For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘द गोल्डेन ग्र्याण्ड मा’

byDainik Nepalgunj
September 14, 2025
in News
0 0
0
नेपालगन्जमा ‘द गोल्डेन ग्र्याण्ड मा’
Share on FacebookShare on Twitter

५० वर्ष माथिका महिलाहरु दौडन पाएकोमा खुशी

निशु जोशी

नेपालगन्जमा पहिलोपटक ५० वर्ष माथिका महिलाहरुका लागि विशेष दौड प्रतियोगिता आयोजना गरिएको छ । उमेरले पाको तर मन र उत्साहले जवान यी महिलाहरुले स्वास्थ्य, आत्मविश्वास र खुशीलाई एकैसाथ दौडाएर देखाइदिएका छन् ।

कोहलपुर पिपरीकी ६० वर्षकी डिला तिवारी शनिबार विहानै, नेपालगन्जको विपी चोकमा उत्साहसहित उपस्थित हुन आइपुगिन् छोरीसँगै । दैनिक व्यस्तताले समय निकाल्न नसक्ने उनले धेरै समयपछि यसरी दौडन पाएकोमा खुशी भइन् ।

त्यस्तै, ६० वर्षकी नारायणी रुपाखेतीलाई मुटुको समस्या छ । शरीरमै पेसमेकर राखिएको भए पनि उहाँ दौडनका लागि अग्रपंक्ति उभिइन् । अरुले पनि सक्रिय जीवनशैली अपनाउन प्रेरणा मिलोस भन्ने उनको चाहना थियो । त्यसैले होला आयोजकका तर्फबाट दैनिक नेपालगन्जका प्रवन्ध निर्देशक ऋतु रिजालले उनलाई नगदसहित मायाको चिनो र उपहार प्रदान गरिन् ।

७० वर्षकी लक्ष्मी श्रेष्ठले पनि आफू अझै एक किलोमिटर सजिलै दौडन सक्छु भन्ने आँटका साथ प्रतिस्पर्धामा सहभागिता जनाइन् ।

यी सबैजस्तै, ५० वर्षदेखि ७२ वर्ष उमेरका करिब एक सय महिलाहरु शनिबार विपि चोकदेखि धम्बोझी चोकसम्म दौडिए । कसैले कुर्ता–सुरुवालमा त कसैले धोतीमै दौंिदा सुर्खेतरोडको यो क्षेत्र बिहान उत्सवमय देखियो । आफ्नो उमेरका साथीहरुसँग भेटघाट र रमाइलो पनि भएको सहभागी महिलाहरु बताए ।

केहीजना नातिनातिनीसहित कार्यक्रममा आएका थिए । आयोजकका तर्फबाट दौडसँगै रक्तचाप, सुगर जाँच पनि निःशुल्क गरिएको थियो । सहभागी महिलाहरु भन्छन् – यस्ता कार्यक्रम नियमित हुनु जरुरी छ, किनभने यसले स्वास्थ्यसँगै उमेर ढल्किसकेका महिलाहरुमा आत्मविश्वास र खुशी थप्छ । हजुरआमा दौडमा सहभागी ५२ वर्षीया विनिता मल्लले दौडले शरिर फुर्तिलो राख्ने बताइन ।

एक्लोपन र स्वास्थ्य चुनौतीसँग जुधिरहेका ५० वर्ष माथिका महिलाहरुका लागि नेपालगन्जमा भएको यो दौड कार्यक्रम केवल खेल प्रतियोगिता मात्र होइन, जीवनमा सक्रिय रहन प्रेरणा दिने एउटा उत्सव बनेको छ ।

सम्यक मिडिया हब प्रालिले यो दौड प्रतियोगिताको आयोजना गरेको हो । नाट्टा बाँके सह– आयोजक रहेको दौडिन्छिन् हजुरआमालाई प्राविधिक नेतृत्व गर्दै, रणनीतिक साझेदार धारा नेपालगन्ज म्याराथनले बाँके जिल्ला एथलेटिक्स् संघसँगको सहकार्यमा दौड सफल बनाएको थियो ।

