लुम्बिनी प्रदेशका गत भाद्रको २२ दिनमा २५ जनाले अकालमा ज्यान गुमाएका छन् । विपद् आपतकालीन सञ्चालन केन्द्र लुम्बिनीका अनुसार, लुम्बिनीका १२ जिल्लामा २२ दिनमा विपद्का १ सय ८५ वटा घटना भएका हुन् ।
विपद्का घटनामा १८ पुरुष र सात महिलाको ज्यान गएको वपद् आपतकालीन सञ्चालन केन्द्र लुम्बिनीले जनाएको छ । उक्त घटनामा ९९ जना घाइते भएका छन् भने बेपत्ताको संख्या १ जना रहेको छ ।
विपद्का घटनामा १५ वटा व्यक्तिगत घर पूर्ण रूपमा क्षति भएका छन् भने २६ घरमा क्षति पुगेको छ । विपद्मा २५ वटा पशुवस्तुको मृत्यु भएको छ भने ५ वटा गोठमा क्षति पुगेको छ । विपद्का घटनामा ९२ लाख ४५ हजार रूपैयाँ बराबरको क्षति पुगेको छ ।
भदौं १ देखि २२ गतेसम्म लुम्बिनीमा सबैभन्दा बढी पानीमा डुबेर १४ जना, सर्पदशंको घटनामा २ जना, चट्यांगबाट १ जना, अन्य घटनामा १ जनाको मृत्यु भएको हो ।
गत साउन यता विपद्का सबैभन्दा बढी विपद्का घटना अर्घाखाँचीमा भएको छ । अर्घाखाँचीमा विपद् सम्बन्धी ४३ वटा घटना २ जनाको मृत्यु भएको हो । त्यस्तै, रोल्पामा भएको ९२ वटा विपद्का घटनामा ७ जनाको ज्यान गयो । दाङ्गमा भएको विपद्का ४५ घटनामा ११ जना, पाल्पामा भएको ९४ घटनामा २ जना, बाँकेमा भएका ४० घटनामा ४ जनाको मृत्यु भएको हो ।
गत साउनदेखि भदौं २२ गतेसम्म विपद्का घटनामा मृत्यु हुनेको संख्या ६९ पुगिसकेको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, साउन १ गतेदेखि भदौं २२ गतेसम्म ५ सय २१ वटा विपद्का घटनामा ६९ जनाको ज्यान गएको हो भने घाइतेको संख्या २ सय ५३ रहेको छ । गत साउनयता विपद्का घटनामा सबैभन्दा बढी मृत्यु पानीमा डुबेर भएको छ । पानीमा डुबेको ५० घटनामा मात्रै ४६ जनाको ज्यान गैसकेको केन्द्रको तथ्यांक छ ।