नेपालगन्जमा आगामी कार्तिक १४ र १५ गते हुने नेशनल स्वीमिंग च्याम्पियनसीपमा देशभरका २ सयभन्दा बढी पौडी खेलाडी सहभागी हुने भएका छन् । यो आयोजना विद्यालयस्तरीय हुनेछ ।
नेपालगन्ज स्वीमिंग क्लबको आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरू सहभागी हुने क्लब अध्यक्ष केशव न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार, यस वर्षको प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने छन् ।
क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीका अनुसार, प्रतियोगिताका लागि आर्थिक स्रोत व्यवस्थापन र तयारीका काम तीव्र रूपमा भइरहेको छ । उनका अनुसार, प्रतियोगिताका लागि सरकारी र संस्थागत सहकार्यका लागि आवश्यक सबै काम गरिसकिएको छ ।
नेपाल स्वीमिंग संघले वार्षिक क्यालेण्डरमासमेत राखिसकेको यो नेशनल च्याम्पियनसीप पहिलो हो । तर, नेपालगन्ज स्वीमिंग च्याम्पियनसीप दोस्रो संस्करण हो । गत वर्ष प्रदेशस्तरीय च्याम्पियनसीप गरेको नेपालगन्ज स्वीमिंग क्लबले यो वर्ष राष्ट्र्यिस्तरमै पहिलो आयोजना आँटेको हो ।
यसैबीच, प्रदेशमै पहिलो पटक नेपालगन्ज स्वीमिंग क्लबले स्वीमिंग नेशनल च्याम्पियनसीप आयोजन ागर्ने भएपछि प्रदेश सरकारको स्वामित्व र सहकार्य खोजेको छ । त्यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटघाट गरि आवश्यक प्रस्तावसमेत दिइएको क्बल सदस्य कृष्ण अधिकारीले बताए । उनका अनुसार, क्लब अध्यक्ष न्यौपाने, वरिष्ठ उपाध्यक्ष अधिकारसहितका पदाधिकारीले मुख्यमन्त्रीसँग आयोजना बारे छलफल परामर्श पनि गरेका छन् ।