प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेस सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेय, नेपाल एथलेटिक्स संघका अध्यक्षसमेत रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह र नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले ५० वर्ष पुगिसकेका महिलाहरुको सक्रिय जीवनयापनका लागि गरिएको यो आयोजनाले सकारात्मक सन्देश प्रवाह गरेको बताए । आयोजकका तर्फबाट नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले हजुरआमा दौडको परिकल्पनाबारे प्रकाश पारे ।

सयबढीले दौडमा भाग लिएकोमा ६० जनाले दौड पुरा गरेका थिए । साडी र चप्पलमै दौडिएकी नेपालगन्ज–२० की ५५ वर्षीया धनसरा बुढाले ५ मिनेट ४७.३४ सेकेण्डमा धम्बोझी चोकसम्मको एक हजार मिटरको दौड पार गरेर प्रथम पुरस्कार हात पारिन् । उनलाई हौसला दिन वडाध्यक्ष कौशल धोबी कार्यक्रममा पुगेका थिए ।

६ मिनेट ६.५२ सेकेण्डमा निर्धारित दूरी पार गरेर नन्दमाया ओली दोस्रो र रेवती सिंहले तेस्रो स्थान हासिल गरि आकर्षक पुरस्कार प्राप्त गरे । बिबी साइकलका अध्यक्ष मो. शरिफ वागवानले २५ हजार मुल्य बराबरको साइकल प्रथम पुरस्कार, मधेसी आयोगका सदस्य विजय गुप्ताले १५ हजार बराबरको दोस्रो पुरस्कार र प्रदेशसभा सदस्य मीना श्रेष्ठ तथा दैनिक नेपालगन्जकी प्रवन्ध निर्देशक ऋतु रिजालले ५÷५ हजार बराबरको तेस्रो पुरस्कार साइकल उपलब्ध गराएका हुन् । मन्त्रीद्वय पाण्डेय र शाहसँगै पुरस्कार सौजन्यकर्ताले विजेतालाई पुरस्कार प्रदान गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य कमल कार्कीले दौड पुरा गर्ने सबैभन्दाबढी उमेर समूहका तीन जनालाई नगद पुरस्कार प्रदान गरे । पुरस्कृत हुनेमा ७५ वर्षीया तुलसीदेवी सुनार, रामकुमारी बैश्य, नन्दकला श्रेष्ठ छन् । उत्कृष्ठ १० प्रतिष्पर्धीसँगै ६५ वर्ष उमेर समूहभन्दा माथिका सबै सहभागीलाई पुरस्कृत गरिएको आयोजनामा केएल दुगड समूहको उत्पादन धारा तोरीको तेल, ज्ञान चक्की आँटा र ज्ञान गरम मसालाको प्याकेज, सुर्य नेपालको उत्पादन डार्क फन्टासी चोको विस्कुट, गणपति फुड इन्डष्ट्रिजको उत्पादन सोयाविनलगायतका खाद्य पदार्थले भरिएको ‘मायाको झोला’ प्रदान गरिएको आयोजक सम्यक मिडिया हबले जनाएको छ । कार्यक्रममा मन्त्रीद्वयसँगै प्रदेश सभा सदस्य कृष्णा केसी, मीना श्रेष्ठ, अम्बिका काफ्ले, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, मधेसी आयोगका सदस्य विजय गुप्ता, कसौधन बैश्य समाजका अध्यक्ष सन्तोष कुमार बैश्य, मारबाडी महिला मञ्चकी अध्यक्ष कुसुम दुगड, मुस्लिम अगुवा महिला सिराजुल मिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

पावर्डबाइ हेल्दी लिभिङ रहेको ‘द गोल्डेन ग्र्याण्ड मा’ अन्तर्गत भएको दौडिन्छिन् हजुरआमा कार्यक्रमको पहिलो संस्करणलाई नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले प्रवद्र्धन गरेको हो ।

