For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उम्मेदवारसँग बाँकेका व्यवसायीका अपेक्षा

byDainik Nepalgunj
January 25, 2026
in News, मुख्य समाचार
0 0
0
उम्मेदवारसँग बाँकेका व्यवसायीका अपेक्षा
Share on FacebookShare on Twitter

बाँकेका व्यवसायीहरूले समृद्ध बाँके बनाउनका लागि दीर्घकालीन रूपमा रणनीतिक योजना आवश्यक रहेको बताएका छन् । बाँकेमा नेकपा एमालेबाट उम्मेदवारी दिएका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँके जिल्ला तथा नगर कमिटिले शनिबार आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा उद्योगी, व्यवसायीको तर्फबाट बाँकेको समग्र विकासका लागि दीर्घकालीन रूपमा रणनीतिक योजना आवश्यक रहेकाले विजयी भएपछि त्यसमा ठोस रूपमा सम्बोधन हुने विश्वास व्यक्त गरेका थिए ।

महासंघका बाँके अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायीका तर्फबाट खुला सीमाका कारण बाँकेको व्यवसाय चौपट भएको, व्यवसाय बन्द र विदेश समेत पलायन भएको, भुईं मान्छेको हितमा विगतमा राज्यको ध्यान अपेक्षाकृत नपुगेको, आइसीपी बनेपनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्याउन नसकेको, नौबस्ता स्थित औद्योगिक क्षेत्र निकै सुस्त रहेको, विकास भनेको पूर्वाधार मात्रै नभई यसँसगै आर्थिक क्रियाकलापहरू पनि जोडिएको विषयमा ध्यान नपुगेको गुनासो व्यवसायीहरूले गरेका थिए ।
व्यवसायी श्याम सुन्दर अधिकारीले कार्यक्रममा स्वागत गर्दै हाल विशेष परिस्थितिमा निर्वाचन हुन लागेकाले संविधान र देश बचाउन लाग्नुपर्ने बताएका थिए । उनले उद्योग, व्यवसाय क्षेत्र फष्टाउने वातावरण निर्माण भए मात्रै त्यसबाट समृद्धि हासिल गर्न सकिने धारणा राखे । ‘निर्वाचन देश बचाउने र देश जलाउनले बीचको लडाई हो’, उनले भने ।

व्यवसायी भाष्कर काफ्लेले एमाले सम्बद्ध बाँकेका उम्मेदवार बाँकेको समृद्धिका लागि गर्नुपर्ने कार्यहरूबारे जानकार रहेको विश्वास व्यक्त गरे । ‘त्यसैले तपाईहरूले विजयी भएर गएपछि योजनाबद्ध रणनीति बनाएर उद्योगी, व्यवसायीसँगै बाँकेको समग्र विकासमा ध्यान दिनुहुनेछ भन्ने हाम्रो विश्वास हो’, उनले भने । काफ्लेले सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार पैmलाएर योग्य उम्मेदवार विरुद्ध दुष्प्रचार हुनसक्ने भन्दै समाचारको तथ्य जाँच गरेर मात्रै त्यसमा प्रतिक्रिया जनाउन कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीलाई आग्रह गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले विकास निर्माण भएपनि अपेक्षाकृत हुन नसकेको बताए । ‘स–साना व्यवसायी, भुईमान्छे र समग्र विकासका लागि धेरै काम बाँकेमा अब हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि एमालेका तीन वटै क्षेत्रका उम्मेदवारहरू भोलि विजयी हुँदा एउटा रणनीति बनाएर काम गर्नुपर्छ ।’

