मिस ग्रिन भिजिनरी बनिन्, बाँकेकी जगदिश्वरी शाह
सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन् ।
शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल घोषित भएकी हुन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ’मिस नेपाल वल्र्ड’ को उपाधि हासिल गरिन् ।
मिस अर्थ सोनी घले भएकी छन्, भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ ।
उत्कृष्ठ १२ को स्थान सुरक्षित गर्न सफल बाँकेकी जगदिश्वरी शाह (जस्मिन) ले मिस ग्रिन भिजिनरीको उपाधि पाएकी छन् ।