कार्यक्रममा वनस्टेप फाउण्डेसन, गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कूल, जय मंगलम सिमेन्ट्, होटल डायमण्ड प्लालेस, सिटी प्लालेस, डिसहोम इन्टरनेट, भीएमआई ग्रुप, जय मंगलम् सिमेन्टस्, केएल दुगड समूह, हेल्थ याद आयो एप्स, भरोसा बहुद्देश्यीय सहकारी संस्था, डटवक्र्स् टेक्नोलोजीज, हिमकमल टेक्निकल एण्ड रिसर्च, सुर्य नेपाल, सिटीजन्स बैंक, नेपाल स्टोर, ओम एडभरटाइजिङ, लाइकमाइण्डस्, औषधी व्यवसायी संघ बाँके, न्यूरो अस्पताल, नेपाल टे«निङ एण्ड रिसर्च, कोल्टे भान्सा घर, विहानी प्रिन्टर्स लगायतले सहकार्य गरेका थिए ।

त्यसलगत्तै, हजुरआमा पुस्ताका संघर्ष, अनुभव र ज्ञानको पुस्तान्तरणका लागि भन्छिन् हजुरआमा कार्यक्रम गरिएको थियो । त्यसअघि, शनिवार सिटिजन्स बैंकको आर्थिक साझेदारीमा विहान स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । जहाँ सयबढीले स्वास्थ्य चेकजाँच गरे ।

‘पर्यटनबाट समृद्धि, खेल पर्यटनको एउटा माध्यम’

कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले खेलको माध्यमबाट घरमै रहेका आमाहरुलाई सक्रिय बनाउन सकिने अनुभूति गरेको बताएका छन् । मन्त्री पाण्डेयले खेल स्वास्थ्यका लागि महत्वपूर्ण रहेकाले लामो जीवन भन्दा स्वस्थ जीवनका लागि ध्यान जानु पर्ने बताए ।
मन्त्री पाण्डेयले आर्थिक समृद्धि तर्फ लैजानका लागि पर्यटन क्षेत्रका महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै खेल पनि पर्यटक भित्र्याउने एउटा माध्यम भएको बताए ।
मन्त्री पाण्डेयले नेपालगन्ज नाकाबाट पर्यटक भित्रिदा ठाउँठाउँमा चेकजाँच गरी दुःख दिने गरेको भन्दै आलोचना गरेका थिए । उनले भैरहवा नाकामा पर्यटकलाई अनावश्यक चेकजाँच गरी झन्झट दिने ठाउँहरु आफै पुगेर हटाएको बताएका थिए ।

‘बाँके, बर्दियाका लागि कर्णाली र कर्णालीका लागि बाँके आवश्यक’

कार्यक्रममा विशिष्ट अतिथि, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णालीका लागि बाँके, बर्दिया र बाँके, बर्दियाका लागि कर्णाली आवश्यक भएको बताएका छन् । उनले संविधान संशोधनको चर्चा चलिरहेका बेला बाँके, बर्दिया तथा कर्णालीका सांसदहरुले त्यो विषय मनन गर्नुपर्ने धारणा राखेका थिए ।

‘बाँकेको सम्बन्ध कर्णालीसँग नजिक छ’, मन्त्री शाहले बाँके, बर्दियालाई कर्णालीमै गाभ्दा दुवैलाई फाइदा हुने धारणा राख्दै भने, ‘बाँके कर्णालीको द्वार हो ।’
मन्त्री शाहले हजुरआमा दौड निकै राम्रो कार्यक्रम भएको भन्दै कर्णालीमा पनि त्यसखालको कार्यक्रमको आयोजना गर्ने बताए ।

Previous Post

नाट्टा बाँके च्याप्टरमा निर्विरोध नयाँ कार्यसमिति

Next Post

पालिका प्राथमिकतामा स्वस्थ बच्चा, स्वस्थ समाज

Next Post
पालिका प्राथमिकतामा स्वस्थ बच्चा, स्वस्थ समाज

पालिका प्राथमिकतामा स्वस्थ बच्चा, स्वस्थ समाज

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version