नेपालगन्जको भन्सार र बजारक्षेत्रमा माछा मासु पसलमा अनुगमन गरिएको छ ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा बुधबार संयुक्त अनुगमन टोलीले गरेको अनुगमन गरेको हो । अनुगमनका क्रममा जमुनाह स्थित केही पसलहरू बाट भारत बाट ल्याएको बिना बिलका र प्रतिबन्धित माहुर माछा बरामत गरिएको छ ।
अनुगमन टोलीले ११ क्यारेट भारतीय कुखुराको अण्डा समेत विभिन्न बाट बरामत गरी नष्ट गरेको हो । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. राजकुमार थारुको अगुवाईमा खटिएको टोलीले भन्सार क्षेत्र र बजार क्षेत्र गरि १७ वटा माछा मासु पसलमा दिनमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका माछा र मासु पसलमा सरसफाई नगरिएको, डिजिटल तराजुको प्रयोग नगरेको, टाएलको प्रयोग नभएको, पल्ला जाली नलगाएको र केहि स्थानमा सडेको मासु र माछा फेला परेकाले तत्कालका लागी सुधार गर्न निर्देशन दिएको छ ।
नेपालगन्ज उप महानगर पालिका ५ जमुनाहबाट ठुलो संख्यामा तयारी माछा, अण्डा बरामत गरिउको थियो यस्तै नेपालगन्ज १५ चौलिक्का देखि सेतो अण्डा र नेपालगन्ज १६ बाँके बगिया स्थित रहेको मासु पसलहरू अनुगमन गर्दा बाख्री काट्नका लागि राखेको अवस्थामा फेला परेको थियो । केहि पसलहरू विना दर्ता संचालन गरि भारतबाट माछा मासु अवैध रूपमा संचालन गर्दै आइरहेको भेटिएपछि पसलमा रहेका माछा मासु र तौल गर्ने बस्तु बरामत गरि पसल बन्द गरिएको थियो ।
अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख डा. गणेश पुन, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहन घर्तिमगर, जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा सडिल महरा, बाणिज्य आपूर्ति कार्यालयका सोनु थापाक्षेत्री, नेपालगन्ज उप महानगरपालिकाका पशु स्वास्थ्य अधिकृत लक्ष्मि शाही, डा. आशिष थारु, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक बल बहादुर वलीको कमाण्डमा खटिएको टोली, पत्रकार लगायत पशु क्वारेन्टाइन चेकपोष्ट प्रमुख इन्दु रेग्मी लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।