई वृद्ध–वृद्धा प्रतिको जिम्मेवारी सम्झाउने ऐतिहासिक क्षण पनि बन्नुपर्छ ।

Previous Post

पिपल : चराचुरुङ्गी, किरा र जीवको साझा घर

Next Post

सुनको मूल्यमा नयाँ कीर्तिमान

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनको मूल्यमा नयाँ कीर्तिमान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version