व्यवसायी श्रेष्ठले नेपालगन्ज देशमै गरिब भएको तथ्यांक सार्वजनिक भएको भन्दै भुईमान्छेको समृद्धिमा राज्यको ध्यान केन्द्रित गर्न र त्यसका लागि जिल्लाका जनप्रतिनिधिले धेरै काम गर्नुपर्ने बताए । ‘भौतिक पूर्वाधार मात्रै विकास होइन, विकासले जनताको जीवनस्तर उकास्ने कामलाई पनि बुझाउँछ’, श्रेष्ठले उदाहरण दिंदै भने, ‘नेपालगन्ज भन्सारमा आइसी निकै मेहनत गरी बनाइयो, तर त्यसले बाँकेको विकासमा कुनै प्रभाव पारेन, त्यसैले अब बन्दरगाह बनाउन तर्फ अगाडि बढ्नु पर्छ, बन्दरगाहले यस क्षेत्रको विकासमा सघाउ पुर्याउँछ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ नौबस्तामा औद्योगिक क्षेत्र बन्ने कुरा १० बर्ष अघिको भएपनि अझै सुस्त रहेकाले त्यसलाई दु्रत गतिमा अगाडि बढाउन आवश्यक रहेको बताए । ‘सिक्टा सिंचाईको काम ५० प्रतिशत बाँकी छ, लुम्बिनी प्राविधिक विश्वविद्यालयले जग्गा उपयोग गर्न पाएको छैन, भाडाको भवनमा ठूलो खर्च गर्नु परिरहेको छ’, कृषि, शिक्षा क्षेत्रका चासो उम्मेदवारलाई जानकारी दिंदै उनले भने, ‘सहरमा यातायातको चाप बढेको छ, चक्रपथ बनाउने भनियो, ४ करोड बजेट विनियोजन भयो, समिति बनाइयो तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।’

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउँदा त्यसले बाँकेको पर्यटकीय क्षेत्र मात्रै नभई समग्र बाँकेकै विकासमा योगदान पुग्न सक्ने व्यवसायी श्रेष्ठले बताए । ‘विमानस्थलमा पूर्वाधार बनेको छ, त्यसलाई अझै वृद्धि गरी नेपालगन्ज–दिल्ली उडानको विगतको प्रयासलाई सफल बनाउन आवश्यक छ’, उनले भने । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन आकर्षणको केन्द्र बनाउनका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । ‘वन्यजन्तुबाट हुने धनजनको क्षति जिल्लामा बढेको छ, त्यसलाई सम्बोधन गर्न नीतिगत व्यवस्था बनाउन आवश्यक छ’, उनले एमालेका उम्मेदवार विजयी भएर गएपछि त्यसतर्फ चासो दिन माग गर्दै भने ।

व्यवसायी श्रेष्ठले बाँकेमा अझै पनि लोडसेडिङ्गको समस्या रहेको बताए । ‘गर्मीमा विद्युत अनियमितताको समस्या बढ्दै जान्छ’, समस्या समाधानमा ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग उनले भने ।

बाँके क्षेत्र नं. २ का एमालेबाट उम्मेदवार मो. इस्तियाक राईले भौतिक पूर्वाधार सँगै जनताको जीवन स्तर सुधार गर्ने, भुईमान्छेका हितमा आफुले काम गर्ने प्रतिबद्धता जनाए । उनले विगतमा पनि आफु मन्त्री हुँदा गरेका विभिन्न कामहरूको उदाहरण दिंदै उनले अब आर्थिक समृद्धिका लागि बाँकेको आर्थिक, शैक्षिक, स्वास्थ्य लगायतको क्षेत्रमा ध्यान दिने बताएका थिए । ‘राष्ट्रवादी र लोकप्रिय व्यक्तिहरूमाथि निरन्तर आक्रमण हुने गरेको छ’, एमाले केन्द्रीय अध्यक्ष केपी ओली राष्ट्रवादी भएकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको उल्लेख गर्दै उनले भने ।

बाँके क्षेत्र नं. १ का उम्मेदवार सुर्य ढकालले एमालेको नेतृत्वमा बाँकेमा भएको विकास निर्माणका कार्यहरू व्यवसायी माझ राख्दै एमाले राष्ट्रवादी पार्टी भएको र जनतासँग जोडिएर अगाडि बढ्ने बताए । ढकालले बाँकेका तीन वटै क्षेत्रमा एमाले नेतृत्वको सरकार हुँदा भएका विकास, निर्माणका कामको मूल्यांकन जनताले गरेर मतदात गर्ने विश्वास व्यक्त गरे ।

युवा व्यवसायी विष्णु प्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमाले बाँकेकी इन्चार्ज शान्ति ढकाल, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

पश्चिम नेपालकै बृहत् फुटसल प्रतियोगिता सम्पन्न

Next Post

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

Next Post
स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशैं बिदामा पनि अदालत खुला रहने

दशैं बिदामा पनि अदालत खुला रहने

October 10, 2026
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version